: सभामुख डोलप्रसाद अर्याल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेबीच भेटवार्ता भएको छ । मंगलबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुख अर्याललाई भेट्न आङ्देम्बे पुगेका हुन्।
सोमबार विपक्षी दलका नेताहरूबीच भएको छलफल र कांग्रेस संसदीय दलको बैठकका विषय सभामुखलाई जानकारी गराउने उनको तयारी छ।
विपक्षी दलले तत्काल आह्वान गर्न विपक्षी दलहरूको माग गर्ने निर्णय गरेका थिए। मुलुकमा विभिन्न निकायको विश्वसनीयतामाथि प्रश्न उठिरहेको अवस्थामा संसद्लाई चाँडो बोलाएर समस्याको निकास खोज्नुपर्ने उनीहरुको भनाई छ।
बैठकले न्यायालय, प्रेस, प्रहरी, बिचौलियासँगको सम्बन्ध तथा प्रधानमन्त्री र उनको सचिवालयसँग जोडिएका विषयमा संसद् भित्रै छलफल र छानबिन हुनुपर्ने निष्कर्ष निकालेको आङ्देम्बेले बताएका थिए। महाभियोगको विषयमा भने सत्तापक्षले आफ्नो धारणा स्पष्ट पार्नुपर्ने कांग्रेसको भनाइ छ।