मुख्य समाचार
मन्त्री सोबिता गौतमले मेलमिलापलाई भरोसायोग्य बनाउन न्यायधीशलाई मेलमिलापकर्ता बनाउने प्रस्ताव गरेको बताए
मन्त्री सोबिता गौतमले मेलमिलापलाई भरोसायोग्य बनाउन न्यायधीशलाई मेलमिलापकर्ता बनाउने प्रस्ताव गरेको बताए

। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले मेलमिलापलाई भरोसायोग्य बनाउन न्यायधीशलाई मेलमिलापकर्ता बनाउने प्रस्ताव गरेको बताएकी छिन् ।

कानुन, न्याय तथा मानव अधिकार समितिमा बिहीबार भएको मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले न्यायाधीशको रोहबरमा मेलमिलाप हुँदा थप विश्वासयोग्य हुने बताइन् ।

न्यायाधीशलाई मेलमिलाप प्रक्रियामा संलग्न गराउदाँ सामाजिक तथा संस्थागत विश्वसनीयता थप बलियो हुने उनको भनाइ छ । तर, उक्त प्रस्तावमा सबै सरोकारवालाको असहमति भएमा विकल्पबारे छलफल गर्न पनि सरकार तयार रहेको उनले बताइन् ।

‘हामीले कानुन बनाउँदै गर्दा अहिलेसम्म भएका प्रतिपादन भएका सिद्धान्त यी सबै कुराहरूलाई मध्यनजर त गर्नैपर्छ । तर कतिपय विषयवस्तुहरू हाम्रो माटो सुहाउँदो हाम्रो समाजको व्यवहारिक जटिलता के छ भन्ने कुरालाई पनि मध्यनजर गर्नुपर्छ । सधैभरी कानुनका नजीरहरू हामीले प्रतिपादन गर्ने सिद्धान्तहरू किताबमा पढेर मात्रै हुँदैन । हाम्रा समाजका व्यवहारिक जटिलताहरूले पनि नयाँ–नयाँ कानुनी सिद्धान्तहरू प्रतिपादन गर्न सक्छ । हामी त्यसमा स्पष्ट हुनुपर्छ,’ मन्त्री गौतमले भनिन् ।


समितिमा सरोकारवाला, सांसद तथा नेपाल बार एशोसिएशनले न्यायधीशलाई मेलमिलापकर्ता बनाउने प्रश्तावको विरोध गरेका छन् । मेलमिलापकर्ताको काम न्यायिक काम नै भएको उल्लेख गर्दै उनले न्यायधीशलाई मेलमिलापकर्ता बनाउन सकिने दाबी गरिन् ।

‘हाम्रो समाजको चेतना के छ ? त्यसलाई मध्यनजर गरिकन हाम्रा कानुनहरू सुधार गर्नुपर्छ । यसमा अहिले देखेको चाहीँ हामीलाई न्यायाधीश नै नराखी हुँदैन भन्ने पनि होइन, न्यायाधीश राख्नैपर्छ भन्ने पनि होइन । तर किन हामीले यो प्रस्ताव गर्‍यौ भन्दाखेरी दुई वा दुईभन्दा बढी पक्षको स्थानीय स्तरमा झगडा पर्‍यो भनेदेखि मेलमिलापकर्ताले मिलाउनुहुन्छ,’ उनले भनिन्, ‘मेलमिलापकर्ताले मिलाउँदै गर्दाखेरी सामान्य अवस्थामा मेलमिलापकर्ताले मिलाउनुहुन्छ तर अब पाँचभन्दा बढी न्यायाधीशहरू हुनुभएको ठाउँमा कम्तिमा न्यायाधीश एकजना तोकिएको न्यायाधीशले मेलमिलाप गराइदिनुभयो भनेदेखि भोलि झगडा गर्ने पार्टीहरूलाई न्यायाधीशको रोहबरमा भएको निर्णय हो भन्ने खालको एउटा कन्फिडेन्स हुन्छ ।’

मन्त्री गौतमले मेलमिलापमार्फत विवाद समाधान हुँदा दुवै पक्षको सहमतिमा न्यायोचित निकास निकाल्न सकिने बताइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। देशका विभिन्न स्थानबाट लागुऔषधसहित ९ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार मोरङ, सुर्खेत, ललितपुर, उदयपुर, धनुषा, दाङ र बर्दियाबाट ९ जना पक्राउ परेका हुन् । मोरङको विराटनगर महानगरपालिका–१२ रोडषेशस्थित बिरेन्द्र होटल एण्ड लजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४८ ग्राम ५ मिलिग्राम र डिजिटल तराजु १ थान सहित होटल संचालक ...
। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले ५९ वटा ऐन संशोधनको मस्यौदा तयार पारेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित इन्फ्रास्ट्रक्चर समिट, २०२६ लाई सम्बोधन गर्दै उनले लगानी सम्मेलनअघि नै आवश्यक कानुनी तथा नीतिगत सुधारको काम पूरा गर्ने सरकारको तयारी रहेको बताएका हुन् । उनले यसपटकको लगानी सम्मेलन विदेशी लगानीकर्तालाई बोलाएर ठूला परियोजनाको सूची ...
। पर्सा प्रहरीले भन्सार कागजातमा उल्लेख भएभन्दा बढी माछा लोड गरिएको ट्रक नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा प्रहरीले बुधबार राति करिब ११ बजे वीरगञ्ज महानगरपालिका–२५ स्थित आईसीपी सडकखण्डबाट उक्त ट्रक नियन्त्रणमा लिएको हो । प्रदेश २–०३–००१ ख ७०७४ नम्बरको मालवाहक ट्रक जाँच गर्दा भन्सार प्रज्ञापनपत्रमा ९६ क्यारेट माछा उल्लेख भएको तर ट्रकमा ४४ क्यारेट बढी ...
। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सरकारी सहयोग र संस्थागत सहकार्य आवश्यक रहेको बताएका छन् । बेलायतको लण्डनमा वल्र्ड ट्राभल एण्ड टुरिजम काउन्सिल र संयुक्त राष्ट्रसङ्घीय पर्यटनद्वारा बुधबार आयोजित २०औँ मन्त्रीस्तरीय शिखर सम्मेलनमा मन्त्री पौडेलले जलवायु परिवर्तनले पर्यटन क्षेत्रमा पारेको जोखिम न्यूनीकरण गर्दै लैजानुपर्ने आवश्यकता औंल्याए । उनले ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करिब ८ महिनासम्म सरकारले गरेका काममा कसैले ‌औंला ठड्याउन नसकेको दाबी गरेका छन् । उनले यही अवस्था साढे चार वर्ष पनि कामय गर्दै अर्को चुनावमा झन् ठूलो शक्ति भएर आउने दाबी गरेका छन् । ‘साढे सात आठ महिना हुनलाग्दा पनि कसैलाई औँला ठड्याउन पाएको छैन । साढे ४ वर्ष यस्तै गरी ...