मुख्य समाचार
६ लाख रुपैयाँ बराबरको पटाकासहित दुई जना भारतीय नागरिकलाई पक्राउ
६ लाख रुपैयाँ बराबरको पटाकासहित दुई जना भारतीय नागरिकलाई पक्राउ

। प्रहरीले ६ लाख रुपैयाँ बराबरको पटाकासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानबाट भिरझिरे, खुर्सानी, चक्र, रकेटलगायत ६ लाख २३ हजार ४६५ रुपैयाँ बराबरको पटाका विष्फोटक पदार्थसहित उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा भारत मोतिहारी जिल्ला घर भई हाल कालिका नगरपालिका-६ हरिहरटोल बस्ने ४१ वर्षीय सञ्जय साह तेली र सोही स्थान घर भई भरतपुर महाननगरपालिका-३ बाह्रघरे बस्ने २९ वर्षीय कन्हैया कुमार रहेका जिल्ला प्रहरी प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए । उनका अनुसार निजहरूको साथबाट ८० हजार ३७२ वटा पटाकासहित नगद एक लाख ७२ हजार ३०० रुपैयाँ समेत बरामद गरिएको छ ।

उनले पटाकाजस्तो विस्फोटक पदार्थको कारोबार भइरहेको जानकारी भए नजिकको प्रहरीलाई खबर गर्नसमेत आग्रह गरे । पक्राउ परेकाहरूलाई विस्फोटक पदार्थ कसुरअनुसार ओसारपसार, सञ्चय गरेर राखेको लगायतका कसुरमा म्याद थप गरी कारबाही गरिने प्रहरी उपरीक्षक पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काठमाडौं महानगरपालिकाले जाडो मौसम सुरु भएसँगै बढ्न सक्ने वायु प्रदूषण मध्यनजर गर्दै यसको रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण नगरवासीलाई आग्रह गरेको छ । महानगरको वातावरण व्यवस्थापन विभागले जरुरी सूचना जारी गर्दै प्रदूषण बढाउने गतिविधि नगर्न र आवश्यक सावधानी अपनाउन सचेत गराएको हो । महानगरका अनुसार सवारीसाधनबाट निस्कने धुवाँ, सडक तथा अन्य निर्माण कार्यबाट उड्ने धुलो, उद्योग ...
: अमेरिकाको मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले बेहोरेको हारका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नै जिम्मेवार ठहर्‍याउँदै पार्टीभित्रैबाट तीव्र आलोचना सुरु भएको छ। चुनावी नतिजा स्पष्ट हुँदै जाँदा रिपब्लिकन पार्टीलाई आफ्नो पराजयको गम्भीर आभास भएको छ। पार्टीका नेताहरूलाई सुरुदेखि नै प्रतिनिधिसभामा बहुमत गुमाउने आशंका भए पनि सिनेटको निर्वाचन भने आफ्नो पक्षमा आउने बलियो आशा थियो। तर, हारको दायरा फराकिलो ...
। सर्लाहीको भूमि प्रशासन कार्यालय (मालपोत) का नायब सुब्बा निर्मल तिमिल्सिना घुस रकम सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले बुधबार बिहान करिब १० बजे मालपोत कार्यालयको प्रशासन फाँटमा कार्यरत नायब सुब्बा तिमिल्सिनालाई एक लाख रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको हो । आयोगका अनुसार तिमिल्सिनाले मोहीसम्बन्धी जग्गाको काम मिलाइदिने भन्दै सेवाग्राहीसँग ...
: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ७ समस्याग्रस्त सहकारीको १२२ जनाको बचत रकम फिर्ता गरेको छ। समितिले सार्वजनिक गरेको विवरण अनुसार नेपाल सहकारी वित्तिय सहकारी,आइडियल यमुना हाम्रो बहुउदेश्यीय सहकारी,शिवशिखर सहकारीका २३ जनाको पूर्ण बचत र कान्तीपुर सहकारी,गौतमश्री बहुउदेश्यीय सहकारी, कृषि विकास बहुउदेश्यीय सहकारी, श्री लालिगुराँस बहुउदेश्यीय सहकारीको ९९ जनाको आंशिक बचत फिर्ता गरिएको हो। सरकारले समस्याग्रस्त ...
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–४ औराहमा बुधबार बिहान रुखबाट लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६४ वर्षीय ज्ञानबहादुर थिङ रहेका छन् । थिङ आफ्नै घर नजिक बकाइनोको रुखमा चढी घाँस काट्ने क्रममा लडेर घाइते भएका थिए । उनलाई तत्कालै जीतपुरसिमरा नगर अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले ...