मुख्य समाचार
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशका स्वास्थ्य संस्थामा जनशक्ति अभाव समाधान गर्न अस्थायी दरबन्दी थप्ने तयारी
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशका स्वास्थ्य संस्थामा जनशक्ति अभाव समाधान गर्न अस्थायी दरबन्दी थप्ने तयारी

। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशका स्वास्थ्य संस्थामा जनशक्ति अभाव समाधान गर्न अस्थायी दरबन्दी थप्ने तयारी भइरहेको बताएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा आज हेटौंडामा आयोजित आर्थिक वर्ष २०८२ र ०८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय एकीकृत वार्षिक समीक्षा गोष्ठीको उद्घाटन गर्दै उनले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) सम्पन्न भइसकेकाले आवश्यकताका आधारमा कर्मचारी व्यवस्थापन गरिने बताए ।

मुख्यमन्त्री थापा मगरले प्रदेशका अस्पताल, जनस्वास्थ्य कार्यालय तथा आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा पर्याप्त जनशक्ति उपलब्ध गराउन नसकिएको स्वीकार गर्दै अस्थायी दरबन्दी थपेर सेवा प्रवाहलाई सहज बनाइने बताए ।

उनले प्रदेशको कुल बजेटको चार दशमलव पाँच प्रतिशत मात्र स्वास्थ्य मन्त्रालयमा विनियोजन भएको उल्लेख गर्दै सीमित बजेटबाट १३ प्रादेशिक अस्पताल, १३ आयुर्वेद तथा वैकल्पिक चिकित्सालय र १३ जनस्वास्थ्य कार्यालयलगायत निकाय सञ्चालन गर्नुपर्ने अवस्था रहेको जानकारी दिए ।


मुख्यमन्त्री थापा मगरले प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा विस्तार भइरहेको उल्लेख गर्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुरोगसम्बन्धी सेवा सञ्चालनका लागि क्याथल्याब स्थापना गर्न बजेट विनियोजन गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले चीन र भारतसँग समान तथा सुमधुर सम्बन्ध कायम गर्नुपर्ने बताएका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतको नयाँ दिल्लीमा ‘भारत विरोधी राष्ट्रवादको युग अन्त्य भएको’ भन्दै दिएको अभिव्यक्तिको आलोचना गर्दै उनले सो धारणा राखेका हुन् । काठमाडौंमा सोमबार आयोजित एक सेमिनारमा बोल्दै उनले सरकारको नेतृत्व गरिरहेकाहरुले कुनै दिन चीन गएर ...
। चिकित्सा शिक्षा आयोगले लिएको अप्टोमेट्रिस्टको (दृष्टि विशेषज्ञ) प्रवेश परीक्षामा प्रश्नपत्र अपुग भएपछि परीक्षा रोकिएको छ । प्रश्न पत्र नै अपुग भएपछि केही समय परीक्षार्थीलाई केन्द्रबाट बाहिर निकालिएको थियो । आयोगका अनुसार अहिले थप प्रश्नपत्र बनाएर परीक्षा सुरू गरिएको छ । आयोगका सदस्य सचिव हरि निरौलाले प्राविधिक त्रुटिका कारण परीक्षा केही समयका लागि रोकिएको बताए । अप्टोमेट्रिस्टका ...
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले नेकपा (एमाले)मा असन्तुष्ट भएर बसिरहेका नेता तथा कार्यकर्तालाई एकता प्रक्रियामा आउन आह्वान गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै सहसंयोजक नेपालले यस्तो आह्वान गरेका हुन् । नेकपा (एमाले) व्यक्ति विशेषले कब्जा गरेको टिप्पणी गर्दै उकुसमुकुस भएर बसिरहेका नेता ...
। सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडलसमक्ष दुईवटा अध्यादेश जारी गर्न सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । उनका अनुसार, प्रेस काउन्सिल नेपाल २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन लगायत केही नेपाल नेपाल ऐनलाई ...
। डोल्पाको दुनैस्थित जिल्ला कारागारबाट फरार भएका दुई कैदी रुकुम पश्चिमबाट पक्राउ परेका छन् । शनिबार बिहान ६ बजे जिल्ला कारागार डोल्पाबाट ६ कैदी र २ थुनुवा गरी ८ जना फरार भएका थिए । फरार भएकामध्ये दुई कैदीलाई रुकुम पश्चिमबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर कामी र सल्यानको ...