मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयले जारी गर्ने शैक्षिक प्रमाणपत्र तथा कार्यालयीय कागजातहरू अब हुलाक सेवामार्फत सोझै विद्यार्थीको हातमा पुर्‍याइने
त्रिभुवन विश्वविद्यालयले जारी गर्ने शैक्षिक प्रमाणपत्र तथा कार्यालयीय कागजातहरू अब हुलाक सेवामार्फत सोझै विद्यार्थीको हातमा पुर्‍याइने

: त्रिभुवन विश्वविद्यालयले जारी गर्ने शैक्षिक प्रमाणपत्र तथा कार्यालयीय कागजातहरू अब हुलाक सेवामार्फत सोझै विद्यार्थीको हातमा पुर्‍याइने भएको छ।

यसका लागि त्रिभुवन विश्वविद्यालय र नेपाल सरकार हुलाक सेवा विभागबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौता पत्रमा त्रिविका रजिस्ट्रार डा. रवीन्द्र शिवाकोटी र हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले हस्ताक्षर गरेकी छन्। सम्झौता अनुसार विश्वविद्यालयका विभिन्न निकायबाट जारी हुने प्रमाणपत्रहरू विद्यार्थीको फोन नम्बर र पूर्ण ठेगानाका आधारमा हुलाकमार्फत उनीहरू सम्म सुरक्षित रूपमा पुर्‍याइनेछ।

कुल २२ बुँदामा समेटिएको उक्त सम्झौतामा प्रमाणपत्र तथा अन्य चिठीपत्रलाई व्यवस्थित रूपमा ढुवानी र वितरण गर्न हुलाक वस्तुलाई ट्र्याकिङ बारकोडसहित Postal Tracking System (PITS) मा दर्ता गरिनेछ। यस प्रणालीले कागजातहरू सही ठेगानासम्म पुगेरनपुगेको अनुगमन गर्न सहज बनाउनेछ। कीर्तिपुरस्थित रजिस्ट्रारको कार्यालयमा आयोजित हस्ताक्षर कार्यक्रममा बोल्दै त्रिविका रजिस्ट्रार डा. रवीन्द्र शिवाकोटीले विश्वविद्यालयका सेवाहरूलाई हुलाकसँग जोडेर विद्यार्थीको घरदैलोमै पुर्‍याउने लामो समयदेखिको योजना पूरा भएकोमा खुसी व्यक्त गरे।

त्यस्तै, हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले हुलाक सेवा नागरिक र राज्यलाई जोड्ने सशक्त माध्यम भएको बताउँदै त्रिभुवन विश्वविद्यालयको यस कदममार्फत जनतालाई घरघरमै सेवा पुर्‍याउने जिम्मेवारी पाएकोमा खुसी व्यक्त गरिन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अज्ञान समूहले गौर नगरपालिका-४ गढवा टोलस्थित पानी ट्यांकी नजिक गोली प्रहार गर्दा स्थानीय २८ वर्षीय राकेश यादव घाइते भएका छन् । यादवलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल गौरमा पुर्‍याइएको थियो । त्यहाँबाट उनलाई थप उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा ...
। जाजरकोटको नलगाड नगरपालिका–७ दल्लीमा घर पोत्ने माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खस्दा रुकुम पश्चिमका चार जना घाइते भएका छन्। घाइते हुनेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ चौरका चार जना स्थानीय रहेका छन् । घर पोत्ने माटो लिन जाजरकोटको नलगाड नगरपालिका–७ दल्ली पुगेका उनीहरू माटो खन्ने क्रममा माथिबाट ढिस्को खस्दा घाइते भएका हुन् । घाइते चारै जनाको स्थानीय ...
। भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आउँदैछन् । बुधबार बिहान काठमाडौं ओर्लन लागेका विदेश सचिव मिश्रीको भ्रमण प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको तयारीका सिलसिला अन्तर्गत हुन लागेको हो । नेपाल-भारत दुवै सरकारले मंसिर दोस्रो साता सम्भावित भ्रमण हुने गरी तयारी गरिरहेको स्रोतले जनाएको छ । परराष्ट्र मन्त्रालयका अधिकारीहरु प्रधानमन्त्री शाहको भारत ...
: नेपाल पञ्चाङ्ग निर्णायक समितिले तिहारको साइत सार्वजनिक गरेको छ। यसवर्ष भाइटीकाको शुभसाइत ११:०७ बजे रहेको छ। कात्तिक २५ गते भाइटीका गर्दा दाजुभाइ पश्चिम फर्किने र दिदीबहिनीहरू पूर्व फर्केर टीका लगाइदिने समितिले जनाएको छ। त्यस्तै २१ गते काग तिहार, २२ गते कुकुर तिहार, लक्ष्मी पूजा, २३ गते गाई पूजा र २४ गते गोबर्द्धन पूजा, म्हपूजा रहेको समितिले ...
: नेपाली कांग्रेस देउवा समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको आधिकारिकता दाबी गर्नेहरूसँग कांग्रेसको आत्मा नरहेको बताएका छन्। मंगलबार सम्पर्क कार्यालयमा आयोजित पत्रकार भेटघाटमा महतले गगनकुमार थापाप्रति लक्षित गर्दै आधिकारिकता दाबी गर्नेहरू वैचारिक तथा पार्टी सञ्चालनका दृष्टिले सही ठाउँमा नरहेको बताएका हुन्। उनले थापाको नेतृत्वको भएको विशेष महाधिवेशनदेखि १५औं महाधिवेशनमा समेत सहभागी भएका नेता-कार्यकर्ताहरू पनि अहिले ...