मुख्य समाचार
असन्तुष्ट भएर बसिरहेका नेता तथा कार्यकर्तालाई एकता प्रक्रियामा आउन आह्वान
असन्तुष्ट भएर बसिरहेका नेता तथा कार्यकर्तालाई एकता प्रक्रियामा आउन आह्वान

। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले नेकपा (एमाले)मा असन्तुष्ट भएर बसिरहेका नेता तथा कार्यकर्तालाई एकता प्रक्रियामा आउन आह्वान गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै सहसंयोजक नेपालले यस्तो आह्वान गरेका हुन् ।

नेकपा (एमाले) व्यक्ति विशेषले कब्जा गरेको टिप्पणी गर्दै उकुसमुकुस भएर बसिरहेका नेता कार्यकर्ताहरूलाई विद्रोह गरेर नेकपासँगको एकता प्रक्रियामा सहभागी हुन आग्रह उनले गरे ।

‘…एमालेमा विभिन्न हिसाबले उकुसमुकुसका साथ बसिरहेकालाई पनि के शब्द प्रयोग गर्ने, विद्रोह गरेर आउन भन्ने कि ? सिङ्गै पार्टी लिएर आउन भन्ने कि ? यस अर्थमा त्यति मात्रै होइन, अरु थुप्रै घटकहरू हुनुहुन्छ । उहाँहरूलाई पनि हामीले आह्वान गर्नैपर्छ । मोहनविक्रम सिंहको नेतृत्वको होस्, चाहे मोहन वैद्यजीको नेतृत्व, नेत्रविक्रम चन्दजीलाई समेत म एकतामा आउनको लागि आह्वान गर्न चाहन्छु,’ उनले भने ।


अहिले मुलुकमा रहेका विद्यमान समस्याको समाधानका लागि कम्युनिष्ट शक्तिहरू एकतावद्ध हुन आवश्यक रहेको भन्दै विभिन्न कम्युनिस्ट घटकमा रहेका नेता तथा कार्यकर्तालाई एकतामा आउन पनि आग्रह गरे । उनले मोहनविक्रम सिंह, मोहन वैद्य र नेत्रविक्रम चन्द नेतृत्वका कम्युनिस्ट घटकहरूलाई समेत समाजवाद निर्माणको निम्ति एकतामा आउन आह्वान गरे ।

‘नेत्रविक्रमजीसहित मिलेर हामीले समाजवादी मोर्चा बनाएका थियौँ । र त्यो समाजवादी मोर्चाको माध्यमबाट देशव्यापी रुपमा अभियान पनि चलाएका थियौँ । त्यो अभियान शानदार रुपमा सबै ठाउँमा आयोजना भएको थियो । हजारौँ हजार कार्यकर्ताहरू उक्त अभियानमार्फत हाम्रो आन्दोलनमा जोडिनुभएको थियो । सहकार्यको निम्ति आउनका लागि म उपेन्द्र यादवजीलाई समेत आह्वान गर्न चाहन्छु,’ नेपालले भने, ‘राष्ट्रियताको रक्षाको खातिर मिलेर अगाडि बढौँ भन्न सकिन्छ । संविधानको रक्षा गर्नका लागि, गणतन्त्र जोगाउनका लागि, समावेशीताको नीतिलाई जोगाउनका लागि र जनाधिकारको रक्षा गर्नका लागि एकतावद्ध भएर, मिलेर, सहकार्य गरेर अघि बढ्नका लागि उहाँ लगायतका अरु अरु समूहहरूलाई पनि भन्न सकिन्छ ।’

सहसंयोजक नेपालले विगतमा नेत्रविक्रम चन्दसहितका नेताहरूसँग समाजवादी मोर्चा निर्माण गरी देशव्यापी अभियान सञ्चालन गरिएको स्मरण गर्दै उक्त अभियानले हजारौँ कार्यकर्तालाई आन्दोलनमा जोडेको बताए । विश्वव्यापी रूपमा कम्युनिस्ट आन्दोलनप्रति देखिएको निराशा र विभिन्न देशमाथि भइरहेको अमेरिकी हस्तक्षेपका कारण चुनौती बढिरहेकोप्रति उहाँले चिन्ता व्यक्त गरे ।

