मुख्य समाचार
ग्यास उद्योगी भन्छन्- फरक तौलका सिलिन्डर ल्याउन २ वर्ष लाग्छ
ग्यास उद्योगी भन्छन्- फरक तौलका सिलिन्डर ल्याउन २ वर्ष लाग्छ

। नेपाल आयल निगमले ग्यासको दोहोरो मूल्य प्रणाली लागु गर्न अघि सारेको प्रस्तावमा नेपाल एलपी ग्यास उद्योग संघले आफ्नो औपचारिक धारणा पेस गरेको छ ।

१३ कात्तिकमा निगम केन्द्रीय कार्यालयमा भएको छलफलपछि ७ दिनको म्याद पाएका उद्योगीले आज बिहीबार आफ्नो ३ बुँदे लिखित जवाफ निगमलाई बुझाएका हुन् ।

निगमले व्यावसायिक प्रयोजनका लागि छुट्टै तौलका सिलिन्डर प्रयोगमा ल्याउने र कुल ग्यासको ३० प्रतिशत (पीडीओ) व्यावसायिक प्रयोजनमा पठाउनुपर्ने प्रस्ताव गरेको थियो ।

तर, संघले निगमको उक्त प्रस्ताव तत्काल जस्ताको तस्तै कार्यान्वयन गर्न नसकिने भन्दै विकल्प सहित जवाफ फर्काएको छ ।


ग्यासलाई परल मूल्यमै बिक्री गरी लक्षित वर्गलाई मात्र वाणिज्य बैंकमार्फत अनुदान उपलब्ध गराउन निगमका कार्यकारी निर्देशक नागेन्द्र साहसँग माग गरिएको छ ।

त्यस्तै निगमले प्रस्ताव गरेको ३० प्रतिशतको सट्टा हाललाई १० प्रतिशत ग्यासमात्र व्यावसायिक कोटामा राख्न र बाँकी घरायसी प्रयोजनमा पठाउन उद्योगीले अनुरोध गरेका छन् ।

फरक क्षमता (तौल) का सिलिन्डर ल्याउने निगमको प्रस्तावमाथि उद्योगीले समय माग गरेका छन् । बजारमा रहेका १४.२ किलो क्षमताका सिलिन्डरलाई नै रङका आधारमा छुट्याउनुपर्ने संघको मुख्य माग छ ।

जसअनुसार घरायसी प्रयोजनका लागि ‘रातो’ र व्यावसायिक प्रयोजनका लागि ‘निलो’ रङको सिलिन्डर बनाउन प्रस्ताव गरिएको छ ।

यसै विषयमा संघ अध्यक्ष दिवान चन्दले बजारमा ठूलो मात्रामा रहेका १४.२ किलोका सिलिन्डर तत्काल विस्थापित गर्दा उद्योगीहरूलाई ठूलो आर्थिक भार र व्यवस्थापकीय समस्या आउने बताए ।

‘अहिले १४.२ किलोलाई नै रातो र निलोमा लैजानुस् भन्ने हाम्रो भनाइ हो, फरक तौलका सिलिन्डर ल्याउँदाखेरि त बजारमा भएका १४.२ किलोका सिलिन्डर प्रतिस्थापन गर्नुपर्छ, यसले उद्योगीको लगानी बढाउँछ र ह्यान्डलिङको पनि निकै ठूलो समस्या हुन्छ,’ अध्यक्ष चन्दले भने, ‘तर, यदि सरकार फरक तौलमै जाने अडानमा बस्ने हो भने उद्योगहरूलाई तयारीका लागि कम्तीमा २ वर्षको समय दिनुपर्छ ।’

अनुदान र कोटा प्रणालीबारे निगमसँग भइरहेको वार्ताको विषयमा निगमले ३० प्रतिशत कोटा भने पनि संघले १० प्रतिशतको प्रस्ताव गरेको उनको भनाइ छ ।

