मुख्य समाचार
राजेन्द्र लिङ्देनले जनमतको आडमा देशमा सर्वसत्तावाद स्थापित हुने खतरा देखा परेको बताए
राजेन्द्र लिङ्देनले जनमतको आडमा देशमा सर्वसत्तावाद स्थापित हुने खतरा देखा परेको बताए

: राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जनमतको आडमा देशमा सर्वसत्तावाद स्थापित हुने खतरा देखा परेको बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष लिङ्देनले आइजीपी हटाउनेदेखि विभिन्न निकायका कर्मचारीलाई प्रधानमन्त्री कार्यालयमा थुन्ने जस्ता घटनाले जनमतको आडमा देशमा सर्वसत्तावाद स्थापित हुने खतरा देखा परेको बताए।

उनले विधि, नियम र आदेशभन्दा पनि लहडको भरमा मुलुक चल्दै जाँदा गम्भीर सर्वसत्तावादको शिकार हुने जोखिम बढेको बताए। उनले आगामी समयको नेतृत्वका लागि राप्रपा तयार हुनुपर्ने भएकाले राप्रपाका कार्यकर्ताहरूले निराश हुनुपर्ने अवस्था नरहेको बताए।




उनले देशलाई दुर्घटनाबाट जोगाउन राप्रपा रहन, बलियो हुन र जित्न जरुरी रहेको बताए। उनले व्यक्तिगत र सत्ता स्वार्थबाट पार्टीलाई मुक्त गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जनकपुरधाम रेल्वे सेवाको प्रभावकारी सञ्चालन तथा व्यवस्थापन गरी यात्रुमैत्री बनाउन माग गर्दै जनसरोकार अभियानले नेपाल रेल्वे कम्पनीलाई मागपत्र बुझाएको छ । अभियानका अध्यक्ष जितेन्द्र महतो नेतृत्वको टोलीले जनकपुरधामको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई दृष्टिगत गर्दै रेल सेवालाई थप व्यवस्थित, सुरक्षित र सुविधासम्पन्न बनाउन आग्रह गरेको हो । अभियानले रेल यात्रुको सहज आवागमन, रेल्वे प्लेटफर्मको नियमित सरसफाइ, ...
। रुसले संयुक्त राष्ट्र सुरक्षा परिषद् मा स्थायी सदस्य राष्ट्रहरूले प्रयोग गर्दै आएको ‘भिटो पावर’ लाई सीमित वा नियन्त्रण गर्ने कुनै पनि प्रस्ताव वा प्रयासलाई कहिल्यै समर्थन नगर्ने स्पष्ट पारेको छ। रुसी विदेश मन्त्रालयको अन्तर्राष्ट्रिय संगठन विभागका निर्देशक किहिल लोग्विनोभले रुसी समाचार एजेन्सी ‘तास’ लाई दिएको अन्तर्वार्तामा मस्कोको आधिकारिक अडान सार्वजनिक गर्दै उक्त टिप्पणी गरेका हुन्। लोग्विनोभले ...
। नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज कुमार केसीले आधारभूत तहका प्रहरी कर्मचारी (कार्यालय सहयोगीदेखि बरिष्ठ हवल्दारसम्म)को गुनासो सुन्न संयन्त्र बनाइने बताएका छन् । गृहमन्त्रालयमा आयोजित दर्ज्यानी चिह्न प्रदान कार्यालयमा फुली लगाइसकेपछि सम्बोधन गर्दै केसीले उक्त कुरा बताएका हुन् । ‘आधारभूत तहका प्रहरी कर्मचारीको गुनासो सुन्न तत्काल संयन्त्र सञ्चालन गर्नेछौं । सचिवालयमा त्यो संयन्त्र ...
: नेपाली कांग्रेसले आफूहरूमाथि लागेको आर्थिक कारोबारको विषयमा आपत्ति जनाएको छ। पार्टीका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटाको अडियो प्रकरण नियोजित रहेको बताए। 'हामीमाथि लगाइएको आरोप, तथाकथित अडियो बयान र प्रचार निराधार, कपोलकल्पित र नियोजित छन्। यस्तो षडयन्त्रका पछाडि र संलग्न पात्रहरूका विषयमा समयक्रममा थप उजागर हुँदैछ हुँदै जानेछन्,' उनले भने। उनले कांग्रेसमाथि लगाइएको आरोपका बारेमा निष्पक्ष ...
। सरकारले नेपाली उत्पादन अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन र उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवाको सुनिश्चितता दिलाउने उद्देश्यले ‘नेपाल प्रत्यायन केन्द्र’ सञ्चालनमा ल्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत स्थापित यस केन्द्रको बुधबार विभागीय मन्त्री दीपककुमार साहले काठमाडौं त्रिपुरेश्वरमा औपचारिक उद्घाटन गरे । सरकारले यस केन्द्रको स्थापनालाई नेपालको औद्योगिक विकास र व्यापार सहजीकरणको क्षेत्रमा एउटा महत्त्वपूर्ण ...