मुख्य समाचार
युरोपका विभिन्न देशमा उडिरहेका सात यात्रुवाहक विमानलाई बम राखिएको आशंकासहित सुरक्षा जाँच
युरोपका विभिन्न देशमा उडिरहेका सात यात्रुवाहक विमानलाई बम राखिएको आशंकासहित सुरक्षा जाँच

: युरोपका विभिन्न देशमा उडिरहेका सात यात्रुवाहक विमानलाई बम राखिएको आशंकासहित सुरक्षा जाँच गरिएको छ । बेलायतबाट उडेका दुई विमानसहितका जहाजमा अज्ञात व्यक्तिबाट बमको धम्की आएपछि सम्बन्धित देशका सुरक्षा निकायले जाँच गरेका हुन् ।

आयरल्यान्डको डब्लिन र पोर्चुगलको लिस्बनबाट रोम पुगेका र्‍यानएयरका दुई विमानमा पनि जाँच गरिएको थियो । इटालीको फ्युमिचिनो विमानस्थलका अधिकारीका अनुसार दुवै विमानमा कुनै पनि विस्फोटक पदार्थ भेटिएन ।

डब्लिनबाट आएको विमानलाई अवतरणअघि इटालियन वायुसेनाले सुरक्षा निगरानीमा राखेको थियो । यस्तै, पोल्यान्ड, स्पेन र बुल्गेरियामा पनि विमानहरूको सुरक्षा जाँच गरिएको बिबिसिले जनाएको छ ।

स्पेनको मर्सिया विमानस्थलमा अवतरण गरेको म्यानचेस्टरबाट आएको र्‍यानएयरको विमानमा पनि विस्फोटक पदार्थ नभेटिएको स्पेनी अधिकारीहरूले बताएका छन् । त्यस्तै, लन्डनको हिथ्रो विमानस्थलबाट वार्सा जाँदै गरेको विमानलाई पनि वैकल्पिक विमानस्थलतर्फ मोडिएको थियो ।

बुल्गेरियाका यातायातमन्त्री जिओर्जी पिभका अनुसार इटालीको बर्गामो र आयरल्यान्डको डब्लिनबाट सोफिया आउँदै गरेका दुई विमानमा पनि बमको धम्की आएको थियो । जाँचका क्रममा ती विमानमा पनि कुनै विस्फोटक पदार्थ भेटिएन ।

बेलायत सरकारले यी घटनालाई दुर्भावनापूर्ण झुटा धम्कीको संज्ञा दिएको छ । यद्यपि, विभिन्न देशका अधिकारीहरूले घटनाहरूबीच कुनै समन्वय वा सम्बन्ध छ कि छैन भन्नेबारे अनुसन्धान गरिरहेका छन् ।

विमान सुरक्षा विज्ञहरूले यात्रुवाहक विमानमा एकैपटक विभिन्न देशबाट आएका यस्ता धम्कीलाई असामान्य घटना बताएका छन् । यसअघि सोमबार पनि बमको धम्कीपछि लन्डनबाट बुडापेस्ट जाँदै गरेको विज एयरको विमानले आपत्कालीन अवतरण गरेको थियो । उक्त विमानमा पनि विस्फोटक पदार्थ भेटिएको थिएन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी अन्तरिक्ष निकाय नासा (नेसनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन) को करिब १.५ टन तौलको अन्तरिक्ष टेलिस्कोप करिब २२ वर्षपछि पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्ने भएको छ । यसको अधिकांश भाग वायुमण्डलमै जलेर नष्ट हुने अनुमान गरिए पनि केही अवशेष पृथ्वीको सतहसम्म आइपुग्न सक्ने नासाका वैज्ञानिकहरूले बताएका छन् । नासाको ‘निल गेरेल्स स्विफ्ट अब्जर्भेटरी’ नामक अन्तरिक्ष टेलिस्कोप ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई दिँदै आएको वार्षिक सैन्य सहायता रोक्ने घोषणा गरेका छन् । उनले यस वर्षको अन्त्यपछि इजरायललाई दिइँदै आएको आर्थिक सहायता रोक्ने बताएका हुन् । ट्रम्पका अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग वार्षिक सहायता रोक्ने विषयमा सहमति भएको छ । यद्यपि, अमेरिकाले इजरायललाई हतियार बिक्री भने जारी राख्नेछ । आवश्यक परेको अवस्थामा इजरायललाई सहयोगसमेत ...
रुसको आक्रमणविरुद्ध युक्रेनको प्रतिरक्षा प्रयासका लागि अन्तर्राष्ट्रिय समर्थन जुटाउने उद्देश्यले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की मङ्गलबार जर्मनीको राजधानी बर्लिन पुगेका छन् । जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा लेख्दै भ्रमणका क्रममा कूटनीतिक समन्वय, हवाई प्रतिरक्षा प्रणालीको सुदृढीकरण र ऊर्जा क्षेत्रमा सहयोग जुटाउने विषयमा छलफल हुने बताएका हुन् । जर्मनी युक्रेनलाई सैन्य, आर्थिक तथा मानवीय सहयोग उपलब्ध गराउने प्रमुख राष्ट्रमध्ये एक ...
: इरानका राष्ट्रपति मसुद पेजेस्कियनले युद्ध पुनः सुरु हुँदा कुनै पनि पक्षलाई फाइदा नहुने बताएका छन्। स्ट्रेट अफ होर्मुजस्थित इरानी केसम टापुमा अमेरिकी आक्रमण भएको खबर सार्वजनिक भएको केही घण्टापछि उनले मङ्गलबार यस्तो प्रतिक्रिया दिएका हुन्। अमेरिकी सञ्चारमाध्यमहरूले केसम टापुमा अमेरिकी आक्रमण भएको जनाएका छन्। यद्यपि अमेरिकी सेन्ट्रल कमान्डले यसबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन। राष्ट्रपति पेजेस्कियनले ...
: स्पेनमा भीषण रेल दुर्घटनामा कम्तीमा ६९ जनाको मृत्यु भएको ६ दिनपछि यातायातमन्त्री ओस्कार पुएन्तेले पदबाट राजीनामा दिएका छन् । मन्त्री पुएन्तेले संसद्मा बोल्दै एक वर्षभन्दा कम अवधिमा यति गम्भीर प्रकृतिका दुई रेल दुर्घटना भएपछि पदमा रहिरहन नैतिक रूपमा उचित नहुने बताएका छन् । गत अक्टोबर २८ मा राजधानी म्याड्रिडको दक्षिणमा पर्ने उर्दा नजिकै सरकारी रेल कम्पनी ...