मुख्य समाचार
अस्ट्रेलियाको सबैभन्दा पुरानो डिपार्टमेन्ट स्टोरको चेन डेभिड जोन्सको जिम्मा प्रशासनले लिएको छ
अस्ट्रेलियाको सबैभन्दा पुरानो डिपार्टमेन्ट स्टोरको चेन डेभिड जोन्सको जिम्मा प्रशासनले लिएको छ

। अस्ट्रेलियाको सबैभन्दा पुरानो डिपार्टमेन्ट स्टोरको चेन डेभिड जोन्सको जिम्मा प्रशासनले लिएको छ । प्रशासनको जिम्मामा गएसँगै यसमा कार्यरत हजारौँ कर्मचारीको रोजगारी जोखिममा परेको छ।

स्थानीय रूपमा डीजेजका नामले चिनिने यो १८८ वर्ष पुरानो खुद्रा विक्रेता लामो समयदेखि आर्थिक सङ्घर्षसँग जुधिरहेको थियो। ग्राहकहरू पारम्परिक पसलहरू छोडेर अनलाइन सपिङङतर्फ आकर्षित भएपछि कम्पनीलाई यो अवस्था आएको हो।

स्वैच्छिक प्रशासक म्याकग्राथ निकोलले रिसीभर एफटीआई कन्सल्टिङले कम्पनीको पुनरावलोकन नगरेसम्म डेभिड जोन्सका भौतिक तथा अनलाइन स्टोरहरू सञ्चालनमा रहने बताएका छन्।

कम्पनीकी सीईओ एरिका बर्थोल्डले भनिन्, ‘डेभिड जोन्स एक प्रतिष्ठित कम्पनी हो र धेरै अस्ट्रेलियालीहरूको डीजेजका स्टोरहरूमा जाने आफ्नै कथा र सम्झनाहरू छन्।’


उनले ब्रान्डसँग ‘भविष्यका लागि व्यापारलाई पुनः सेट गर्ने राम्रो योजना’ रहेको पनि बताइन्। बर्थोल्डले यस कठिन समयमा साथ दिने ग्राहकहरू, टिमका सदस्यहरू र साझेदारहरूलाई धन्यवाद दिएकी छिन्।

डेभिड जोन्समा करिब ६,००० कर्मचारी कार्यरत छन् र यसका ३८ वटा भौतिक स्टोरहरू छन्, जसमा १७ वटा वेस्टफिल्ड सपिङ सेन्टरभित्रै छन्।

बोर्डले प्रशासनमा जाने निर्णय गर्नुभन्दा केही घण्टा अगाडि, वेस्टफिल्डकी स्वामित्वकर्ता कम्पनी सेन्ट्रेले यस रिटेलरले अक्टोबर महिनाको भाडा नतिरेको र भाडा सम्झौता उल्लङ्घन गरेको बताएको थियो।

रिसीभर एफटीआई कन्सल्टिङका क्रिस्टोफर हिलले भने, ‘हामी वर्तमान खुद्रा व्यापारको वातावरण, बढ्दो लागत, ठूलो र पुरानो खुद्रा संरचना तथा आपूर्ति शृङ्खलाका चुनौतीहरूले गर्दा यो अवस्था आएको बुझ्छौं।’

प्रशासक र रिसीभरहरू नियुक्त गरेसँगै डेभिड जोन्सले शान्तिको सास फेर्ने र व्यवसायको पुनर्संरचना गर्ने मौका पाउने हिलले बताए।

धेरै अस्ट्रेलियालीहरूका लागि डेभिड जोन्स र यसको ट्रेडमार्क कालो र सेतो ‘हाउन्डसटुथ’ डिजाइन विलासिताको प्रतीक थियो। तर, म्याक्वेरी युनिभर्सिटी बिजनेस स्कुलकी मार्केटिङ प्राध्यापक जाना बाउडनका अनुसार यसको पतनले डिपार्टमेन्ट स्टोर मोडलको मृत्युको घण्टी बजाएको छ।

‘यो एक समय अस्ट्रेलियामा ग्ल्यामर सहरको प्रतीक थियो— बेलायतको ह्यारोड्सको अस्ट्रेलियाली संस्करण,’ उनले भनिन्, ‘तपाईं त्यहाँ चमक-दमक हेर्न र त्यसको हिस्सा बन्न जानुहुन्थ्यो, जहाँ प्रिमियम लक्जरी लेबलहरू देखेर अचम्मित हुन सकिन्थ्यो र आफू सफल भएको महसुस हुन्थ्यो।’

सिड्नी र मेलबर्नका प्रमुख सहरहरूमा रहेका स्टोरहरूमा जानु धेरै अस्ट्रेलियाली परिवारका लागि एउटा परम्परा नै बनेको थियो, विशेष गरी पर्वको समयमा क्रिसमसको झ्यालको सजावट हेर्नका लागि।

