मुख्य समाचार
महिलाको हत्यासमेतको आरोपमा अनुसन्धानका लागि प्रहरीले चार जनालाई पक्राउ
महिलाको हत्यासमेतको आरोपमा अनुसन्धानका लागि प्रहरीले चार जनालाई पक्राउ

: रुपन्देहीको कोटहहीमाई गाउँपालिकामा महिलाको हत्यासमेतको आरोपमा अनुसन्धानका लागि प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कोटहीमाई गाउँपालिका–६, खजनी चोकका ४० वर्षीय बैजनाथ यादव, खजनी चोककै ३० वर्षीय प्रमोद कुमार कुर्मी, बोगडीका २६ वर्षीय मन्जे हरिजन, मर्चवारीका ३५ वर्षीय धर्मराज यादव रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । पक्राउ परेका सबै आरोपी कोटहीमाई गाउँपालिका–६ का हुन्।

गत कात्तिक १२ गते कोटहीमाई गाउँपालिका–६ र ७ को बीचमा रहेको धान खेतमा कोटहीमाई गाउँपालिका–५, छोटकी मझगाँवाको ४१ वर्षीया जोबेदा खातुन धोबीको शव बरामद भएको थियो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसन्धान अधिकृत एंव प्रहरी निरीक्षक चन्द्र किशोर शाहका अनुसार, महिलाको टाउकोमा कोदालोको बिँडले प्रहार गरेर र घाँटीमा हँसियाले घोपेर हत्या गर्नुका साथै कानमा लगाएको सुनहरु लुटिएको थियो ।

घटनामा संग्लन आरोपमा पक्राउ परेका चारै जनाविरुद्ध ज्यानसम्बन्धी, करणीसम्बन्धी, चोरी तथा डाँकासम्बन्धी कसुरमा जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरेर घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चिकित्सा शिक्षा आयोगले लिएको अप्टोमेट्रिस्टको (दृष्टि विशेषज्ञ) प्रवेश परीक्षामा प्रश्नपत्र अपुग भएपछि परीक्षा रोकिएको छ । प्रश्न पत्र नै अपुग भएपछि केही समय परीक्षार्थीलाई केन्द्रबाट बाहिर निकालिएको थियो । आयोगका अनुसार अहिले थप प्रश्नपत्र बनाएर परीक्षा सुरू गरिएको छ । आयोगका सदस्य सचिव हरि निरौलाले प्राविधिक त्रुटिका कारण परीक्षा केही समयका लागि रोकिएको बताए । अप्टोमेट्रिस्टका ...
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले नेकपा (एमाले)मा असन्तुष्ट भएर बसिरहेका नेता तथा कार्यकर्तालाई एकता प्रक्रियामा आउन आह्वान गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै सहसंयोजक नेपालले यस्तो आह्वान गरेका हुन् । नेकपा (एमाले) व्यक्ति विशेषले कब्जा गरेको टिप्पणी गर्दै उकुसमुकुस भएर बसिरहेका नेता ...
। सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडलसमक्ष दुईवटा अध्यादेश जारी गर्न सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । उनका अनुसार, प्रेस काउन्सिल नेपाल २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन लगायत केही नेपाल नेपाल ऐनलाई ...
। डोल्पाको दुनैस्थित जिल्ला कारागारबाट फरार भएका दुई कैदी रुकुम पश्चिमबाट पक्राउ परेका छन् । शनिबार बिहान ६ बजे जिल्ला कारागार डोल्पाबाट ६ कैदी र २ थुनुवा गरी ८ जना फरार भएका थिए । फरार भएकामध्ये दुई कैदीलाई रुकुम पश्चिमबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर कामी र सल्यानको ...
। नेकपा एमालेकी उपनेता पद्या अर्यालले सर्वोच्च अदालतका न्यायाधीश तथा न्यायालयसँग जोडिएर समाचार सार्वजनिक हुँदैमा कसैलाई दोषी ठहर गर्न नमिल्ने बताएकी छिन् । तर सार्वजनिक भएका विषयले न्यायालयप्रति जनताको विश्वासमा असर पार्न सक्ने भएकाले निष्पक्ष र गहिरो छानबिन आवश्यक रहेको उनको भनाइ छ । ‘प्रधानन्यायाधीश र न्यायाधीशहरूसित जोडिएर जुन खालको विषय सार्वजनिक भएको छ, यो गम्भीर ...