‘विश्वको कम्युनिष्ट आन्दोलन त्यहाँका नेताहरूले पनि हाम्रो पार्टीप्रति ठूलो आशा र अपेक्षा गरेका छन् । र हामीले पनि अपेक्षा गरेका छौँ । केही समय पहिलेसम्म निराशाको बादल फैलिँदै छ कि भन्ने लाग्ने गर्दथ्यो । कम्युनिष्ट आन्दोलन नै धरासायी हुन्छ कि विश्वभरी नै भन्ने पनि चिन्ता छाएको थियो । त्यसमा पनि अमेरिकी साम्राज्यवादका आक्रामक नीतिहरू देखेपछि विभिन्न देशहरूमाथि उनीहरूले गरिरहेको आक्रमण र त्यसै गरी नेपाललाई पनि उनीहरूले आफ्नो रणनीतिक स्वार्थ पूरा गर्ने स्थानको रुपमा ठानिरहेको सन्दर्भमा पनि अनि कतिपयका अभिव्यक्तिहरूबाट कम्युनिष्टहरूको अब काम छैन भन्ने अभिव्यक्तिहरूबाट कतिपयमा परिरहेको असरले पनि कतै निराशा बढ्ने त होइन भन्ने हामीलाई लागिरहेको थियो । तर अब त्यस्तो अवस्था रहेन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले चीन र भारतसँग समान तथा सुमधुर सम्बन्ध कायम गर्नुपर्ने बताएका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतको नयाँ दिल्लीमा ‘भारत विरोधी राष्ट्रवादको युग अन्त्य भएको’ भन्दै दिएको अभिव्यक्तिको आलोचना गर्दै उनले सो धारणा राखेका हुन् । काठमाडौंमा सोमबार आयोजित एक सेमिनारमा बोल्दै उनले सरकारको नेतृत्व गरिरहेकाहरुले कुनै दिन चीन गएर ...
। चिकित्सा शिक्षा आयोगले लिएको अप्टोमेट्रिस्टको (दृष्टि विशेषज्ञ) प्रवेश परीक्षामा प्रश्नपत्र अपुग भएपछि परीक्षा रोकिएको छ । प्रश्न पत्र नै अपुग भएपछि केही समय परीक्षार्थीलाई केन्द्रबाट बाहिर निकालिएको थियो । आयोगका अनुसार अहिले थप प्रश्नपत्र बनाएर परीक्षा सुरू गरिएको छ । आयोगका सदस्य सचिव हरि निरौलाले प्राविधिक त्रुटिका कारण परीक्षा केही समयका लागि रोकिएको बताए । अप्टोमेट्रिस्टका ...
। सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडलसमक्ष दुईवटा अध्यादेश जारी गर्न सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । उनका अनुसार, प्रेस काउन्सिल नेपाल २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन लगायत केही नेपाल नेपाल ऐनलाई ...
। डोल्पाको दुनैस्थित जिल्ला कारागारबाट फरार भएका दुई कैदी रुकुम पश्चिमबाट पक्राउ परेका छन् । शनिबार बिहान ६ बजे जिल्ला कारागार डोल्पाबाट ६ कैदी र २ थुनुवा गरी ८ जना फरार भएका थिए । फरार भएकामध्ये दुई कैदीलाई रुकुम पश्चिमबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर कामी र सल्यानको ...
। नेकपा एमालेकी उपनेता पद्या अर्यालले सर्वोच्च अदालतका न्यायाधीश तथा न्यायालयसँग जोडिएर समाचार सार्वजनिक हुँदैमा कसैलाई दोषी ठहर गर्न नमिल्ने बताएकी छिन् । तर सार्वजनिक भएका विषयले न्यायालयप्रति जनताको विश्वासमा असर पार्न सक्ने भएकाले निष्पक्ष र गहिरो छानबिन आवश्यक रहेको उनको भनाइ छ । ‘प्रधानन्यायाधीश र न्यायाधीशहरूसित जोडिएर जुन खालको विषय सार्वजनिक भएको छ, यो गम्भीर ...