: कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटास्थित खसीबजारमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
बुधबार बिहान करिब ६ बजे रा ७ प २४४६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ७० वर्षीय टीका पौडेल गम्भीर घाइते भएका थिए। दुर्घटनापछि उनलाई तत्कालै उपचारका लागि सञ्जीवनी सामुदायिक अस्पताल, चन्द्रौटा पुर्याइएको भए पनि चिकित्सकले जाँचपश्चात् उनको मृत्यु भएको घोषणा गरेका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले बताए ।