मुख्य समाचार
दानबहादुर कार्कीलाई महानिरीक्षक पदबाट हटाउने निर्णयको पुष्टि सरकारले नै गर्ने
दानबहादुर कार्कीलाई महानिरीक्षक पदबाट हटाउने निर्णयको पुष्टि सरकारले नै गर्ने

। सत्तारुढ रास्वपाका सभापति रवि लामिछानेले दानबहादुर कार्कीलाई महानिरीक्षक पदबाट हटाउने निर्णयको पुष्टि सरकारले नै गर्ने बताएका छन् ।

बिहीबार चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले संवेदनशील विषय समावेश भएकाले आईजीपी हटाउनुपर्ने विषय कुनै समयमा सरकारले अवश्य पनि गर्ने विश्वास व्यक्त गरे ।

‘आईजीपी प्रकरणमा पार्टीले कुनै पनि सरकारले काम गर्नका लागि आवश्यक पर्ने कदम चाल्दा त्यसको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारको रहन्छ । त्यो औचित्य सरकारले पुष्टि गर्ला,’ लामिछानेले भने ।

सुरक्षा निकायको जिम्मेवारी हेरफेरमा असाध्यै संवेदनशील विषय समावेश भएको कारणले सरकारले कुनै निश्चित समयमा यसको औचित्य पुष्टि पार्ने विश्वास उनले व्यक्त गरे । ‘पार्टी प्रवक्ताले यसलाई स्पष्ट पारिसक्नुभएको छ । पार्टीले आईजीपी, डीएसपी, इन्सपेक्टर फेर भनेर विल्कुल भन्दैन,’ लामिछानेले भनेका छन् ।
साथै, उनले आफूले विभिन्न समयमा फरक फरक घटनाक्रमबारे जवाफ दिँदै आएको उल्लेख गरे ।

‘सरकारले आफ्नो काम गरिरहेको छ । अझै सहि ढंगले गरिदिए हुन्थ्यो भन्ने सधैं रहिरहन्छ,’ लामिछानेले भने, ‘पार्टी र सरकारबीच तालमेल नै नभएको हो कि भन्ने जुन कुरा छन् त्यो केही छँदै छैन ।’

कहिलेकाहीँ सरकारले गरेका कुरामा थप प्रष्टता चाहियो, प्रश्न भयो भने त्यसमा पार्टीले चेक एन्ड ब्यालेन्स गर्ने, स्पष्ट पार्ने काम भइरहेको समेत उनको तर्क छ ।

‘पार्टीले गरेका हरेक कुरामा सरकारले हो मा हो मिलाउँदैन, पार्टीले गरेका कुराहरूमा पनि सरकारले हो मा हो मिलाउँदैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युतगृहसहितका प्रमुख संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको प्याकेज–२ अन्तर्गत विद्युतगृह, सुरुङ तथा सम्बन्धित उपकरण जडानको काम झन्डै ८० प्रतिशत सम्पन्न भएको हो । प्याकेज–२ को निर्माण चीनको सिनो हाइड्रो कर्पोरेसनमार्फत भइरहेको छ । आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार भूमिगत ...
: संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको शुक्रबार र शनिबार संसदीय सुनुवाइ गर्ने भएको छ। सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइका लागि समिति सचिवालयले तयार पारेको कार्यतालिका पारित गरेको हो। जसअनुसार शुक्रबार उजुरीकर्ताहरूसँग छलफलका साथै प्रस्तावित न्यायाधीशद्वय डा. रत्नबहादुर वाग्चन्द र चन्द्रबहादुर सारूको सुनुवाइ गरिने समितिले जनाएको छ। त्यस्तै शनिबार ...
। तिहार, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू गरेको छ । चाडपर्वका समयमा शान्ति, सुरक्षा कायम राख्न तथा सम्भावित आपराधिक र अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा व्यवस्था मिलाएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार चाडपर्वका समयमा हुनसक्ने चोरी, लुटपाट, जुवातास, सट्टेबाजी, झैझगडा तथा अन्य आपराधिक गतिविधि नियन्त्रण ...
: सरकारले पूर्वाधार क्षेत्रमा लगानीकर्तालाई प्रोत्साहित गर्ने उद्देश्यका साथ ‘नेपाल पूर्वाधार सम्मेलन २०२६’ आयोजना गर्न लागिएको जनाएको छ। बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पूर्वाधार विकासमन्त्री सुनील लम्सालले स्वदेशी तथा विदेशी लगानीकर्तालाई लगानीका लागि आवश्यक वातावरण निर्माण गर्न गरिएका कानुनी तथा नीतिगत सुधारबारे जानकारी गराएका छन्। उनले देशमा लगानीमैत्री वातावरण, लगानी सुरक्षा, श्रमिकहरूको सुरक्षा, बजारको ग्यारेन्टी, लगानी नडुब्ने ...
। जिल्ला प्रशासन कार्यालय काठमाडौंले तिहारमा देउसी–भैलो कार्यक्रमलाई मर्यादित, व्यवस्थित एवं सुरक्षित रूपमा सञ्चालन गर्न आग्रह गरेको छ । बिहीबार साँझ एक सूचना जारी गर्दै प्रशासनले देउसीभैलो कार्यक्रमलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन १२ बुँदे निर्देशन पनि जारी गरेको छ । कार्यालयले नेपाली मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भावको संरक्षण गर्दै शान्ति सुरक्षा कायम राख्न देउसीभैलो खेल्ने ...