। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पर्यावरण क्षेत्र सुधार र मल व्यवस्थापन गर्न आधुनिक तथा जैविक मललाई ‘आवश्यक पदार्थ’ को सूचीमा समावेश गर्दै नयाँ मल नियन्त्रण आदेश स्वीकृत गर्ने निर्णय गरेको छ ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले नानो फर्टिलाइजर, बायोस्टिमुलेन्ट र व्यावसायिक रूपमा उत्पादन तथा बिक्री वितरण हुने जैविक तथा प्राङ्गारिक मललाई आवश्यक पदार्थको सूचीमा समावेश गर्ने निर्णय गरेको हो ।
रासायनिक मलको विकल्प र माटोको स्वास्थ्य सुधारका लागि विश्वभरि नै नानो र जैविक मल प्रयोग बढिरहेको सन्दर्भमा नेपाल सरकारले यसलाई आवश्यक पदार्थमा राखेर प्रवर्द्धन गर्न खोजेको हो ।
त्यसैगरी आजको बैठकले मलको समग्र आपूर्ति प्रणाली थप व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउने उद्देश्यले ‘मल नियन्त्रण आदेश २०८३’ समेत स्वीकृत गरेको छ ।