मुख्य समाचार
पोखरा विमानस्थल निर्माणमा कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा पूर्वमन्त्रीज्ञानेन्द्र बहादुर कार्कीसहित ११ जनाविरुद्ध दायर भएको मुद्दामा सुनुवाइ जारी
पोखरा विमानस्थल निर्माणमा कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा पूर्वमन्त्रीज्ञानेन्द्र बहादुर कार्कीसहित ११ जनाविरुद्ध दायर भएको मुद्दामा सुनुवाइ जारी

: पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा पूर्वमन्त्रीज्ञानेन्द्र बहादुर कार्कीसहित ११ जनाविरुद्ध दायर भएको मुद्दामा सुनुवाइ जारी छ।
विशेष अदालतका न्यायाधीश बासुदेव आचार्य,डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासमा सुनुवाइ भइरहेको हो।

गत बैशाख २४ गते अख्तियार अनुसन्धान आयोगले तत्कालीन अर्थमन्त्री कार्की,तत्कालीन सचिवहरू शंकर प्रसाद अधिकारी र महेश्वर न्यौपाने,आयोजना निर्देशकलगायतविरुद्ध मुद्दा दायर गरेको हो।

उनीहरूविरुद्ध ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ विगो माग गरिएको अख्तियारले जनाएको छ।

अख्तियारका अनुसार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा मूल सम्झौताको प्रावधान विपरीत ठेकेदार कम्पनीलाई कर छुट दिएर आर्थिक अनियमितता गरेको उनीहरूविरुद्ध उजुरी परेको थियो।

सोही उजुरीका आधारमा अनुसन्धान हुँदा तत्कालीन अर्थमन्त्री कार्कीसहित प्रतिवादीहरूले बदनियत राखी प्रावधान विपरीत हुनेगरी ठेकेदार कम्पनीलाई कर,महसुल तथा अन्य शुल्कहरू छुट दिने भन्ने सर्त राखी इम्प्लिमेन्टेसन एग्रिमेन्ट गराएको खुल्न आएको हो।

आयोगका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण र निर्माण कम्पनी चाइना सीएएमसी इन्जिनियरिङबीच भएको मूल खरिद सम्झौतामा कर,महसुल तथा अन्य शुल्क ठेकेदार कम्पनीले नै तिर्नुपर्ने व्यवस्था थियो। तर, त्यसविपरीत ‘इम्प्लिमेन्टेसन एग्रिमेन्ट’ मार्फत कम्पनीलाई कर छुट दिइएको अनुसन्धानका क्रममा खुलेको हो।

उक्त व्यवस्थाबाट ठेकेदार कम्पनीलाई दोहोरो लाभ दिलाई नेपाल सरकारलाई ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ हानिनोक्सानी पुर्‍याइएको अख्तियारको ठहर छ।

निर्माण कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ तथा कम्पनीका अध्यक्ष वाङ पो र परियोजना प्रबन्धक याङ चिकाङविरुद्ध पनि मतियारको आरोपमा मुख्य कसुरदारसरह सजाय मागदाबी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी आनी छोइङ डोल्माको नागरिकता छानबिन गर्न माग गर्दै राष्ट्रिय जेनजी नागरिक अभियानले जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा ज्ञापनपत्र बुझाएको छ। छोइङ डोल्माको नागरिकता तथा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विषयमा उठेका प्रश्नहरूको निष्पक्ष छानबिन गर्न माग गर्दै अभियानले शुक्रबार काठमाडौँ प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको हो। राष्ट्रिय जेनजी नागरिक अभियानका संयोजक सुनिल सिंहले ...
: नेपाली कांग्रेसकी महामन्त्री डिला सङ्ग्रौलाले सरकारले आफ्ना कमजोरी र अक्षमता ढाकछोप गर्न कांग्रेसमाथि प्रहार गरिरहेको आरोप लगाएकी छन्। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले सरकारले कुनै प्रमाणबिना १८ करोडको डिल भएको भन्ने भाष्य खडा गरेर कांग्रेस सभापति गगनकुमार थापालाई बदनाम गराउन खोजेको उल्लेख गरिन्। आफ्ना काला कर्तुत लुकाउनकै लागि सरकारले थापालाई पक्रिने हल्ला फैलाएको उनको ...
: निर्वतमान नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सरकारको निर्णयविरुद्ध दायर गरेको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ। रिट केहीबेरअघि दर्ता भएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। सरकारले आफूलाई प्रहरी प्रमुखबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेपछि अन्याय भएको दाबीसहित कार्कीले उक्त निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दिएका हुन्। कार्कीले आफूलाई पदावधि ...
: मेचीनगर नगरपालिका-५ सिर्जना चोकस्थित चिया बगानबाट ५५७ केजी अवैध गाँजा बरामद गरिको छ । शुक्रबार बिहान स्थानीय टेकेन्द्र थापाको (हाल विदेशमा रहेको) व्यक्तिगत चिया बगानमा बेवारिसे अवस्थामा गाँजा राखिएको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोली खटिई खोजतलास गर्ने क्रममा १३ पोका गाँजा फेला परेको थियो । बरामद गाँजाको प्लास्टिकसहित तौल गर्दा ५६२ केजी ८०० ग्राम ...
: अर्घाखाँचीमाबस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। शितगंगा नगरपालिका–२, भुवनपाटामा लु २ ख ३७२ नम्बरको बस दुर्घटना हुँदा बसमा सवार १६ जना यात्रु घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका निमित्त प्रमुख प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार बसको ब्रेक फेल भएर दुर्घटना भएको हो। दुर्घटनामा घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर र बाँकीको अवस्था मध्यम ...