मुख्य समाचार
नेपाल पुनर्बीमा कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने
नेपाल पुनर्बीमा कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने

। नेपाल पुनर्बीमा कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने पक्का भएको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले नेपाल रिको हकप्रद सेयरमा सरकारले लगानी गर्ने निर्णय गरेपछि यो निश्चित भएको हो ।

नेपाल रिले यसअघि पनि पूँजी वृद्धिको प्रस्ताव गर्दै अर्थ मन्त्रालय पुगेको थियो । सरकारले थप पूँजी लगानी नगर्ने निर्णय गरेपछि हकप्रद सेयर निष्कासन गर्ने प्रक्रिया रोकिएको थियो ।

मंगलबार नेपाल रिमा लगानी थप गर्ने निर्णयसँगै यसअघि रोकिएको प्रक्रिया अघि बढ्ने भएको छ ।

नेपाल रिले चुक्ता पुँजी बढाउन शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय २०८२ साउनमा गरेको थियो । कम्पनीले २६ अर्ब रुपैयाँभन्दा बढी चुक्ता पूँजी कायम गर्नुपर्ने व्यवस्थापनको सुझाव समेत ध्यानमा राखेर शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको थियो ।


हाल कम्पनीको चुक्ता पूँजी १३ अर्ब ४२ करोड २१ लाख ८७ हजार रुपैयाँ छ । सोही रकम बराबर हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको थियो ।

नेपाल पुनर्बीमा कम्पनीमा नेपाल सरकारको ४४.४ प्रतिशत लगानी छ । सर्वसाधारण लगानीकर्ताको १६ प्रतिशत सेयर स्वामित्व छ । बाँकी लगानी २० बीमा कम्पनीसँगै ग्लोबल आईएमई क्यापिटल, गुह्येश्वरी मर्चेन्ट बैंकिङ, हाथवे इन्भेस्टमेन्ट, ग्लोबल आईएमई बैंक, सुप्रिम सिमेन्ट्स, आईएमई, ज्ञान सेक्युरिटिज, विशाल ग्रुप र लक्ष्मी सनराइज बैंकको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेस देउवा समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको आधिकारिकता दाबी गर्नेहरूसँग कांग्रेसको आत्मा नरहेको बताएका छन्। मंगलबार सम्पर्क कार्यालयमा आयोजित पत्रकार भेटघाटमा महतले गगनकुमार थापाप्रति लक्षित गर्दै आधिकारिकता दाबी गर्नेहरू वैचारिक तथा पार्टी सञ्चालनका दृष्टिले सही ठाउँमा नरहेको बताएका हुन्। उनले थापाको नेतृत्वको भएको विशेष महाधिवेशनदेखि १५औं महाधिवेशनमा समेत सहभागी भएका नेता-कार्यकर्ताहरू पनि अहिले ...
: कर्णाली प्रदेश सरकारले योगदानमा आधारित निवृत्तिभरण, बीउबिजनको गुणस्तर नियमन, कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार नियन्त्रण, लैङ्गिक समानता र खानेपानी तथा सरसफाइसम्बन्धी पाँच महत्वपूर्ण निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल गर्दै पाँचवटा निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काले ...
: त्रिभुवन विश्वविद्यालयले जारी गर्ने शैक्षिक प्रमाणपत्र तथा कार्यालयीय कागजातहरू अब हुलाक सेवामार्फत सोझै विद्यार्थीको हातमा पुर्‍याइने भएको छ। यसका लागि त्रिभुवन विश्वविद्यालय र नेपाल सरकार हुलाक सेवा विभागबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौता पत्रमा त्रिविका रजिस्ट्रार डा. रवीन्द्र शिवाकोटी र हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले हस्ताक्षर गरेकी छन्। सम्झौता अनुसार विश्वविद्यालयका ...
। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले आगामी कोप–३१ सम्मेलनमा नेपालले जलवायु न्याय, पर्याप्त वित्तीय सहयोग र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउने बताएकी छन् । मंगलबार काठमाडौंमा आयोजित ‘जलवायु वार्ताको टेबलमा नेपाल: जलवायु जोखिमबाट कूटनीतिक प्रभावतर्फ’ विषयक कार्यक्रममा मन्त्री चौधरीले यस्तो बताएकी हुन् । उनले जलवायु सङ्कटमा नेपालको योगदान नगण्य भए पनि यसको ठूलो मूल्य ...
। ७ कात्तिक: कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही र नेपालका लागि इजरायली राजदूत स्मुलिक अरियल बासबीच आज शिष्टाचार भेटवार्ता भएको छ । भेटका अवसरमा दुई देशबीचको ऐतिहासिक तथा कुटनीतिक सम्बन्ध स्मरण गर्दै कर्णाली प्रदेशको समग्र विकास, आधुनिक कृषि प्रणाली तथा प्रविधि हस्तान्तरणका विषयमा गहन छलफल भएको मुख्यमन्त्री शाहीले बताए । उनका अनुसार छलफलमा इजरायलले कृषि क्षेत्रमा हाँसिल ...