मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

। प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारीको सिलसिलामा काठमाडौं आएका भारतीय विदेश सचिव विक्रम मिश्रीले आजैदेखि भेटघाट थालेका छन् ।

काठमाडौं आएलगत्तै उनले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् ।

परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउने लगायतका विषयमा कुराकानी भएको मन्त्री खनालको सचिवालयले जनाएको छ ।

‘भेटका क्रममा नेपाल र भारतबीचको बहुआयामिक साझेदारीलाई थप गहिरो बनाउने तथा दुई देशबीच रहिआएको ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ,’ मन्त्रालयले भनेको छ ।


मन्त्रालयका अनुसार दुई पक्षबीच आपसी सम्बन्धका विविध पक्ष तथा द्विपक्षीय सहकार्यलाई थप विस्तार गर्ने विषयमा समेत कुराकानी भएको जनाइएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारीको सिलसिलामा विदेश सचिव मिश्री आज बिहान काठमाडौं आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: वैदेशिक रोजगारीका लागि नयाँ श्रम गन्तव्यको रूपमा मौरिससमा वैदेशिक रोजगारीको प्रक्रिया सुरु हुँदैछ। रोजगारदाताले नै सम्पूर्ण लागत खर्च व्यहोर्ने सिद्धान्तअनुसार वैदेशिक रोजगारीको अवसर विस्तार गर्ने उद्देश्यले सरकारले मौरिससलाई नयाँ श्रम गन्तव्यका रूपमा अगाडि सारेको छ। मौरिससमा नयाँ श्रम गन्तव्य सुरु गर्ने सरकारको तयारीमा वैदेशिक रोजगार व्यवसायीहरू भने असन्तुष्ट देखिएका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी ...
। काठमाडौं महानगरपालिकाले जाडो मौसम सुरु भएसँगै बढ्न सक्ने वायु प्रदूषण मध्यनजर गर्दै यसको रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण नगरवासीलाई आग्रह गरेको छ । महानगरको वातावरण व्यवस्थापन विभागले जरुरी सूचना जारी गर्दै प्रदूषण बढाउने गतिविधि नगर्न र आवश्यक सावधानी अपनाउन सचेत गराएको हो । महानगरका अनुसार सवारीसाधनबाट निस्कने धुवाँ, सडक तथा अन्य निर्माण कार्यबाट उड्ने धुलो, उद्योग ...
: अमेरिकाको मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले बेहोरेको हारका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नै जिम्मेवार ठहर्‍याउँदै पार्टीभित्रैबाट तीव्र आलोचना सुरु भएको छ। चुनावी नतिजा स्पष्ट हुँदै जाँदा रिपब्लिकन पार्टीलाई आफ्नो पराजयको गम्भीर आभास भएको छ। पार्टीका नेताहरूलाई सुरुदेखि नै प्रतिनिधिसभामा बहुमत गुमाउने आशंका भए पनि सिनेटको निर्वाचन भने आफ्नो पक्षमा आउने बलियो आशा थियो। तर, हारको दायरा फराकिलो ...
। सर्लाहीको भूमि प्रशासन कार्यालय (मालपोत) का नायब सुब्बा निर्मल तिमिल्सिना घुस रकम सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले बुधबार बिहान करिब १० बजे मालपोत कार्यालयको प्रशासन फाँटमा कार्यरत नायब सुब्बा तिमिल्सिनालाई एक लाख रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको हो । आयोगका अनुसार तिमिल्सिनाले मोहीसम्बन्धी जग्गाको काम मिलाइदिने भन्दै सेवाग्राहीसँग ...
: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ७ समस्याग्रस्त सहकारीको १२२ जनाको बचत रकम फिर्ता गरेको छ। समितिले सार्वजनिक गरेको विवरण अनुसार नेपाल सहकारी वित्तिय सहकारी,आइडियल यमुना हाम्रो बहुउदेश्यीय सहकारी,शिवशिखर सहकारीका २३ जनाको पूर्ण बचत र कान्तीपुर सहकारी,गौतमश्री बहुउदेश्यीय सहकारी, कृषि विकास बहुउदेश्यीय सहकारी, श्री लालिगुराँस बहुउदेश्यीय सहकारीको ९९ जनाको आंशिक बचत फिर्ता गरिएको हो। सरकारले समस्याग्रस्त ...