मुख्य समाचार
चाडपर्वको सुरक्षा चुनौतीसँगै अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने
चाडपर्वको सुरक्षा चुनौतीसँगै अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने

: चाडपर्वको सुरक्षा चुनौतीसँगै अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने विषयमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले मातहतका कार्यालयको कार्यसम्पादन समीक्षा गरेको छ।

प्रदेश प्रहरी प्रमुख डीआईजी शेखर खनालले तिहार र छठलाई लक्षित गर्दै सीमावर्ती क्षेत्रमा निगरानी बढाउन तथा अवैध कारोबार नियन्त्रणमा सक्रिय हुन प्रहरी अधिकारीहरूलाई निर्देशन दिएका छन्। पटाका तथा विस्फोटकजन्य पदार्थको अवैध कारोबार, भन्सार छली, लागुऔषध ओसारपसार र जुवातास नियन्त्रणलाई प्राथमिकतामा राख्न उनले निर्देशन दिएका हुन्।

भर्चुअल माध्यमबाट मंगलबार आयोजित बैठकमा उनले चाडपर्वका बेला शान्तिसुरक्षा कायम राख्न प्रहरी परिचालनलाई चुस्त बनाउनुपर्ने बताए। कार्यसम्पादन सम्झौतामा समेटिएका जिम्मेवारी पूरा गर्ने क्रममा औपचारिकता मात्र नभई देखिने परिणाम दिनुपर्ने उनको भनाइ थियो। बैठकमा गत साउनदेखि असोजसम्म प्रदेशभरका प्रहरी कार्यालयले गरेका कामको लेखाजोखा गरिएको थियो। अपराध अनुसन्धानमा प्रमाणमुखी पद्धतिको प्रयोग, फरार प्रतिवादी पक्राउ, लागुऔषध नियन्त्रण तथा प्रहरी संगठनको आन्तरिक व्यवस्थापनका विषयमा कार्यालयगत प्रगति मूल्यांकन गरिएको थियो।




प्रहरीको समीक्षामा सडक सुरक्षाले पनि प्राथमिकता पाएको थियो। सवारी दुर्घटना न्यूनीकरणका लागि गरिएका प्रयास, मादक पदार्थ तथा लागुपदार्थ सेवन गरेर सवारी चलाउनेमाथिको कारबाही र ध्वनि प्रदूषण नियन्त्रणका गतिविधिका बारेमा छलफल भएको थियो। त्यसैगरी चोरी, लुटपाट, साइबर अपराध, आर्थिक अपराध र जुवाजन्य गतिविधि नियन्त्रणमा प्रहरीको सक्रियता कस्तो रहयो भन्ने विषय पनि उठाइएको थियो । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सञ्चालन भएका सचेतनामूलक अभियानको उपलब्धिसमेत समीक्षा गरिएको थियो।

बैठकमा डीएसपी रामप्रसाद तिमल्सिनाले तीनमहिने कार्यप्रगति प्रस्तुत गरेका थिए। उनले विभिन्न प्रहरी कार्यालयले कार्यसम्पादन सम्झौताअनुसार सम्पादन गरेका गतिविधि र प्रगतिका बारेमा जानकारी गराएका थिए। समीक्षामा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक एसएसपी शिवकुमार श्रेष्ठ, प्रदेश प्रहरी कार्यालयका एसएसपी योगेन्द्रसिंह थापा, एसपीहरू सुमनकुमार तिम्सिना र नारायणप्रसाद चिमरिया तथा प्रदेश प्रहरी गण विराटनगरका प्रमुख एसपी मानबहादुर राईसहितका प्रहरी अधिकृत र कर्मचारी सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सभामुख डोलप्रसाद अर्याल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेबीच भेटवार्ता भएको छ । मंगलबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुख अर्याललाई भेट्न आङ्देम्बे पुगेका हुन्। सोमबार विपक्षी दलका नेताहरूबीच भएको छलफल र कांग्रेस संसदीय दलको बैठकका विषय सभामुखलाई जानकारी गराउने उनको तयारी छ। विपक्षी दलले तत्काल आह्वान गर्न विपक्षी दलहरूको माग गर्ने निर्णय ...
: संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्मा नेपालले विश्वव्यापी आवधिक समीक्षा (यूपीआर) को चौथो चक्रका क्रममा प्राप्त २ सय ८४ वटा सिफारिसमध्ये नेपालले स्वीकार गरेका २ सय २५ वटा सिफारिसहरू कार्यान्वयनका लागि चौथो यूपीआर राष्ट्रिय कार्ययोजना निर्माणको गृहकार्य थालेको छ। सन् २०२६ को सुरुवातमै जेनेभामा सम्पन्न समीक्षा र त्यसपछिको प्रतिवेदन अनुमोदनका क्रममा नेपालले आफ्ना संवैधानिक तथा कानुनी दायराभित्र ...
। नजिकिँदै गरेको दीपावली (तिहार) पर्वलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र प्लास्टिकजन्य फूल, फूलको माला तथा सजावटका विभिन्न सामग्री बिक्री वितरणमा पूर्ण रूपमा रोक लगाएको छ । महानगरले स्वदेशी फूल र मालाको प्रयोगलाई प्राथमिकता दिई बिक्री वितरण गर्न सम्पूर्ण व्यवसायी, व्यापारी तथा सर्वसाधारणमा अनुरोध गरेको छ । काठमाडौं महानगरपालिका, नगर कार्यपालिकाको कार्यालयअन्तर्गतको महानगर प्रहरी बलले एक ...
। नेकपा एमालेका नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले स्वतन्त्र, सन्तुलित र विश्वासमा आधारित परराष्ट्र नीति अवलम्बन गर्नुपर्ने बताएका छन् । काठमाडौंमा सोमबार आयोजित एक सेमिनारमा बोल्दै ज्ञवालीले नेपालको भौगोलिक अवस्थिति र ऐतिहासिक पृष्ठभूमिलाई ध्यानमा राखेर कुनै पनि शक्ति राष्ट्रको रणनीतिक समूहमा आबद्ध हुन नहुने बताएका हुन् । पूर्वपरराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले, नेपालले असंलग्नता र पञ्चशीलको सिद्धान्तलाई ...
: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले देश र लोकतन्त्र जोगाउने जिम्मेवारी कम्युनिस्टहरूको काँधमा रहेको बताएका छन्। मङ्गलबार पार्टी कार्यालयमा आयोजित पार्टी एकता कार्यक्रममा बोल्दै नेपालले सम्पूर्ण कम्युनिस्ट शक्तिहरू एकताबद्ध हुनुको विकल्प नरहेको बताए। कम्युनिस्टहरू नै यो देशको परिवर्तनका वाहक रहेको उल्लेख गर्दै उनले समाज रूपान्तरण गर्दै जनताको जीवनस्तर सुखी र समृद्ध बनाउन हातेमालो गरेर ...