मुख्य समाचार
ताइवानका रक्षामन्त्री वेलिङ्टन कूले अमेरिकी मध्यावधि निर्वाचनपछि पनि ताइवानलाई हतियार बिक्री गर्ने प्रक्रिया निरन्तर रहने अपेक्षा व्यक्त
ताइवानका रक्षामन्त्री वेलिङ्टन कूले अमेरिकी मध्यावधि निर्वाचनपछि पनि ताइवानलाई हतियार बिक्री गर्ने प्रक्रिया निरन्तर रहने अपेक्षा व्यक्त

ताइवानका रक्षामन्त्री वेलिङ्टन कूले अमेरिकी मध्यावधि निर्वाचनपछि पनि ताइवानलाई हतियार बिक्री गर्ने प्रक्रिया निरन्तर रहने अपेक्षा व्यक्त गरेका छन् ।

उनले ताइवानले अमेरिकाका दुवै प्रमुख राजनीतिक दलबाट सधैँ समर्थन पाउँदै आएको उल्लेख गर्दै अमेरिकी कंग्रेसले ताइवानको रक्षा क्षमता सुदृढ बनाउन सहयोग जारी राख्ने विश्वास व्यक्त गरेका हुन् ।

औपचारिक कूटनीतिक सम्बन्ध नभए पनि अमेरिका ताइवानको सबैभन्दा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय समर्थक र हतियार आपूर्तिकर्ता हो । चीनले भने ताइवानलाई आफ्नो एउटा प्रान्तका रूपमा दाबी गर्दै आएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत डिसेम्बरमा ताइवानका लागि ११ अर्ब डलर बराबरको हतियार बिक्रीलाई स्वीकृति दिएका थिए । यो अहिलेसम्मकै सबैभन्दा ठूलो हतियार बिक्री सम्झौता हो । तर करिब १४ अर्ब डलर बराबरको दोस्रो हतियार बिक्री प्याकेज भने अघि बढ्न सकेको छैन ।


मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले अमेरिकी कंग्रेसका दुवै सदनमा सफलता हासिल गरेपछि १४ अर्ब डलरको हतियार बिक्री प्याकेजमा कुनै परिवर्तन आउँछ कि भन्ने पत्रकारको प्रश्नमा रक्षामन्त्री कूले दुवै अमेरिकी राजनीतिक दलको बलियो समर्थन रहेको बताए ।

‘मलाई लाग्छ, अमेरिकी कंग्रेस सधैँ दलगत स्वार्थभन्दा माथि रहेर ताइवानको रक्षा क्षमता सुदृढ बनाउन सहयोग गर्ने पक्षमा छ,’ उनले भने ।

उनले अमेरिकी कंग्रेसका सदस्यहरूसँग निरन्तर संवाद गर्ने र हतियार बिक्री प्रक्रिया निर्धारित समयमै अघि बढाउन अमेरिकी युद्ध मन्त्रालयसँग पनि निकट सम्पर्क कायम राख्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अस्ट्रेलियाको सबैभन्दा पुरानो डिपार्टमेन्ट स्टोरको चेन डेभिड जोन्सको जिम्मा प्रशासनले लिएको छ । प्रशासनको जिम्मामा गएसँगै यसमा कार्यरत हजारौँ कर्मचारीको रोजगारी जोखिममा परेको छ। स्थानीय रूपमा डीजेजका नामले चिनिने यो १८८ वर्ष पुरानो खुद्रा विक्रेता लामो समयदेखि आर्थिक सङ्घर्षसँग जुधिरहेको थियो। ग्राहकहरू पारम्परिक पसलहरू छोडेर अनलाइन सपिङङतर्फ आकर्षित भएपछि कम्पनीलाई यो अवस्था आएको हो। स्वैच्छिक प्रशासक ...
। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पलाई देशको सर्वोच्च पदक प्रदान गरेका छन्। बिबिसीका अनुसार, युक्रेनलाई मानवीय सहयोगमा पुर्‍याएको ‘महत्त्वपूर्ण व्यक्तिगत योगदान’का लागि मेलानिया ट्रम्पले ‘अर्डर अफ प्रिन्सेस ओल्गा, फर्स्ट क्लास’ पदक पाएकी छिन्। युक्रेनको दक्षिणी खेरसोन क्षेत्रको रुसको कब्जामा रहेको ओलेस्की सहरबाट सयौँ मानिसलाई बाहिर निकाल्न दिइएको युद्धविराम सकिएपछि यो सम्मान दिइएको हो। उद्धार ...
: संयुक्त राज्य अमेरिकामा सम्पन्न मध्यावधि चुनावले देशको राजनीतिमा समावेशिता र विविधताको नयाँ इतिहास रचेको छ। विभिन्न राज्यहरूबाट चुनावी मैदानमा उत्रिएका महिला, अश्वेत, मुस्लिम तथा आदिवासी उम्मेदवारहरूले ऐतिहासिक जित हासिल गर्दै अमेरिकी नीति निर्माणको तहमा सीमान्तकृत समुदायको उपस्थिति बलियो बनाएका छन्। अमेरिकी राजनीतिमा समावेशिता र विविधताको नयाँ आयाम थपेका मुख्य ५ ऐतिहासिक परिणामहरू यस्ता छन् । ...
। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले रिपब्लिकन पार्टीको हारको सम्पूर्ण दोष इरान युद्धलाई दिएका छन्। सामाजिक सञ्जाल ‘एक्स’ मा एक वक्तव्य जारी गर्दै उनले यस्तो बताएका हुन् । भान्सले लेखेका छन्, ‘हामी हार्नुको एउटै कारण युद्ध हो। राष्ट्रपति आफैँले पनि यो कुरा भनिसक्नुभएको छ। यदि कसैले आगामी ६ वर्षका लागि सिनेट गुमाउनु यो युद्धका लागि उपयुक्त थियो भनेर ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो दुई वर्षमा दशकौँदेखि कायम अमेरिकी विदेश नीतिमा व्यापक फेरबदल गरेका छन् । उनले मित्रराष्ट्र र प्रतिद्वन्द्वी दुवैलाई असहज बनाउने गरी अमेरिकाको अन्तर्राष्ट्रिय भूमिकालाई नयाँ ढंगले परिभाषित गर्ने प्रयास गरेका छन् । तर मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले बेहोरेको पराजयले उनको राजनीतिक शक्ति र विदेश नीतिमा कस्तो प्रभाव पार्छ भन्ने प्रश्न उठेको ...