मुख्य समाचार
पार्टीले सरकारलाई कुनै व्यक्तिलाई पदमा राख वा हटाउ भनेर कुनै निर्देशन र हस्तक्षेप नगरेको
पार्टीले सरकारलाई कुनै व्यक्तिलाई पदमा राख वा हटाउ भनेर कुनै निर्देशन र हस्तक्षेप नगरेको

। रास्वपाका प्रवक्ता जगदीश खरेलले पार्टीले सरकारलाई कुनै व्यक्तिलाई पदमा राख वा हटाउ भनेर कुनै निर्देशन र हस्तक्षेप नगरेको बताएका छन् ।

नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीलाई पदबाट हटाएकोबारे मन्त्रिपरिषद्को निर्णय सुनाउने क्रममा सरकारका प्रवक्ता सस्मित पोखरेलले पार्टीको निर्देशनअनुसार कार्कीलाई हटाउने निर्णय भएको बताएका थिए।

तर पार्टी प्रवक्ता जगदीश खरेलले अनलाइनखबरसँग कुरा गर्दै पार्टीले सरकार सञ्चालनमा हस्तक्षेप नगर्ने र कुनै व्यक्ति राख वा हटाऊ भन्ने काम पनि नगर्ने बताएका हुन्।

आजको मन्त्रिपरिषद् बैठकले आईजीपी कार्कीलाई हटाउँदै एआईजी मनोज कार्कीलाई आईजीपी बनाउने निर्णय गरेको हो।


पार्टी प्रवक्ता खरेलले भने, ‘सरकार सञ्चालनमा पार्टीले प्रधानमन्त्रीलाई सहयोग गर्छ। कुनै व्यक्तिलाई हटाऊ वा राख भन्ने काम पार्टीले गर्दैन।’


यस घटनाप्रति पार्टीको प्रारम्भिक भनाइ के हो ? भन्ने प्रश्नमा उनले थपे, ‘पार्टीले कुनै व्यक्तिलाई हटाऊ वा राख भन्ने खालको निर्देशन दिँदा पनि दिँदैन, दिएको पनि छैन। पार्टीको भूमिका यसमा छैन।’

उनले केही दिनअघि समाचारको विषयलाई लिएर पत्रकारहरू पक्राउ परेको घटनामा कारबाही भएको भए पनि सरकारले स्पष्ट भन्नुपर्ने बताए।

उनले सरकारले कार्कीलाई कारबाही नभनी जिम्मेवारी हेरफेर भनेको पनि बताए। ‘पत्रकार पक्राउ परेको घटनालाई लिएर भन्यो भने- कारबाही पनि हैन। पार्टीले कारबाही पत्रकार पक्राउको घटनामा पक्राउ गर्ने व्यक्ति तथा आदेश दिनेलाई गर्नू भनेको हो। सरकारले त्यो घटनामा कारबाही गरेको पनि भनेको छैन। कि पार्टीको निर्देशनमा त्यही घटनामा कारबाही भन्नुपर्‍यो।’

उनले यसबारे सरकारले नै थप स्पष्ट पार्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारको कार्यशैली, सुशासन, मानव अधिकार, प्रहरी प्रशासनको दुरुपयोग र न्यायालयको निष्पक्षतामाथि प्रश्न उठाएको छ । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा पार्टीको तर्फबाट बोल्दै नेकपा सांसद बलावती शर्माले पत्रकारदेखि न्यायाधीशसम्म त्रसित रहेको र सरकार कहाँबाट सञ्चालित छ ? भनेर प्रश्न गरिन् । त्यस क्रममा उनले विभिन्न १० वटा विषय उठाइन् ...
। चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले चार सदस्यीय समिति गठन गरेको छ । शिक्षा मन्त्रालयका सहसचिव जयराम अधिकारीको संयोजकत्वमा गठित समितिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहसचिव, चिकित्सा शिक्षा आयोगका सदस्यसचिव र शिक्षा मन्त्रालयका एक उपसचिव सदस्य रहेका छन् । इलाममा २५औँ पटक आमरण अनशनमा बसेका डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि ...
। अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीबीच शिष्टाचार भेटवार्ता भएको छ । अर्थमन्त्री डा.वाग्ले र विदेश सचिव मिश्री बीच आज अर्थ मन्त्रालयमा भेटवार्ता भएको हो । भेटमा उनीहरूले दुई देशबीच आर्थिक सहकार्यका विभित्र विषयमा छलफल भएको सचिवालयले जनाएको छ । सो क्रममा अर्थसचिव डा.घनश्याम उपाध्यायसहित परराष्ट्र मन्त्रालय र मन्त्रालयका अधिकारीहरू सहभागी ...
। मंगलबार सोलुखुम्बुको फेरिचेमा दुई हेलिकप्टर जुधेको घटना छानबिन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले समिति गठन गरेको छ । मंगलबार फेरिचेमा एयर डाइनेस्टीको दर्ता नम्बर ‘९एन-एओडी’ र फिस्टेल एयरको ‘९एन-एजेआर’ हेलिकप्टर एकापसमा ठोक्किएका थिए । घटनामा एक जनाको मृत्यु भएको थियो । दुई पाइलट र एक यात्रु घाइते भएका थिए । प्राधिकरणले निर्देशक प्रभाकरचन्द्र मल्लिकको संयोजकत्वमा पाइलट ...
। अदालतमा मुद्दाको चाप घटाउने र विवादको दिगो समाधान खोज्ने उद्देश्यले एक करोड रुपैयाँसम्म बिगो भएका देवानी प्रकृतिका विवादमा अदालत प्रवेश गर्नुअघि नै मेलमिलापको प्रयास गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार बिमल पौडेलले प्रतिनिधिसभा अन्तरगर्तको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले अदालतमा मुद्दा दर्ता गर्नुअघि नै सम्बन्धित पक्षलाई आफ्नै स्थानीय ...