मुख्य समाचार
काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र प्लास्टिकजन्य फूल, फूलको माला तथा सजावटका विभिन्न सामग्री बिक्री वितरणमा पूर्ण रूपमा रोक
काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र प्लास्टिकजन्य फूल, फूलको माला तथा सजावटका विभिन्न सामग्री बिक्री वितरणमा पूर्ण रूपमा रोक

। नजिकिँदै गरेको दीपावली (तिहार) पर्वलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र प्लास्टिकजन्य फूल, फूलको माला तथा सजावटका विभिन्न सामग्री बिक्री वितरणमा पूर्ण रूपमा रोक लगाएको छ ।

महानगरले स्वदेशी फूल र मालाको प्रयोगलाई प्राथमिकता दिई बिक्री वितरण गर्न सम्पूर्ण व्यवसायी, व्यापारी तथा सर्वसाधारणमा अनुरोध गरेको छ ।

काठमाडौं महानगरपालिका, नगर कार्यपालिकाको कार्यालयअन्तर्गतको महानगर प्रहरी बलले एक सूचना जारी गर्दै सूचनाको अवज्ञा गरी कसैले प्लास्टिकजन्य वा गुणस्तर कायम नभएका फूल, फूलको माला तथा सजावटका सामग्री बिक्री वितरण गरेको पाइएमा त्यस्ता सम्पूर्ण सामग्रीहरू जफत गरिने चेतावनी दिएको छ ।

यसैगरी, नेपाली किसानहरूले उत्पादन गरेका फूल र मालाहरूले उचित बजार पाउन् र सर्वसाधारणलाई खरिद गर्न सहज होस् भन्ने उद्देश्यले महानगर प्रहरी बलले सरोकारवाला निकायहरूसँगको समन्वयमा बिक्री वितरणका लागि विभिन्न स्थानहरू तोकेको छ ।


महानगरले स्वदेशी फूल तथा माला बिक्रीका लागि नयाँ बानेश्वरको एनबी सेन्टर र आईप्लेक्स मल, शंखमुलको बिग मार्ट, मध्य बानेश्वरको सेल्स बेरी, बत्तीसपुतलीको फोनेक्स टावर, तीनकुने चौर र सिफल चौरलाई तोकेको छ ।

त्यसैगरी चाबहिल क्षेत्रमा एसी कम्प्लेक्स, गणेशस्थान तरकारी बजार र केएलटावर अगाडि फूल बेच्न पाइनेछ । कमलादीस्थित आइटी बिल्डिङ, पुतलीसडकको स्टार मल, अनामनगरको भाटभटेनी, सुन्धाराको काठमाडौं मल, न्युप्लाजाको बज्र कम्प्लेक्स (गुड मार्ट), स्वयम्भूको धर्म चक्र पार्क, कलङ्कीको भाटभटेनी, नयाँ बजारको भ्याली कोल्ड स्टोर र माछापोखरीको बुद्ध मल तथा गुणस्तर खाल्डोमा पनि बिक्रीस्थल तोकिएको छ ।

यसका अतिरिक्त कालिमाटीको कालिमाटी ब्याङ्क्वेट र चौखेल, हाँडीगाउँको वडा नम्बर ५ कार्यालय अगाडिको डबली र गणेश मन्दिर डबली, सामाखुशीको कोइराला स्मार्ट, महाराजगञ्जको सेल्सबेरी, गोंगबु, चप्पलकारखाना र बालुवाटारको बिग मार्टमा पनि फूल बेच्न सकिनेछ ।

साथै, टेबहाल मन्दिर परिसर, लगन, जैसिदेवल र भृकुटीमण्डपलाई पनि फूल बिक्री स्थलका रूपमा तोकिएको महानगरले जनाएको छ ।

यस विषयमा थप सहजीकरण आवश्यक परेमा व्यवसायी तथा सर्वसाधारणले काठमाडौँ महानगर प्रहरी बलको कार्यालयमा सम्पर्क गर्न सक्ने सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पर्यावरण क्षेत्र सुधार र मल व्यवस्थापन गर्न आधुनिक तथा जैविक मललाई ‘आवश्यक पदार्थ’ को सूचीमा समावेश गर्दै नयाँ मल नियन्त्रण आदेश स्वीकृत गर्ने निर्णय गरेको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले नानो फर्टिलाइजर, बायोस्टिमुलेन्ट र व्यावसायिक रूपमा उत्पादन तथा बिक्री वितरण हुने जैविक तथा प्राङ्गारिक मललाई ...
। नेपाली कांग्रेसको देउवा समूहले पछिल्लो समय पार्टीको आधिकारिकताबारे सञ्चारमाध्यममार्फत सार्वजनिक भइरहेका विषयबारे निष्पक्ष छानबिन हुनुपर्ने माग गरेको छ । चुनदेवीस्थित सम्पर्क कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गरेर देउवा समूहले विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वले पाएको आधिकारिकताबारे सञ्चारमाध्यममार्फत सार्वजनिक भइरहेको तथ्यबारे निष्पक्ष छानबिन हुनुपर्ने माग गरेको हो । ‘अहिले मिडियामार्फत नयाँ–नयाँ तथ्यहरू सार्वजनिक भइरहेका छन् । प्रहरीले जानकारी ...
। त्रिभुवन विश्वविद्यालय र नेपाल सरकार हुलाक सेवा विभागबीच शैक्षिक प्रमाणपत्र लगायतका हुलाक बस्तु ढुवानी तथा वितरण गर्ने सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार डा.रविन्द्र शिवाकोटी र हुलाक सेवा विभागका महानिर्देशक मनमायाँ भट्टराई पंगेनीद्वारा हस्ताक्षर गरिएको सम्झौता पत्रमा त्रिभुवन विश्वविद्यालयका विभिन्न निकायद्धारा जारी प्रमाणपत्रहरु हुलाक सेवा कार्फत विद्यार्थीको फोन नं. सहितको पूर्ण ...
। अनलाइन प्रणालीमा समस्या हुँदा कम्पनी रजिस्ट्रारको कार्यालयबाट हुने नयाँ कम्पनी दर्ता प्रक्रिया प्रभावित भएको छ । केही दिनदेखि अनलाइन प्रणाली मार्फत कम्पनी दर्ता गर्दा आवश्यक पर्ने ‘वान टाइम पासवर्ड’ (ओटीपी) मोबाइलमा नआउँदा सेवाग्राहीहरूको काम रोकिन पुगेको हो । कम्पनी रजिस्ट्रारको कार्यालयका अनुसार नयाँ कम्पनीको नाम प्रस्ताव गर्न र दर्ता प्रक्रिया अगाडि बढाउन प्रणालीले माग्ने ओटीपी अनिवार्य ...
। पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा पेस भएको छ। मन्त्रिपरिषद्‌बाट निर्णय गराएर सार्वजनिक जग्गा छुट दर्ता गराएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मुद्दा पेस गरेको हो। अख्तियारले विराटनगर क्षेत्रको सार्वजनिक जग्गा छुट दर्तामा कैफित देखिएको दाबी गरेको छ। मुद्दा रुजु हुनेक्रममा छ। नेपालविरुद्ध विशेष अदालतमै पतञ्जली जग्गा प्रकरणको मुद्दा पनि विशेष ...