। भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आउँदैछन् ।
बुधबार बिहान काठमाडौं ओर्लन लागेका विदेश सचिव मिश्रीको भ्रमण प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको तयारीका सिलसिला अन्तर्गत हुन लागेको हो ।
नेपाल-भारत दुवै सरकारले मंसिर दोस्रो साता सम्भावित भ्रमण हुने गरी तयारी गरिरहेको स्रोतले जनाएको छ । परराष्ट्र मन्त्रालयका अधिकारीहरु प्रधानमन्त्री शाहको भारत भ्रमणको औपचारिक मिति छिट्टै सार्वजनिक गर्ने तयारीमा छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार भारतीय विदेश सचिव मिश्रीले काठमाडौं बसाइँको क्रममा परराष्ट्र सचिव अमृतकुमार राईसँग द्विपक्षीय वार्ता गर्नेछन् । भ्रमणका क्रममा मिश्रीले नेपालका उच्चस्तरीय पदाधिकारीहरूसँग शिष्टाचार भेटघाटसमेत गर्ने कार्यक्रम छ ।
भेट वार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षा गर्नुका साथै आपसी हितका विभिन्न विषयमा विचार आदानप्रदान हुने मन्त्रालयले जनाएको छ । दुई देशबीच लामो समयदेखि रहँदै आएको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि छलफल हुने बताइएको छ ।
भारतीय विदेश सचिव मिश्री काठमाडौंबाट भोलि नै नयाँदिल्ली फर्किने कार्यक्रम छ ।