मुख्य समाचार
दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु अर्का एक जना घाइते
दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु अर्का एक जना घाइते

। काठमाडौंको सुन्दरीजलमा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

गएराति भएको दुर्घटनामा इटहरीका ४५ वर्षीय सन्तोष ढुंगानाको मृत्यु भएको हो । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बाप्र ०२०५८ प ७४०५ नम्बरको मोटरसाइकलको ठक्करबाट ०२०६५ प ९१५७ नम्बरको मोटरसाइकलमा सवार सुनसरी इटहरी नगरपालिका–७ घर भई काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ दोबाटो बस्ने ४५ वर्षीय सन्तोष ढुङ्गानाको मृत्यु भएको जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका ढुङ्गानाको उपचारका क्रममा नेपाल मेडिकल कलेज अत्तरखेलमा निधन भएको हो ।

बाप्र ०२०५८ प ७४०५ नम्बर मोटरसाइकलका चालक सङ्खुवासभा घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने ५० वर्षीय टीकाराम गुरुङको बायाँ कुम, बाँया खुट्टा र दायाँ हातमा चोट लागेको ट्राफिक प्रहरीले जनाएको छ । यस्तै, ठक्कर दिने बाप्र ०२०५८ प ७४०५ नम्बरका चालक गोकर्णेश्वरका २४ वर्षीय आशबहादुर तामाङले मादक पदार्थ सेवन गरी सवारी चलाएको पाइएको प्रवक्ता सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पर्यावरण क्षेत्र सुधार र मल व्यवस्थापन गर्न आधुनिक तथा जैविक मललाई ‘आवश्यक पदार्थ’ को सूचीमा समावेश गर्दै नयाँ मल नियन्त्रण आदेश स्वीकृत गर्ने निर्णय गरेको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले नानो फर्टिलाइजर, बायोस्टिमुलेन्ट र व्यावसायिक रूपमा उत्पादन तथा बिक्री वितरण हुने जैविक तथा प्राङ्गारिक मललाई ...
। नेपाली कांग्रेसको देउवा समूहले पछिल्लो समय पार्टीको आधिकारिकताबारे सञ्चारमाध्यममार्फत सार्वजनिक भइरहेका विषयबारे निष्पक्ष छानबिन हुनुपर्ने माग गरेको छ । चुनदेवीस्थित सम्पर्क कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गरेर देउवा समूहले विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वले पाएको आधिकारिकताबारे सञ्चारमाध्यममार्फत सार्वजनिक भइरहेको तथ्यबारे निष्पक्ष छानबिन हुनुपर्ने माग गरेको हो । ‘अहिले मिडियामार्फत नयाँ–नयाँ तथ्यहरू सार्वजनिक भइरहेका छन् । प्रहरीले जानकारी ...
। त्रिभुवन विश्वविद्यालय र नेपाल सरकार हुलाक सेवा विभागबीच शैक्षिक प्रमाणपत्र लगायतका हुलाक बस्तु ढुवानी तथा वितरण गर्ने सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार डा.रविन्द्र शिवाकोटी र हुलाक सेवा विभागका महानिर्देशक मनमायाँ भट्टराई पंगेनीद्वारा हस्ताक्षर गरिएको सम्झौता पत्रमा त्रिभुवन विश्वविद्यालयका विभिन्न निकायद्धारा जारी प्रमाणपत्रहरु हुलाक सेवा कार्फत विद्यार्थीको फोन नं. सहितको पूर्ण ...
। अनलाइन प्रणालीमा समस्या हुँदा कम्पनी रजिस्ट्रारको कार्यालयबाट हुने नयाँ कम्पनी दर्ता प्रक्रिया प्रभावित भएको छ । केही दिनदेखि अनलाइन प्रणाली मार्फत कम्पनी दर्ता गर्दा आवश्यक पर्ने ‘वान टाइम पासवर्ड’ (ओटीपी) मोबाइलमा नआउँदा सेवाग्राहीहरूको काम रोकिन पुगेको हो । कम्पनी रजिस्ट्रारको कार्यालयका अनुसार नयाँ कम्पनीको नाम प्रस्ताव गर्न र दर्ता प्रक्रिया अगाडि बढाउन प्रणालीले माग्ने ओटीपी अनिवार्य ...
। पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा पेस भएको छ। मन्त्रिपरिषद्‌बाट निर्णय गराएर सार्वजनिक जग्गा छुट दर्ता गराएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मुद्दा पेस गरेको हो। अख्तियारले विराटनगर क्षेत्रको सार्वजनिक जग्गा छुट दर्तामा कैफित देखिएको दाबी गरेको छ। मुद्दा रुजु हुनेक्रममा छ। नेपालविरुद्ध विशेष अदालतमै पतञ्जली जग्गा प्रकरणको मुद्दा पनि विशेष ...