मुख्य समाचार
संयुक्त राज्य अमेरिकामा सम्पन्न मध्यावधि चुनावले देशको राजनीतिमा समावेशिता र विविधताको नयाँ इतिहास
संयुक्त राज्य अमेरिकामा सम्पन्न मध्यावधि चुनावले देशको राजनीतिमा समावेशिता र विविधताको नयाँ इतिहास

: संयुक्त राज्य अमेरिकामा सम्पन्न मध्यावधि चुनावले देशको राजनीतिमा समावेशिता र विविधताको नयाँ इतिहास रचेको छ। विभिन्न राज्यहरूबाट चुनावी मैदानमा उत्रिएका महिला, अश्वेत, मुस्लिम तथा आदिवासी उम्मेदवारहरूले ऐतिहासिक जित हासिल गर्दै अमेरिकी नीति निर्माणको तहमा सीमान्तकृत समुदायको उपस्थिति बलियो बनाएका छन्।

अमेरिकी राजनीतिमा समावेशिता र विविधताको नयाँ आयाम थपेका मुख्य ५ ऐतिहासिक परिणामहरू यस्ता छन् ।

देशले पायो पहिलो अश्वेत महिला गभर्नर : डेमोक्र्याटिक पार्टीकी उम्मेदवार एवम् एटलान्टाकी पूर्वमेयर केइशा लान्स बटम्स जर्जियाको गभर्नरमा निर्वाचित भएकी छन्। यो जितसँगै उनी संयुक्त राज्य अमेरिकाको इतिहासमै पहिलो अश्वेत महिला गभर्नर बन्न सफल भएकी छन्।

अमेरिकी सिनेटमा पहिलो मुस्लिम सदस्य : मिशिगनबाट सिनेट सदस्यका लागि भएको कडा प्रतिस्पर्धामा अब्दुल एल-सयदले रिपब्लिकन उम्मेदवार माइक रोजर्सलाई पराजित गरेका छन्। यो जितसँगै अब्दुल एल-सयद अमेरिकी सिनेट (माथिल्लो सदन) मा पुग्ने पहिलो मुस्लिम सदस्य बनेका छन्।

ओहायो र टेक्सासमा पहिलो महिला गभर्नर: ओहायोमा डेमोक्र्याट उम्मेदवार डा. एमी एक्टनले रिपब्लिकनका विवेक रामास्वामीलाई पराजित गर्दै राज्यको पहिलो महिला गभर्नरको इतिहास रचेकी छिन्। त्यसैगरी, तीव्र प्रतिस्पर्धाका बिच टेक्सासमा जीना हिनोजोसा विजयी भई राज्यको पहिलो 'ल्याटिना' (हिस्पानिकरल्याटिन अमेरिकी मूलकी) महिला गभर्नर बनेकी छिन्।

आदिवासी अमेरिकी समुदायको ऐतिहासिक विजय : पूर्व अमेरिकी गृहमन्त्री डेब हालान्ड न्यु मेक्सिकोको गभर्नर पदमा निर्वाचित भएकी छिन्। उनी न्यु मेक्सिकोको पहिलो आदिवासी अमेरिकी गभर्नर बनेकी छिन्। यस्तै मिनेसोटाकी पेगी फ्लानागनले सिनेट चुनाव जित्दै अमेरिकी सिनेटमा प्रतिनिधित्व गर्ने पहिलो आदिवासी अमेरिकी महिलाको कीर्तिमान बनाएकी छिन्।

क्यालिफोर्निया, विस्कॉन्सिन र फ्लोरिडामानयाँ कीर्तिमान : क्यालिफोर्नियामा जेभियर बेसेरा राज्यको पहिलो निर्वाचित ल्याटिनो गभर्नर बनेका छन्। त्यसैगरी, विस्कॉन्सिनमा क्रिस क्राउली राज्यको पहिलो अश्वेत गभर्नर चुनिएका छन् भने फ्लोरिडामा रिपब्लिकन नेता बायरन डोनाल्ड्स राज्यकै पहिलो अश्वेत गभर्नर बनेका छन्। यस्तै, न्यु ह्याम्पशायरका क्रिस पप्पास अमेरिकी सिनेटमा पुग्ने पहिलो खुला समलिङ्गी पुरुष बनेका छन्। उता टेनेसी राज्यमा रिपब्लिकन उम्मेदवार मार्शा ब्ल्याकबर्न विजयी हुँदै राज्यको पहिलो महिला गभर्नर बनेकी छन्।

