मुख्य समाचार
मन्त्री सोविता गौतमले विवादका पक्षहरूलाई छिटो, सहज र चित्तबुझ्दो ढङ्गले न्याय दिलाउन मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक ल्याइएको बताए
मन्त्री सोविता गौतमले विवादका पक्षहरूलाई छिटो, सहज र चित्तबुझ्दो ढङ्गले न्याय दिलाउन मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक ल्याइएको बताए

: कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विवादका पक्षहरूलाई छिटो, सहज र चित्तबुझ्दो ढङ्गले न्याय दिलाउन मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक ल्याइएको बताएकी छिन्।

मंगलबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा मन्त्री गौतमले अदालतको लामो प्रक्रिया, जटिलता र खर्चालु प्रणालीलाई न्यूनीकरण गर्दै विवादका पक्षहरूलाई छिटो, सहज र चित्तबुझ्दो ढङ्गले न्याय दिलाउने उद्देश्यका साथ मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक ल्याइएको स्पष्ट पारिन्।

उनले मेलमिलापको माध्यमबाट विवादको छिटो, छरितो र सरल समाधान खोज्ने विषयलाई विधेयकमा प्रमुख रूपमा राखिएको जानकारी दिइन्। मेलमिलापकर्ता हुन सामान्यतया स्नातक उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था गरिएको भए पनि त्यस्तो व्यक्ति नभेटिएको खण्डमा कम्तीमा माध्यमिक तह वा सोसरहको शैक्षिक योग्यता भएको व्यक्तिले पनि काम गर्न सक्ने प्रावधान राखिएको गौतमको भनाइ छ।

त्यस्तै, मन्त्री गौतमले मेलमिलापका माध्यमबाट मुद्दाहरू छिटो र दुवै पक्षको चित्त बुझ्ने गरी समाधान हुने हुँदा अदालतको ढोकासम्म पुग्ने सेवाग्राहीलाई छोटो समयमै न्याय पाउन सहज हुने विश्वास व्यक्त गरिन्।

बैठकमा मेलमिलापसम्बन्धी (दोस्रो संशोधन)विधेयकमाथिको छलफलका लागि स्वीकृत संशोधनका सूचनाबारे संशोधन प्रस्तुतकर्ता सांसदहरूसँग छलफल गरिएको थियो। बुधबार उक्त विधेयकमाथि सरोकारवालाहरूसँग छलफल गरिने समिति सभापति समीक्षा बास्कोटाले जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अनलाइन प्रणालीमा समस्या हुँदा कम्पनी रजिस्ट्रारको कार्यालयबाट हुने नयाँ कम्पनी दर्ता प्रक्रिया प्रभावित भएको छ । केही दिनदेखि अनलाइन प्रणाली मार्फत कम्पनी दर्ता गर्दा आवश्यक पर्ने ‘वान टाइम पासवर्ड’ (ओटीपी) मोबाइलमा नआउँदा सेवाग्राहीहरूको काम रोकिन पुगेको हो । कम्पनी रजिस्ट्रारको कार्यालयका अनुसार नयाँ कम्पनीको नाम प्रस्ताव गर्न र दर्ता प्रक्रिया अगाडि बढाउन प्रणालीले माग्ने ओटीपी अनिवार्य ...
। पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा पेस भएको छ। मन्त्रिपरिषद्‌बाट निर्णय गराएर सार्वजनिक जग्गा छुट दर्ता गराएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मुद्दा पेस गरेको हो। अख्तियारले विराटनगर क्षेत्रको सार्वजनिक जग्गा छुट दर्तामा कैफित देखिएको दाबी गरेको छ। मुद्दा रुजु हुनेक्रममा छ। नेपालविरुद्ध विशेष अदालतमै पतञ्जली जग्गा प्रकरणको मुद्दा पनि विशेष ...
: रुपन्देहीको कोटहहीमाई गाउँपालिकामा महिलाको हत्यासमेतको आरोपमा अनुसन्धानका लागि प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कोटहीमाई गाउँपालिका–६, खजनी चोकका ४० वर्षीय बैजनाथ यादव, खजनी चोककै ३० वर्षीय प्रमोद कुमार कुर्मी, बोगडीका २६ वर्षीय मन्जे हरिजन, मर्चवारीका ३५ वर्षीय धर्मराज यादव रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । पक्राउ परेका सबै आरोपी कोटहीमाई ...
। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले स्वदेशी फूल तथा बिरुवाको उत्पादन र प्रवर्द्धनका लागि आवश्यक नीतिगत तथा प्राविधिक सहयोग गर्ने बताएकी छन् । उनले नर्सरी व्यवसायको विकास र विस्तारका लागि सरकार प्रतिबद्ध रहेको बताइन् । नर्सरी व्यवसायी संघ नेपालले आयोजना गरेको ‘तिहार फ्लोरा एक्स्पो २०८३’ आज काठमाडौंको भृकुटीमण्डपमा उदघाटन गर्दै मन्त्री चौधरीले स्वदेशी फूलको ...
। तिहार बिदापछि मात्रै अदालतमा फर्किनेगरी सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाल बिदामा बसेका छन् । सर्वोच्च अदालत प्रशासनका अनुसार, उनले मंगलबारदेखि शुक्रबारसम्म बिदा लिएका हुन् । शुक्रबारपछि तिहार बिदा शुरु हुन्छ । आगामी साताभर तिहारका कारण सार्वजनिक बिदा छ । ३० कार्तिकमा अदालत हाजिर हुनेगरी उनले बिदा लिएका हुन् । उच्चपदस्थ अधिकारीहरुसँग सेटिङको प्रयास गरेको आरोपमा ...