मुख्य समाचार
खेलकुद विकासमा भारतसँग कसरी सहकार्य गर्नसकिन्छ भन्दै भारतीय विदेश सचिव विक्रम मिश्रीसँग चासो
खेलकुद विकासमा भारतसँग कसरी सहकार्य गर्नसकिन्छ भन्दै भारतीय विदेश सचिव विक्रम मिश्रीसँग चासो

। प्रधानमन्त्री वालेन्द्र शाहले नेपावको खेलकुद विकासमा भारतसँग कसरी सहकार्य गर्नसकिन्छ भन्दै भारतीय विदेश सचिव विक्रम मिश्रीसँग चासो राखेका छन् ।

दुई दिने भ्रमणमा आएका मिश्रीसँग प्रधानमन्त्री बालेनले बिहीबार शिष्टाचार भेट गर्दै यस्तो चासो राखेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

यसअघि प्रोटोकल नमिल्ने भन्दै कूटनीतिक भेटघाट अस्वीकार गर्दै आएका प्रधानमन्त्री शाहले अहिले नेपाल भ्रमणका आएका कूटनीतिक अधिकारीहरूसँग पनि भेट्न थालेका छन् । यसअघि पनि भारतीय विदेश सचिव विक्रम मिश्री आउने खोजेका थिए ।

त्यो बेला प्रधानमन्त्री शाहले भेट नदिने भएपछि उनी नआएको कूटनीतिक वृत्तमा चर्चा छ ।


यसपटक प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारीको सिलसिलामा मिश्री नेपाल आएका हुन् ।

आजको भेटमा प्रधानमन्त्री शाहले नेपालमा हालै गएको विनाशकारी रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले ‘फर्स्ट रेस्पोन्डर’का रूपमा राहत सामग्री दिनुका साथै उद्धार टोली खटाएर पुर्याएको सहयोगप्रति आभार गरेका थिए ।

शिष्टाचार भेटमा भारतीय विदेशसचिव मिस्रीले आसन्न भारत भ्रमणलाई लिएर तयारी तीव्र पारेको भारतीय प्रधानमन्त्री मोदीको सन्देशसहित जानकारी गराउएका थिए ।

उनले ऊर्जा, जलस्रोत, व्यापार–पारवहन र उड्डयनसम्बन्धी नेपाल र भारतका द्विपक्षीय संयन्त्रका नियमित बैठकहरू सफलतापूर्वक सम्पन्न भएको जानकारी गराएका थिए ।

भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेलमार्ग सञ्चालनका लागि आवश्यक तयारी पुगेको पनि मिश्रीले जानकारी दिएका थिए । आजै यो मार्गमा रेल परीक्षण सञ्चालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार विराटनगर किंग्सलाई ९ विकेटले पराजित गरेको छ । विराटनगरले दिएको ८४ रनको सामान्य लक्ष्य काठमान्डुले ९.४ ओभरमा १ विकेट गुमाएर ८६ रन बनाउँदै पूरा गरेको हो । पहिलो खेलमा पराजित भएको काठमान्डुले लगातार दुई खेल जित्दै ३ खेलबाट ४ अंक जोडेको छ र अंकतालिकामा दोस्रो स्थानमा उक्लेको छ ...
: अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले महिला फुटबलको विकास र व्यावसायिकतालाई थप प्रोत्साहन गर्न महिला विश्वकपको पुरस्कार राशि दोब्बर बनाउने तयारी गरेको छ। सन् २०२७ मा ब्राजिलमा आयोजना हुने फिफा महिला विश्वकपका लागि पुरस्कार राशि २२ करोड अमेरिकी डलर पुर्‍याउने योजना फिफाले बनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। फिफाको प्रस्ताव कार्यान्वयन भएमा आगामी महिला विश्वकपको पुरस्कार ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को १४ औं खेलमा जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गर्दै लुम्बिनी लायन्सले प्रतियोगितामा तेस्रो जित दर्ता गरेको छ। किर्तिपुरस्थित त्रिवी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रन बनाएको थियो। लुम्बिनीले दिएको १५० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले ८ विकेटको क्षतीमा १३३ ...
। आईसीसी क्रिकेट विश्वकप लिग–२ मा लगातार सातौं हार बेहोरे पनि ओमान शीर्ष चारमा रहँदै सन् २०२७ को विश्वकप छनोटमा सोझै प्रवेश गरेको छ । यूएईविरुद्ध बुधबार भएको अन्तिम खेलमा हार बेहोरे पनि आवश्यक रनको सीमा पार गरेर नेट रन रेटमा नामिबिया भन्दा अगाडि रहँदै ओमानले शीर्ष चारमा स्थान पक्का गरेको हो । लिग–२ को २०२४–२०२६ चक्रअन्तर्गत ...
। इटालियन क्लब कोमोले यूईएफए च्याम्पियन्स लिगमा फ्रान्सेली क्लब लेन्सलाई ९–१ को फराकिलो अन्तरले पराजित गरेको छ । कोमोले प्रतियोगिताको इतिहासमा एकै खेलमा सर्वाधिक गोल गर्ने कीर्तिमान बराबरी गरेको हो । बुधबार राति भएको खेलमा कोमोले पहिलो हाफमा तीन गोल गरेको थियो । तासोस डुभिकासले सातौं र ३२औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । निको ...