मुख्य समाचार
कैलालीमा भरुवा बन्दुक बनाउने सामग्रीसहित एक जना पक्राउ
कैलालीमा भरुवा बन्दुक बनाउने सामग्रीसहित एक जना पक्राउ

। कैलालीमा भरुवा बन्दुक बनाउने सामग्रीसहित एक जना पक्राउ परेका छन् । मोहन्याल गाउँपालिका–३ फल्टेबिसौनाबाट भरुवा बन्दुक बनाउने सामग्रीसहित ६० वर्षीय लालबहादुर कामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले कामीलाई घरमा अवैध हातहतियार बनाउने काम भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खानतलासी गर्दै पक्राउ गरिएको बताए ।

उनका अनुसार इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले कामीको घरमा खानतलासी गर्दा भरुवा बन्दुकमा प्रयोग हुने फलामका नाल २ थान, हातहतियार बनाउन प्रयोग हुने रेती ३ थान, छिना २ थान, कस्सा १ थान, माछा आकारको पित्तलको प्लेट १ थान र स्क्रु २ थान बरामद गरिएको छ ।

त्यस्तै, घरको पछाडिपट्टि जमिनमुनि खाल्टोमा लुकाइछिपाइ राखिएको पुरानो भरुवा बन्दुक एक थान र भरुवा बन्दुकमा प्रयोग हुने फलामको नाल ६ थानसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।


पक्राउ परेका कामीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेस देउवा समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको आधिकारिकता दाबी गर्नेहरूसँग कांग्रेसको आत्मा नरहेको बताएका छन्। मंगलबार सम्पर्क कार्यालयमा आयोजित पत्रकार भेटघाटमा महतले गगनकुमार थापाप्रति लक्षित गर्दै आधिकारिकता दाबी गर्नेहरू वैचारिक तथा पार्टी सञ्चालनका दृष्टिले सही ठाउँमा नरहेको बताएका हुन्। उनले थापाको नेतृत्वको भएको विशेष महाधिवेशनदेखि १५औं महाधिवेशनमा समेत सहभागी भएका नेता-कार्यकर्ताहरू पनि अहिले ...
: कर्णाली प्रदेश सरकारले योगदानमा आधारित निवृत्तिभरण, बीउबिजनको गुणस्तर नियमन, कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार नियन्त्रण, लैङ्गिक समानता र खानेपानी तथा सरसफाइसम्बन्धी पाँच महत्वपूर्ण निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल गर्दै पाँचवटा निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काले ...
: त्रिभुवन विश्वविद्यालयले जारी गर्ने शैक्षिक प्रमाणपत्र तथा कार्यालयीय कागजातहरू अब हुलाक सेवामार्फत सोझै विद्यार्थीको हातमा पुर्‍याइने भएको छ। यसका लागि त्रिभुवन विश्वविद्यालय र नेपाल सरकार हुलाक सेवा विभागबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौता पत्रमा त्रिविका रजिस्ट्रार डा. रवीन्द्र शिवाकोटी र हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले हस्ताक्षर गरेकी छन्। सम्झौता अनुसार विश्वविद्यालयका ...
। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले आगामी कोप–३१ सम्मेलनमा नेपालले जलवायु न्याय, पर्याप्त वित्तीय सहयोग र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउने बताएकी छन् । मंगलबार काठमाडौंमा आयोजित ‘जलवायु वार्ताको टेबलमा नेपाल: जलवायु जोखिमबाट कूटनीतिक प्रभावतर्फ’ विषयक कार्यक्रममा मन्त्री चौधरीले यस्तो बताएकी हुन् । उनले जलवायु सङ्कटमा नेपालको योगदान नगण्य भए पनि यसको ठूलो मूल्य ...
। ७ कात्तिक: कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही र नेपालका लागि इजरायली राजदूत स्मुलिक अरियल बासबीच आज शिष्टाचार भेटवार्ता भएको छ । भेटका अवसरमा दुई देशबीचको ऐतिहासिक तथा कुटनीतिक सम्बन्ध स्मरण गर्दै कर्णाली प्रदेशको समग्र विकास, आधुनिक कृषि प्रणाली तथा प्रविधि हस्तान्तरणका विषयमा गहन छलफल भएको मुख्यमन्त्री शाहीले बताए । उनका अनुसार छलफलमा इजरायलले कृषि क्षेत्रमा हाँसिल ...