। नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा एक स्थान खस्किएका छन् ।
आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र पाँचौंबाट छैटौंमा झरेका हुन् । उनको रेटिङ अंक २५५ कायमै छ ।
नेपाली पुरुष टोलीले गत अक्टोबरमा एसियन गेम्स खेलेपछि पछिल्लो समय टी-२०आई खेलेको छैन । दीपेन्द्रभन्दा तल रहेका अजमतुल्लाह ओमरजाइले भर्खरै जिम्बाबेसँगको टी-२०आई शृङ्खलामा खेलेका थिए ।
त्यहाँ गरेको प्रदर्शनका आधारमा ३ स्थान माथि उक्लँदै ओमरजाइ तेस्रोमा उक्लिएकाले दीपेन्द्र तल झरेका हुन् ।
अलराउण्डर वरियताको शीर्ष स्थानमा जिम्बाबेका सिकन्दर राजा यथावत् छन् । उनको रेटिङ अंक ३३१ पुगेको छ ।
दोस्रो स्थानमा पाकिस्तानका सायम अयुब नै कायम छन् । चौथोमा रस्टन चेज र पाँचौंमा विल ज्याक्स छन् ।