‘मानिसहरू ती झ्यालहरू हेर्न र त्यो जादु अनुभव गर्न सहरभन्दा टाढा-टाढाबाट घण्टौँ यात्रा गरेर आउँथे,’ बाउडनले भनिन्, तर पछिल्ला वर्षहरूमा यो ब्रान्डले आफ्नो चमक गुमाइसकेको थियो।

‘सहरका स्टोरहरूले आफ्नो उच्च वर्गीय शान र सौन्दर्य कायम राखे, तर उपनगरका स्टोरहरू भने निकै फिका रहे— तिनीहरू सामान्य छन्, त्यहाँ कुनै उत्साह छैन र कुनै चमक-दमक छैन,’ उनले थपिन्।

सिड्नी मर्निङ हेराल्डका अनुसार, सन् १९५४ मा महारानी एलिजाबेथ द्वितीयको सिड्नीको पहिलो भ्रमणका क्रममा, तत्कालीन २७ वर्षीया महारानीले एलिजाबेथ स्ट्रिट स्टोरको सातौँ तलाको ब्यान्क्वेट डिनरमा सहभागिता जनाएकी थिइन्।

(बीबीसीबाट)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
ताइवानका रक्षामन्त्री वेलिङ्टन कूले अमेरिकी मध्यावधि निर्वाचनपछि पनि ताइवानलाई हतियार बिक्री गर्ने प्रक्रिया निरन्तर रहने अपेक्षा व्यक्त गरेका छन् । उनले ताइवानले अमेरिकाका दुवै प्रमुख राजनीतिक दलबाट सधैँ समर्थन पाउँदै आएको उल्लेख गर्दै अमेरिकी कंग्रेसले ताइवानको रक्षा क्षमता सुदृढ बनाउन सहयोग जारी राख्ने विश्वास व्यक्त गरेका हुन् । औपचारिक कूटनीतिक सम्बन्ध नभए पनि अमेरिका ताइवानको सबैभन्दा महत्त्वपूर्ण ...
। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पलाई देशको सर्वोच्च पदक प्रदान गरेका छन्। बिबिसीका अनुसार, युक्रेनलाई मानवीय सहयोगमा पुर्‍याएको ‘महत्त्वपूर्ण व्यक्तिगत योगदान’का लागि मेलानिया ट्रम्पले ‘अर्डर अफ प्रिन्सेस ओल्गा, फर्स्ट क्लास’ पदक पाएकी छिन्। युक्रेनको दक्षिणी खेरसोन क्षेत्रको रुसको कब्जामा रहेको ओलेस्की सहरबाट सयौँ मानिसलाई बाहिर निकाल्न दिइएको युद्धविराम सकिएपछि यो सम्मान दिइएको हो। उद्धार ...
: संयुक्त राज्य अमेरिकामा सम्पन्न मध्यावधि चुनावले देशको राजनीतिमा समावेशिता र विविधताको नयाँ इतिहास रचेको छ। विभिन्न राज्यहरूबाट चुनावी मैदानमा उत्रिएका महिला, अश्वेत, मुस्लिम तथा आदिवासी उम्मेदवारहरूले ऐतिहासिक जित हासिल गर्दै अमेरिकी नीति निर्माणको तहमा सीमान्तकृत समुदायको उपस्थिति बलियो बनाएका छन्। अमेरिकी राजनीतिमा समावेशिता र विविधताको नयाँ आयाम थपेका मुख्य ५ ऐतिहासिक परिणामहरू यस्ता छन् । ...
। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले रिपब्लिकन पार्टीको हारको सम्पूर्ण दोष इरान युद्धलाई दिएका छन्। सामाजिक सञ्जाल ‘एक्स’ मा एक वक्तव्य जारी गर्दै उनले यस्तो बताएका हुन् । भान्सले लेखेका छन्, ‘हामी हार्नुको एउटै कारण युद्ध हो। राष्ट्रपति आफैँले पनि यो कुरा भनिसक्नुभएको छ। यदि कसैले आगामी ६ वर्षका लागि सिनेट गुमाउनु यो युद्धका लागि उपयुक्त थियो भनेर ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो दुई वर्षमा दशकौँदेखि कायम अमेरिकी विदेश नीतिमा व्यापक फेरबदल गरेका छन् । उनले मित्रराष्ट्र र प्रतिद्वन्द्वी दुवैलाई असहज बनाउने गरी अमेरिकाको अन्तर्राष्ट्रिय भूमिकालाई नयाँ ढंगले परिभाषित गर्ने प्रयास गरेका छन् । तर मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले बेहोरेको पराजयले उनको राजनीतिक शक्ति र विदेश नीतिमा कस्तो प्रभाव पार्छ भन्ने प्रश्न उठेको ...