मुख्य समाचार
जनकपुरधाम रेल्वे सेवाको प्रभावकारी सञ्चालन तथा व्यवस्थापन गरी यात्रुमैत्री बनाउन माग गर्दै जनसरोकार अभियानले नेपाल रेल्वे कम्पनीलाई मागपत्र
जनकपुरधाम रेल्वे सेवाको प्रभावकारी सञ्चालन तथा व्यवस्थापन गरी यात्रुमैत्री बनाउन माग गर्दै जनसरोकार अभियानले नेपाल रेल्वे कम्पनीलाई मागपत्र

। जनकपुरधाम रेल्वे सेवाको प्रभावकारी सञ्चालन तथा व्यवस्थापन गरी यात्रुमैत्री बनाउन माग गर्दै जनसरोकार अभियानले नेपाल रेल्वे कम्पनीलाई मागपत्र बुझाएको छ ।

अभियानका अध्यक्ष जितेन्द्र महतो नेतृत्वको टोलीले जनकपुरधामको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई दृष्टिगत गर्दै रेल सेवालाई थप व्यवस्थित, सुरक्षित र सुविधासम्पन्न बनाउन आग्रह गरेको हो ।

अभियानले रेल यात्रुको सहज आवागमन, रेल्वे प्लेटफर्मको नियमित सरसफाइ, व्यवस्थित प्रतीक्षालय, शौचालय तथा खानेपानीको उचित प्रबन्ध गर्न माग गरेको छ ।

रेल्वे स्टेसनमा रहेका भौतिक संरचनाको मर्मतसम्भार, विद्युतीय उपकरणको नियमित सञ्चालन, खाली जग्गालाई पार्क तथा बगैँचाका रूपमा विकास, हाट बजारको व्यवस्थित सञ्चालन तथा सडक र छेकबारको उचित व्यवस्थापन गर्न अनुरोध गरिएको छ ।


रेल्वे क्रसिङमा हुने दुर्घटना न्यूनीकरणका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन र मालवाहक ढुवानी सेवा सञ्चालन गर्न अभियानले ध्यानाकर्षण गराएको छ । रेल्वे सेवा स्तरोन्नति गरी २०७८ साल चैत १९ गतेदेखि पुनः सञ्चालनमा आएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पदयात्रासम्बन्धी कानुन उल्लङ्घन गरेर विदेशी पर्यटकलाई निषेधित क्षेत्रमा लैजान खोज्ने ट्रेकिङ एजेन्सीलाई रु ५० हजार जरिबाना गरिएको छ । बेल्जियमका दुई नागरिकलाई पदयात्रा अनुमति नलिई डोल्पोबुद्ध गाउँपालिकातर्फ लैजान खोजेको आरोपमा गरिमा भ्वायज ट्राभल्स टुर्स एण्ड ट्रेक्स प्रालिलाई अध्यागमन ऐन, २०४९ को दफा १०(४) बमोजिम जरिबाना गरिएको अध्यागमन विभागले जनाएको छ । जिल्ला प्रशासन कार्यालय डोल्पाबाट प्राप्त ...
। सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यकारी अधिकृत(सीईओ)मा पिताम्बर भण्डारीलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको सिफारिसमा उहाँलाई सो पदमा नियुक्त गरेको हो । बुधबार मन्त्रालय आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भण्डारीलाई नियुक्ति पत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिए । यस्तै उनले संस्थाको गरिमा र नागरिकको निक्षेप सुरक्षाको जिम्मेवारीमा कटिबद्ध हुन ...
। डा. गोविन्द केसीले सरकारद्वारा गठित वार्ता टोलीसँग वार्ता गर्न अस्वीकार गरेका छन् । बुधबार साँझ वार्ताका लागि शिक्षण अस्पताल पुगेको टोलीलाई डा. केसीले यही सन्देश दिँदै फिर्ता पठाइदिएका छन् । डा. केसीले गत साउन ११ को सहमतिमा दुईजना सचिवले हस्ताक्षर गर्दा पनि त्यसलाई अपनत्व लिएर कार्यान्वयन गर्ने प्रक्रिया अगाडि नबढेको भन्दै अगाडि भएका तथा अहिले हुने ...
। रौतहट प्रहरीले स्रोत नखुलेको ४४ लाख ६४ हजार ६०५ रुपैयाँ नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । रौतहटको इशनाथ नगरपालिका–४ महुलियास्थित काली मन्दिर नजिक भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्रहरीले ३० लाख रुपैयाँ बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बुधबार दिउँसो करिब साढे ३ बजे प्रहरी चौकी मठिया महुलियाबाट खटिएको ...
। नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले सबै प्रहरी कर्मचारीहरू एकढिक्का भई नेपाल सरकार र आमनागरिकको अपेक्षाअनुरूप काम गर्नु आवश्यक रहेको बताएका छन् । प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहमा प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आईजीपी केसीले गौरवशाली इतिहास बोकेको नेपाल प्रहरी संगठनको सर्वोच्च पदमा पदोन्नति गरेकामा नेपाल ...