मुख्य समाचार
सरकारले प्रतिशोधपूर्ण कदम चाल्न खोजे चुप लागेर नबस्ने
सरकारले प्रतिशोधपूर्ण कदम चाल्न खोजे चुप लागेर नबस्ने

: नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले पार्टी सभापति गगनकुमार थापामाथि सरकारले प्रतिशोधपूर्ण कदम चाल्न खोजे चुप लागेर नबस्ने बताएका छन्।

नेपाली कांग्रेस क्षेत्र नम्बर १ ललितपुरले बज्रबाराहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै राणाले बिचौलिया इनाम सापकोटाको बयानलाई आधार बनाएर सभापति थापालाई पक्राउ गर्ने प्रयास भइरहेको दाबी गरे। उनले सरकारले त्यस्तो कदम चाले त्यसको राजनीतिक प्रतिरोध गर्ने बताए।

उनले कांग्रेसका नेता तथा कार्यकर्तालाई सम्भावित गैरकानुनी कदमविरुद्ध एकजुट भएर उभिनसमेत आह्वान गरे।

‘गैरकानुनी पक्राउ गर्न नमानेपछि आईजीपी हटाइयो’

महामन्त्री राणाले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई सरकारले गैरकानुनी रूपमा मानिसहरूलाई पक्राउ गर्न दबाब दिएको आरोप पनि लगाए। आफूलाई मन नपरेका व्यक्ति, राजनीतिक नेता, व्यवसायी तथा कर्मचारीमाथि कानुनी प्रक्रिया मिचेर धरपकड गर्न खोजिएको र त्यसका लागि प्रहरी नेतृत्वलाई प्रयोग गर्न खोजिएको उनको दाबी छ।

आईजीपी कार्कीले गैरकानुनी गिरफ्तारी गर्न नमानेपछि सरकारले उनलाई पदबाट हटाएको राणाले आरोप लगाए। सुरक्षा निकायलाई राजनीतिक स्वार्थका लागि प्रयोग गर्न खोजिनु लोकतान्त्रिक व्यवस्था र विधिको शासनका लागि गम्भीर विषय भएको उनको भनाइ छ।

राणाले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि सरकारका गतिविधि थप विवादित बन्दै गएको दाबी गरे। पछिल्लो समय व्यवसायी, राजनीतिक दलका नेता तथा कर्मचारीमाथि व्यापक धरपकड भइरहेको आरोप लगाउँदै उनले राज्यशक्तिको दुरुपयोग रोक्नुपर्ने बताए।

सरकारले सञ्चार क्षेत्रमाथि समेत दबाब र हस्तक्षेप बढाएको राणाको आरोप छ। केही दिनअघि सञ्चारगृहमा प्रहरी पठाएर सञ्चारकर्मीलाई गिरफ्तार गरिएको घटनाको विरोध गर्दै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्नुपर्ने बताए। न्यायालयमाथि समेत सरकारले आफ्ना निकट व्यक्तिहरू प्रयोग गरेर प्रभाव पार्न खोजिरहेको आरोप राणाले लगाए। राज्यका प्रमुख अंगलाई नियन्त्रणमा लिने प्रयास लोकतन्त्रका लागि गम्भीर चुनौती हुने उनको भनाइ छ।

देशलाई सही बाटोमा फर्काउन लोकतन्त्र, विधिको शासन र नागरिक अधिकारका पक्षमा रहेका सबै सचेत नागरिक एकजुट हुनुपर्ने राणाले बताए। प्रधानमन्त्रीले तानाशाही प्रवृत्ति लागू गर्न खोजेको आरोप लगाउँदै उनले त्यसको प्रतिरोधका लागि जनता सडकमा उत्रिनुपर्ने अवस्था आएको बताए।
‘सभापति गगनकुमार थापामाथि सरकारले कुनै पनि गलत कदम चाल्यो भने कांग्रेस टुलुटुलु हेरेर बस्दैन,’ राणाले भने, ‘त्यस्तो कदमको दृढतापूर्वक प्रतिरोध गर्छौं।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पर्सा प्रहरीले भन्सार कागजातमा उल्लेख भएभन्दा बढी माछा लोड गरिएको ट्रक नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा प्रहरीले बुधबार राति करिब ११ बजे वीरगञ्ज महानगरपालिका–२५ स्थित आईसीपी सडकखण्डबाट उक्त ट्रक नियन्त्रणमा लिएको हो । प्रदेश २–०३–००१ ख ७०७४ नम्बरको मालवाहक ट्रक जाँच गर्दा भन्सार प्रज्ञापनपत्रमा ९६ क्यारेट माछा उल्लेख भएको तर ट्रकमा ४४ क्यारेट बढी ...
। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सरकारी सहयोग र संस्थागत सहकार्य आवश्यक रहेको बताएका छन् । बेलायतको लण्डनमा वल्र्ड ट्राभल एण्ड टुरिजम काउन्सिल र संयुक्त राष्ट्रसङ्घीय पर्यटनद्वारा बुधबार आयोजित २०औँ मन्त्रीस्तरीय शिखर सम्मेलनमा मन्त्री पौडेलले जलवायु परिवर्तनले पर्यटन क्षेत्रमा पारेको जोखिम न्यूनीकरण गर्दै लैजानुपर्ने आवश्यकता औंल्याए । उनले ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करिब ८ महिनासम्म सरकारले गरेका काममा कसैले ‌औंला ठड्याउन नसकेको दाबी गरेका छन् । उनले यही अवस्था साढे चार वर्ष पनि कामय गर्दै अर्को चुनावमा झन् ठूलो शक्ति भएर आउने दाबी गरेका छन् । ‘साढे सात आठ महिना हुनलाग्दा पनि कसैलाई औँला ठड्याउन पाएको छैन । साढे ४ वर्ष यस्तै गरी ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले मेलमिलापलाई भरोसायोग्य बनाउन न्यायधीशलाई मेलमिलापकर्ता बनाउने प्रस्ताव गरेको बताएकी छिन् । कानुन, न्याय तथा मानव अधिकार समितिमा बिहीबार भएको मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले न्यायाधीशको रोहबरमा मेलमिलाप हुँदा थप विश्वासयोग्य हुने बताइन् । न्यायाधीशलाई मेलमिलाप प्रक्रियामा संलग्न गराउदाँ सामाजिक तथा संस्थागत विश्वसनीयता ...
। काठमाडौंको चन्द्रागिरीमा पटकासहित एक जना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका–६ छापाली चोकबाट करिब १ लाख ५० हजार रूपैयाँ बराबरको विभिन्न किसिमका पटका सहित सोही ठाउँ बस्ने २१ वर्षीय प्रशुन मान्नधरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई उक्त पटकाहरू सहित पक्राउ गरेको हो ...