‘भविष्यमा बजार अवस्था हेरी यसमा थपघट गर्न सकिन्छ, अनुदानका हकमा भने ग्यास परल मूल्यमै बेच्नुस्, तर जुन अनुदान पाउनुपर्ने वर्ग हो, उसलाई वाणिज्य बैंकमार्फत रकम फिर्ता गर्ने प्रबन्ध मिलाउनुस् भन्ने हाम्रो प्रस्ट धारणा हो,’ उनले थपे ।

निगमलाई बुझाइएको पत्रमा संघले विगतको एउटा सम्झौता पनि स्मरण गराएको छ । तत्कालीन वाणिज्य तथा आपूर्ति सचिव एवं निगम सञ्चालक समिति अध्यक्ष गोविन्दबहादुर कार्कीको उपस्थितिमा २० फागुन २०८१ मा निगम र संघबीच भएको सहमतिको बुँदा नम्बर ३ बमोजिम ‘मुनाफालाई प्रतिशतमा कायम गरिदिने’ सम्झौताको यथाशीघ्र कार्यान्वयन गर्न पनि उद्योगीले ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पर्सा प्रहरीले भन्सार कागजातमा उल्लेख भएभन्दा बढी माछा लोड गरिएको ट्रक नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा प्रहरीले बुधबार राति करिब ११ बजे वीरगञ्ज महानगरपालिका–२५ स्थित आईसीपी सडकखण्डबाट उक्त ट्रक नियन्त्रणमा लिएको हो । प्रदेश २–०३–००१ ख ७०७४ नम्बरको मालवाहक ट्रक जाँच गर्दा भन्सार प्रज्ञापनपत्रमा ९६ क्यारेट माछा उल्लेख भएको तर ट्रकमा ४४ क्यारेट बढी ...
। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सरकारी सहयोग र संस्थागत सहकार्य आवश्यक रहेको बताएका छन् । बेलायतको लण्डनमा वल्र्ड ट्राभल एण्ड टुरिजम काउन्सिल र संयुक्त राष्ट्रसङ्घीय पर्यटनद्वारा बुधबार आयोजित २०औँ मन्त्रीस्तरीय शिखर सम्मेलनमा मन्त्री पौडेलले जलवायु परिवर्तनले पर्यटन क्षेत्रमा पारेको जोखिम न्यूनीकरण गर्दै लैजानुपर्ने आवश्यकता औंल्याए । उनले ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करिब ८ महिनासम्म सरकारले गरेका काममा कसैले ‌औंला ठड्याउन नसकेको दाबी गरेका छन् । उनले यही अवस्था साढे चार वर्ष पनि कामय गर्दै अर्को चुनावमा झन् ठूलो शक्ति भएर आउने दाबी गरेका छन् । ‘साढे सात आठ महिना हुनलाग्दा पनि कसैलाई औँला ठड्याउन पाएको छैन । साढे ४ वर्ष यस्तै गरी ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले मेलमिलापलाई भरोसायोग्य बनाउन न्यायधीशलाई मेलमिलापकर्ता बनाउने प्रस्ताव गरेको बताएकी छिन् । कानुन, न्याय तथा मानव अधिकार समितिमा बिहीबार भएको मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले न्यायाधीशको रोहबरमा मेलमिलाप हुँदा थप विश्वासयोग्य हुने बताइन् । न्यायाधीशलाई मेलमिलाप प्रक्रियामा संलग्न गराउदाँ सामाजिक तथा संस्थागत विश्वसनीयता ...
। काठमाडौंको चन्द्रागिरीमा पटकासहित एक जना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका–६ छापाली चोकबाट करिब १ लाख ५० हजार रूपैयाँ बराबरको विभिन्न किसिमका पटका सहित सोही ठाउँ बस्ने २१ वर्षीय प्रशुन मान्नधरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई उक्त पटकाहरू सहित पक्राउ गरेको हो ...