। जाजरकोटको नलगाड नगरपालिका–७ दल्लीमा घर पोत्ने माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खस्दा रुकुम पश्चिमका चार जना घाइते भएका छन्।
घाइते हुनेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ चौरका चार जना स्थानीय रहेका छन् ।
घर पोत्ने माटो लिन जाजरकोटको नलगाड नगरपालिका–७ दल्ली पुगेका उनीहरू माटो खन्ने क्रममा माथिबाट ढिस्को खस्दा घाइते भएका हुन् ।
घाइते चारै जनाको स्थानीय नगर अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये एक जनाको अवस्था गम्भीर रहेकाले प्राथमिक उपचारपछि थप उपचारका लागि सुर्खेत रिफर गरिएको आठबिसकोट नगरपालिकाका प्रमुख डम्बर रावतले जानकारी दिए ।
घर पोत्ने माटो खन्न गएका उनीहरू एकैपटक ढिस्कोमा पुरिएपछि घाइते भएका हुन् ।