मुख्य समाचार
सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु
सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु

: सडकको खाल्डाखुल्डीका कारण मोरङको सुनवर्षीमा भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।
सोमबार साँझ सुनवर्षी नगरपालिका–६ कुडेलीस्थित भित्री सडकमा मोटरसाइकल र साइकल ठोक्किँदा मोटरसाइकल चालक ५० वर्षीय इन्द्रलाल साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चैताबाट कुडेलीतर्फ आउँदै गरेको को ३६ प ९४५८ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आइरहेको साइकलसँग ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक साह गम्भीर घाइते भए । उनलाई उपचारका लागि रंगेली अस्पताल पुर्‍याइए पनि चिकित्सकले साँझ ७ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा साइकलयात्री सुनवर्षी–६ का ५० वर्षीय भीम माझी घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट सडकमा रहेका खाल्डाखुल्डीका कारण दुर्घटना भएको पत्ता लागेको छ । प्रहरीका अनुसार दुवै सवारीसाधन नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पर्वतमा नर्समाथि हातपात गरेको आरोपमा एक बिरामी कुरुवा पक्राउ परेका छन्। कुश्मास्थित प्रदेश अस्पतालमा कार्यरत नर्समाथि हातपात गरेको आरोपमा कुश्मा नगरपालिका–२, खुर्कोटका २७ वर्षीय दीपक शर्मा पक्राउ परेका हुन्। अस्पतालको अन्तरंग शाखामा कात्तिक १५ गते राति बिरामी कुरुवाको रूपमा रहेका शर्माले मादक पदार्थ सेवन गरी अस्वाभाविक हर्कत देखाएका थिए। त्यसक्रममा डिउटीमा खटिएकी २२ वर्षीया एक ...
: संंघीयता कार्यान्वयन भएको झन्डै एक दशक बितिसक्दा पनि प्रदेश सरकारहरू अधिकार, स्रोत र साधनका लागि संघीय सरकारसँग संघर्ष गर्नुपर्ने अवस्थामा छन्। संविधानले प्रदेशलाई दिएका अधिकार व्यवहारमा कार्यान्वयन हुन नसकेको, संघीय सरकारले बजेट तथा अनुदानमा नियन्त्रण कायम राखेको र प्रदेशलाई जिम्मेवारीअनुसार स्रोत उपलब्ध नगराएको भन्दै सातै प्रदेशका आर्थिक मामिला हेर्ने मन्त्रीहरू एकै ठाउँमा उभिएका ...
: सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना र नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय तथा निकायलाई निर्देशन दिएको छ। मुख्यसचिवको अध्यक्षतामा बसेको सचिव स्तरीय बैठकले सरकारी कार्ययोजनाको विस्तृत कार्यान्वयन योजना तयार गरी समयबद्ध रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो। बैठकले महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेखित बेरुजु फर्छ्योट तथा न्यूनीकरणका लागि कार्ययोजना बनाउन, उपभोक्ता ठगी, ...
अपिहिमाल अपिहिमाल, अपिहिमाल गाउँपालिकाको सबैभन्दा ठूलो प्राकृतिक पहिचान हो। हिमाली भूगोल, हिउँले ढाकिएका शिखर र आसपासका पाटनले यस क्षेत्रलाई साहसिक तथा प्रकृतिमा आधारित पर्यटनका लागि आकर्षक बनाएका छन्। हिमालको दृश्यावलोकन, पदयात्रा र आधार शिविरसम्मको यात्रा पर्यटकका लागि विशेष अनुभव बन्न सक्छ। आवश्यक पदमार्ग, सुरक्षित आवास, दक्ष गाइड र उद्धार व्यवस्थापन गर्न सके अपि हिमाललाई महत्त्वपूर्ण हिमाली गन्तव्यका ...
: काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा सुदृढ बनाउने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ का क्रममा एक सातामा ६४० जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार कात्तिक ९ देखि १६ गतेसम्म सञ्चालन गरिएको अभियानका क्रममा ५५९ पुरुष, ७८ महिला र तीन जना अन्य गरी ६४० जना पक्राउ परेका हुन् । पक्राउ ...