यी परिणामहरूले अमेरिकी राजनीति र नीति निर्माणको तहमा महिला तथा सीमान्तकृत समुदायको पहुँच र उपस्थिति तीव्र रूपमा बढ्दै गएको पुष्टि गरेको छ। जसले अमेरिकी राजनीतिमा विद्यमान परम्परागत शक्ति संरचनालाई चुनौती दिँदै विविधता नै अमेरिकाको वास्तविक सामर्थ्य हो भन्ने सन्देश दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युरोपका विभिन्न देशमा उडान गरिरहेका विमानमा बम राखिएको भन्दै धम्की आएपछि विहीबार एकैदिन २१ भन्दा बढी हवाई सेवा प्रभावित भएको छ । गत मंगलबार पनि यस्तै धम्कीका कारण युरोपका कम्तीमा २५ वटा उडान प्रभावित भएका थिए । पछिल्लोपटक आएको धम्कीका कारण केही विमानको उडान मार्ग परिवर्तन गरिएको छ भने केहीलाई आपत्कालीन अवतरण गराइएको छ । ...
इजरायलको अरब नेतृत्वका दलहरूको गठबन्धनले इजरायलमा नयाँ सरकार गठनका लागि विपक्षी नेता गादी आइजेनकोटलाई समर्थन गर्ने घोषणा गरेको छ । गठबन्धनले बिहीबार जारी गरेको विज्ञप्तिमा राष्ट्रपति आइज्याक हर्जोगलाई बिहीबार साँझ आइजेनकोटलाई सरकार गठनको जिम्मेवारी दिन सिफारिस गर्ने निर्णयबारे जानकारी गराउने जनाएको छ । गत साता सम्पन्न आम निर्वाचनमा अरब नेतृत्वका दलहरूले संसद्का १२० सिटमध्ये १९ सिट जितेका ...
ओमान र इरानका विदेशमन्त्रीबीच होर्मुज जलडमरु हुँदै निर्बाध जहाज आवागमन पुनः सञ्चालन गर्ने विषयमा टेलिफोन वार्ता भएको छ। ओमानको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यअनुसार दुवै देशका विदेशमन्त्रीले पछिल्ला कूटनीतिक सम्पर्क र छलफलको समीक्षा गरेका थिए। होर्मुज जलडमरुमा निर्बाध जलयात्रा पुनः सञ्चालन गर्न व्यावहारिक, राजनीतिक तथा प्राविधिक समझदारी कायम गर्ने विषयमा उनीहरूबीच छलफल भएको हो। ओमानले तनाव कम ...
: फ्रान्समा बढ्दो महँगी, न्यून ज्याला र सार्वजनिक सेवाको कमजोर अवस्थाविरुद्ध देशव्यापी हडताल तथा प्रदर्शन चर्किएको छ । पाँचवटा श्रमिक संगठनको आह्वानमा बिहीबार भएको प्रदर्शनमा उच्च माध्यमिक विद्यालयका विद्यार्थी, कर्मचारी तथा सर्वसाधारण सहभागी भएका छन् । प्रदर्शनकारीहरूले न्यूनतम ज्याला वृद्धि, सार्वजनिक सेवामा सुधार र जीवनयापनको बढ्दो खर्च नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् । स्थानीय समयअनुसार ...
: बैंकिङ संकटसँग जोडिएको राजनीतिक विवाद चर्किएपछि पाराग्वेका राष्ट्रपति स्यान्टियागो पेनाले पदबाट राजीनामा दिएका छन् । बैंक धराशायी भएपछि उत्पन्न विवाद र महाभियोगको प्रक्रिया अघि बढेसँगै उनले राजीनामा घोषणा गरेका हुन् । पेनाले सामाजिक सञ्जाल एक्समार्फत भिडियो सन्देश जारी गर्दै आफूबाट कुनै गल्ती भएको भए जनतासँग माफी मागेका छन् । जनताले आफूलाई दिएको विश्वासघात गर्ने आफ्नो ...