मुख्य समाचार
पार्टीको आधिकारिकता पाउन एक सुक्काको पनि लेनदेन नभएको दाबी
पार्टीको आधिकारिकता पाउन एक सुक्काको पनि लेनदेन नभएको दाबी

: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकता पाउन एक सुक्काको पनि लेनदेन नभएको दाबी गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै थापाले पार्टीको राजनीतिक र कानुनी लडाइँमा आर्थिक लेनदेन तथा अनुचित काम आफूले नगरेको बताएका छन्। ' १८ करोडको कुरा गर्छन्, पार्टीको आधिकारिकतासम्बन्धी राजनीतिक र कानुनी लडाइँमा रुपैयाँको होइन, एक सुक्काको पनि कुनै लेनदेन र अनुचित काम गरेको छैन,' थापाले भनेका छन्।'

इनम सापकोटासँग जोडिएर आएको अडियोका विषयमा सार्वजनिक रूपमा जवाफ दिएर हिँड्नुपर्ने ? भन्दै थापाले प्रश्न गरेका छन्। 'प्रश्न हामीलाई सोध्ने होइनस इनम सापकोटा प्रहरी हिरासतमा छन्, त्यहाँ सोध्ने हो,' थापाले अगाडि भनेका छन्, 'अनुसन्धान भएपछि दूधको दूध, पानीको पानी छुट्टिन्छ, हामी त्यसकै प्रतीक्षामा छौँ।'

त्यस्तै, थापाले आफूभित्र डराउने जिनिस नै नरहेको उल्लेख गर्दै आफू तर्सिने बानी नरहेको बताएका छन्। आफू कुनै कमजोर नैतिक धरातलमा नउभिएको कुरामा विश्वास गर्न पनि थापाले पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तकहरूलाई आग्रह गरेका छन्। आफ्ना हातहरू सफा रहेका र मनमा कुनै दाग तथा कालो नरहेको समेत उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल आयल निगमले ग्यासको दोहोरो मूल्य प्रणाली लागु गर्न अघि सारेको प्रस्तावमा नेपाल एलपी ग्यास उद्योग संघले आफ्नो औपचारिक धारणा पेस गरेको छ । १३ कात्तिकमा निगम केन्द्रीय कार्यालयमा भएको छलफलपछि ७ दिनको म्याद पाएका उद्योगीले आज बिहीबार आफ्नो ३ बुँदे लिखित जवाफ निगमलाई बुझाएका हुन् । निगमले व्यावसायिक प्रयोजनका लागि छुट्टै तौलका सिलिन्डर प्रयोगमा ल्याउने ...
: नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले पार्टी सभापति गगनकुमार थापामाथि सरकारले प्रतिशोधपूर्ण कदम चाल्न खोजे चुप लागेर नबस्ने बताएका छन्। नेपाली कांग्रेस क्षेत्र नम्बर १ ललितपुरले बज्रबाराहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै राणाले बिचौलिया इनाम सापकोटाको बयानलाई आधार बनाएर सभापति थापालाई पक्राउ गर्ने प्रयास भइरहेको दाबी गरे। उनले सरकारले त्यस्तो कदम चाले त्यसको राजनीतिक प्रतिरोध गर्ने बताए। ...
: महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले छठ पर्वका अवसरमा जातीय विभेद तथा छुवाछुतजन्य गतिविधि नगर्न र सबै समुदायको समान सहभागिता सुनिश्चित गर्न आग्रह गरेको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै छठ पर्वका क्रममा दलित समुदायका लागि छुट्टै छठ घाट निर्माण गर्ने वा गर्न लगाउनेजस्ता विभेदकारी अभ्यास नगर्न सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको ...
। सिरहामा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सिरहा नगरपालिका–११ भलुवाहीस्थित चौहर्वा–सिरहा सडक खण्डमा ना.१ घ.५५३ नम्बरको ट्रक र स.९ प.७६५० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान चौहर्वाबाट सिरहातर्फ जाँदै गरेको विद्युत् प्राधिकरण मधेश प्रदेश प्रादेशिक कार्यालय जनकपुरको ट्रक र ...
: कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले‍ मुद्दा मामिलामा न्यायको अर्थ सधैँ फैसला गर्नु मात्र पनि नभएको बताएकी छन्। उनले न्यायोचित ढंगबाट विवादको समाधान गर्नु पनि न्याय भएको बताएकी हुन्। उनले भनिन्,‘मुद्दा मामिलामा न्यायको अर्थ सधैँ फैसला गर्नु मात्र पनि हुँदैन, न्यायोचित ढंगबाट विवादको समाधान गर्नु पनि न्याय हो।’ मन्त्री गौतमले मेलमिलाप न्यायमा सहज पहुँच, ...