मुख्य समाचार
अमेरिकाले माग पूरा गरे दुई दिनमै होर्मुज जलमार्ग खोल्न सकिने इरानको भनाइ
अमेरिकाले माग पूरा गरे दुई दिनमै होर्मुज जलमार्ग खोल्न सकिने इरानको भनाइ

: अमेरिकाले आफ्ना ‘वैध’ माग पूरा गरेमा दुई दिनभित्र स्ट्रेट अफ होर्मुज पुनः खोल्न सकिने इरानले जनाएको छ ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले सोमबार तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । उनका अनुसार इरान र अमेरिकाबीच मध्यस्थकर्तामार्फत हुने अप्रत्यक्ष वार्ताको आधार तेहरानले गत सेप्टेम्बरमा प्रस्ताव गरेको सातदिने योजना हुनेछ ।

इरानले सद्भावनाको सङ्केतस्वरूप उक्त योजनाको कार्यान्वयन अवधि घटाएर दुई दिनमा झारेको पनि बाघाईले बताए ।

उनले भने, “इरानका माग पूरा भएमा स्ट्रेट अफ होर्मुजमा सुरक्षा पुनः कायम गर्न र छोटो समयमै वार्ता प्रक्रिया सुरु गर्न सम्भव हुनेछ ।” यस विषयमा अन्तिम निर्णय अमेरिकी पक्षको हातमा रहेको उनको भनाइ छ ।

बाघाईका अनुसार इरानले आफ्ना माग स्पष्ट, उचित र तार्किक रूपमा प्रस्तुत गरेको छ । अमेरिकाले इरानमाथि लगाएको नौसैनिक नाकाबन्दी अन्त्य गर्नुका साथै तेहरानका माग सम्बोधन नगरेसम्म कुनै सम्झौता नहुने उनले बताए । त्यसो नभएसम्म होर्मुज जलमार्ग पुनः खोल्न र त्यहाँ सुरक्षा सुनिश्चित गर्न सम्भव नहुने उनको भनाइ छ ।

इरानले युद्ध अन्त्य गर्ने र स्ट्रेट अफ होर्मुज पुनः खोल्ने सर्त समेटिएको सातदिने योजना गत सेप्टेम्बर २२ मा न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा मध्यस्थकर्तामार्फत अमेरिकासमक्ष प्रस्तुत गरेको थियो । त्यसयता दुवै देशबीच उक्त प्रस्तावबारे सन्देश आदानप्रदान भइरहेको बताइएको छ ।

यसै वर्ष फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले तेहरानसहित इरानका विभिन्न सहरमा संयुक्त आक्रमण गरेका थिए । त्यसको जवाफमा इरानले इजरायल तथा मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडा र सम्पत्तिलाई लक्षित गरी क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको थियो। साथै, उसले स्ट्रेट अफ होर्मुजमाथिको नियन्त्रण थप कडा बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी अन्तरिक्ष निकाय नासा (नेसनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन) को करिब १.५ टन तौलको अन्तरिक्ष टेलिस्कोप करिब २२ वर्षपछि पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्ने भएको छ । यसको अधिकांश भाग वायुमण्डलमै जलेर नष्ट हुने अनुमान गरिए पनि केही अवशेष पृथ्वीको सतहसम्म आइपुग्न सक्ने नासाका वैज्ञानिकहरूले बताएका छन् । नासाको ‘निल गेरेल्स स्विफ्ट अब्जर्भेटरी’ नामक अन्तरिक्ष टेलिस्कोप ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई दिँदै आएको वार्षिक सैन्य सहायता रोक्ने घोषणा गरेका छन् । उनले यस वर्षको अन्त्यपछि इजरायललाई दिइँदै आएको आर्थिक सहायता रोक्ने बताएका हुन् । ट्रम्पका अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग वार्षिक सहायता रोक्ने विषयमा सहमति भएको छ । यद्यपि, अमेरिकाले इजरायललाई हतियार बिक्री भने जारी राख्नेछ । आवश्यक परेको अवस्थामा इजरायललाई सहयोगसमेत ...
रुसको आक्रमणविरुद्ध युक्रेनको प्रतिरक्षा प्रयासका लागि अन्तर्राष्ट्रिय समर्थन जुटाउने उद्देश्यले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की मङ्गलबार जर्मनीको राजधानी बर्लिन पुगेका छन् । जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा लेख्दै भ्रमणका क्रममा कूटनीतिक समन्वय, हवाई प्रतिरक्षा प्रणालीको सुदृढीकरण र ऊर्जा क्षेत्रमा सहयोग जुटाउने विषयमा छलफल हुने बताएका हुन् । जर्मनी युक्रेनलाई सैन्य, आर्थिक तथा मानवीय सहयोग उपलब्ध गराउने प्रमुख राष्ट्रमध्ये एक ...
: युरोपका विभिन्न देशमा उडिरहेका सात यात्रुवाहक विमानलाई बम राखिएको आशंकासहित सुरक्षा जाँच गरिएको छ । बेलायतबाट उडेका दुई विमानसहितका जहाजमा अज्ञात व्यक्तिबाट बमको धम्की आएपछि सम्बन्धित देशका सुरक्षा निकायले जाँच गरेका हुन् । आयरल्यान्डको डब्लिन र पोर्चुगलको लिस्बनबाट रोम पुगेका र्‍यानएयरका दुई विमानमा पनि जाँच गरिएको थियो । इटालीको फ्युमिचिनो विमानस्थलका अधिकारीका अनुसार दुवै विमानमा ...
: इरानका राष्ट्रपति मसुद पेजेस्कियनले युद्ध पुनः सुरु हुँदा कुनै पनि पक्षलाई फाइदा नहुने बताएका छन्। स्ट्रेट अफ होर्मुजस्थित इरानी केसम टापुमा अमेरिकी आक्रमण भएको खबर सार्वजनिक भएको केही घण्टापछि उनले मङ्गलबार यस्तो प्रतिक्रिया दिएका हुन्। अमेरिकी सञ्चारमाध्यमहरूले केसम टापुमा अमेरिकी आक्रमण भएको जनाएका छन्। यद्यपि अमेरिकी सेन्ट्रल कमान्डले यसबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन। राष्ट्रपति पेजेस्कियनले ...