मुख्य समाचार
संघीयताको नौ बर्से अभ्यास समीक्षा गरेर संविधान संशोधन गर्नुपर्छ : मुख्यमन्त्री शाही
संघीयताको नौ बर्से अभ्यास समीक्षा गरेर संविधान संशोधन गर्नुपर्छ : मुख्यमन्त्री शाही

। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले संघीयताको नौ बर्षे अभ्यासको समीक्षा गरेर संविधान संशोधनको बहस अघि बढाउनुपर्ने बताएका छन्।

रारामा आयोजित आठौँ राष्ट्रिय मुख्य न्यायाधिवक्ता सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले संघीयता कार्यान्वयनका क्रममा प्राप्त उपलब्धि, देखिएका समस्या र सुधार गर्नुपर्ने विषयको गम्भीर समीक्षा आवश्यक रहेको बताएका हुन्।

उनले संघीयताको अभ्यासबाट के प्राप्त भयो, अझै के प्राप्त गर्न बाँकी छ र उपलब्धिलाई कसरी रक्षा तथा संस्थागत गर्न सकिन्छ भन्ने विषयमा बहस हुनुपर्ने बताए । संघीयताको दसौँ वर्षमा प्रवेश गर्दै गर्दा संविधान संशोधनको विषयसमेत अघि बढ्ने उनको धारणा थियो।

‘संघीयताको नौ वर्षको अभ्यासबाट हामीले के प्राप्त गर्‍यौँ रु अझै के प्राप्त गर्न बाँकी छ रु प्राप्त उपलब्धिलाई कसरी रक्षा गर्न सक्छौँ,’ उनले प्रश्न गर्दै भने,’संघीय व्यवस्थालाई अझ सुदृढ र प्रभावकारी बनाउन संविधान संशोधनको विषयमा पनि छलफल आवश्यक छ’


मुख्यमन्त्री शाहीले संविधानले परिकल्पना गरेको सहअस्तित्व, सहकार्य र समन्वयको भावनाअनुसार केन्द्र, प्रदेश र स्थानीय सरकार सञ्चालन हुनुपर्ने बताए। तीन तहका सरकारबीच संविधानबमोजिमको सम्बन्ध र सहकार्य हुन नसके संघीयताको उद्देश्यअनुसार जनतालाई सेवा प्रवाह गर्न कठिन हुने उनको भनाइ थियो।

संघीयताको प्रभावकारी कार्यान्वयन, जनतालाई गुणस्तरीय सेवा प्रवाह, देशको विकास र समृद्धिका लागि तीन तहका सरकारबीचको सम्बन्धलाई थप व्यवस्थित बनाउनुपर्नेमा उनले जोड दिए।

मुख्यमन्त्री शाहीले आठौँ राष्ट्रिय मुख्य न्यायाधिवक्ता सम्मेलनको महत्त्व यसको स्थान र सुन्दरतामा मात्रै सीमित नरहेको बताए। सम्मेलनले न्यायिक क्षेत्रको एकता, आगामी कार्ययोजना, नीति, निर्णय र कार्यदिशा तय गर्नुपर्ने उनको भनाइ थियो।

‘सम्मेलनबाट हामीले के थाल्छौँ ? आगामी दिनमा काम गर्ने कार्ययोजना, कार्यदिशा र निर्णय के हुन्छन् भन्ने कुराले सम्मेलनको महत्त्व र एकता दर्शाउँछ,’ उनले भने।

मुख्य न्यायाधिवक्ता तथा मुख्य न्यायाधिवक्ता कार्यालयहरूले आगामी दिनमा सम्पादन गर्ने कामको स्पष्ट नीति र कार्यदिशा सम्मेलनबाट तय हुनुपर्ने उनले बताए। सम्मेलनले प्रदेशको समग्र न्याय क्षेत्रको कामलाई दिशानिर्देश गर्न सक्नुपर्ने उनको धारणा थियो।

मुख्यमन्त्री शाहीले राराको सुन्दरता र यहाँको पर्यटकीय सम्भावनाको चर्चा गर्दै सुन्दरतासँगै पर्यटकले भोग्नुपर्ने अभावको अवस्थालाई पनि औँल्याए। रारा सुन्दर भए पनि यहाँ आउने पर्यटकले आवश्यक पूर्वाधार र सुविधाको अभाव अनुभूति गर्नुपर्ने अवस्था रहेको उनको आशय थियो।

उनले सम्मेलनको स्थान विशेषता र सम्मेलनबाट तय हुने साझा नीति तथा कार्यदिशाबीच सम्बन्ध रहेको उल्लेख गर्दै आठौँ राष्ट्रिय मुख्य न्यायाधिवक्ता सम्मेलनले न्यायिक क्षेत्रको एकता र आगामी कार्ययोजना निर्माणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल आयल निगमले ग्यासको दोहोरो मूल्य प्रणाली लागु गर्न अघि सारेको प्रस्तावमा नेपाल एलपी ग्यास उद्योग संघले आफ्नो औपचारिक धारणा पेस गरेको छ । १३ कात्तिकमा निगम केन्द्रीय कार्यालयमा भएको छलफलपछि ७ दिनको म्याद पाएका उद्योगीले आज बिहीबार आफ्नो ३ बुँदे लिखित जवाफ निगमलाई बुझाएका हुन् । निगमले व्यावसायिक प्रयोजनका लागि छुट्टै तौलका सिलिन्डर प्रयोगमा ल्याउने ...
: नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले पार्टी सभापति गगनकुमार थापामाथि सरकारले प्रतिशोधपूर्ण कदम चाल्न खोजे चुप लागेर नबस्ने बताएका छन्। नेपाली कांग्रेस क्षेत्र नम्बर १ ललितपुरले बज्रबाराहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै राणाले बिचौलिया इनाम सापकोटाको बयानलाई आधार बनाएर सभापति थापालाई पक्राउ गर्ने प्रयास भइरहेको दाबी गरे। उनले सरकारले त्यस्तो कदम चाले त्यसको राजनीतिक प्रतिरोध गर्ने बताए। ...
: महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले छठ पर्वका अवसरमा जातीय विभेद तथा छुवाछुतजन्य गतिविधि नगर्न र सबै समुदायको समान सहभागिता सुनिश्चित गर्न आग्रह गरेको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै छठ पर्वका क्रममा दलित समुदायका लागि छुट्टै छठ घाट निर्माण गर्ने वा गर्न लगाउनेजस्ता विभेदकारी अभ्यास नगर्न सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको ...
। सिरहामा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सिरहा नगरपालिका–११ भलुवाहीस्थित चौहर्वा–सिरहा सडक खण्डमा ना.१ घ.५५३ नम्बरको ट्रक र स.९ प.७६५० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान चौहर्वाबाट सिरहातर्फ जाँदै गरेको विद्युत् प्राधिकरण मधेश प्रदेश प्रादेशिक कार्यालय जनकपुरको ट्रक र ...
: कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले‍ मुद्दा मामिलामा न्यायको अर्थ सधैँ फैसला गर्नु मात्र पनि नभएको बताएकी छन्। उनले न्यायोचित ढंगबाट विवादको समाधान गर्नु पनि न्याय भएको बताएकी हुन्। उनले भनिन्,‘मुद्दा मामिलामा न्यायको अर्थ सधैँ फैसला गर्नु मात्र पनि हुँदैन, न्यायोचित ढंगबाट विवादको समाधान गर्नु पनि न्याय हो।’ मन्त्री गौतमले मेलमिलाप न्यायमा सहज पहुँच, ...