मुख्य समाचार
बुढानीलकण्ठ नगरपालिका र हेल्पिङ ह्यान्ड्स अस्पतालबीच सहकार्य
बुढानीलकण्ठ नगरपालिका र हेल्पिङ ह्यान्ड्स अस्पतालबीच सहकार्य

: बुढानीलकण्ठ नगरपालिका र चाबहिलस्थित हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पतालबीच नगरवासीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा सहकार्य भएको छ।

नगरपालिकाभित्र स्थायी बसोबास गर्ने नागरिक, नगरपालिकाको स्वास्थ्य चौकी तथा नगर अस्पतालबाट प्रेषण गरिएका बिरामी र नगरपालिकाअन्तर्गतका कार्यालयमा कार्यरत कर्मचारीलाई स्वास्थ्य सेवामा छुट उपलब्ध गराउने गरी दुई पक्षबीच सम्झौता भएको हो।

सम्झौताअनुसार अस्पतालले नगरपालिकाको सिफारिस वा स्वास्थ्य चौकी तथा नगर अस्पतालको प्रेषण पत्रका आधारमा बिरामीलाई विभिन्न स्वास्थ्य सेवा तथा सुविधा उपलब्ध गराउनेछ।

सम्झौतामा ओपीडी सेवाअन्तर्गत जनरल सेवामा ५० प्रतिशत र अन्य सेवामा २० प्रतिशत छुट दिने उल्लेख छ। त्यस्तै जनरल बेडमा ४० प्रतिशत छुट उपलब्ध गराइनेछ।

त्यस्तै नगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालन गर्ने स्वास्थ्यसम्बन्धी कार्यक्रममा आवश्यकताअनुसार अस्पतालले सहयोग गर्ने सम्झौतामा उल्लेख छ।

दुई पक्षबीच भएको सम्झौता २०८३ कात्तिक २० गतेदेखि लागू भई पाँच वर्षसम्म कायम रहनेछ। प्रत्येक पाँच वर्षमा दुवै पक्षको आपसी सहमतिमा सम्झौता नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपालका लागि भारतीय राजदूत सुधाकर देलालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा नवनियुक्त राजदूत देलालले शुक्रबार राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्। देलाल जिम्मेवारी सम्हाल्न गत मंगलबार काठमाडौं आइपुगेका थिए। त्यसलगत्तै भारतीय विदेश सचिव विक्रम मिश्रीको टोलीसँगै उनी उच्चस्तरीय राजनीतिक भेटवार्तामा सहभागी भएका थिए। यसैबीच आजै लाओसका गैरआवासीय राजदूत ...
। धनकुटा नगरपालिका-१ सुकेपोखरीस्थित कोशी लोकमार्गमा ट्रक र दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार हिलेबाट धनकुटातर्फ आउँदै गरेको प्रदेश नं. १–०२–००२ ख ०४७४ नम्बरको ट्रकलाई सोही दिशाबाट आउँदै गरेको को १० प ९६८ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ठक्कर दिएको ...
: घरायसी विवादलाई लिएर श्रीमतीमाथि छुरा प्रहार गरी फरार भएका बाराका एक पुरुषलाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको छ। पक्राउ पर्नेमा फेटा गाउँपालिका-७ जोतपुर गमरियाका २८ वर्षीय अलियास अन्सारी रहेका छन्। अंसारीलाई वीरगन्ज महानगरपालिका-१६ स्थित एक होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। अंसारीले मंगलबार बिहान जीपुरसिमरा उपमहानगरपालिका-२० कञ्चनपुरस्थित ससुराली पुगेर २५ वर्षीया श्रीमती ...
। तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युतगृहसहितका प्रमुख संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको प्याकेज–२ अन्तर्गत विद्युतगृह, सुरुङ तथा सम्बन्धित उपकरण जडानको काम झन्डै ८० प्रतिशत सम्पन्न भएको हो । प्याकेज–२ को निर्माण चीनको सिनो हाइड्रो कर्पोरेसनमार्फत भइरहेको छ । आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार भूमिगत ...
: संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको शुक्रबार र शनिबार संसदीय सुनुवाइ गर्ने भएको छ। सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइका लागि समिति सचिवालयले तयार पारेको कार्यतालिका पारित गरेको हो। जसअनुसार शुक्रबार उजुरीकर्ताहरूसँग छलफलका साथै प्रस्तावित न्यायाधीशद्वय डा. रत्नबहादुर वाग्चन्द र चन्द्रबहादुर सारूको सुनुवाइ गरिने समितिले जनाएको छ। त्यस्तै शनिबार ...