मुख्य समाचार
नाकाबाट अवैध रूपमा नेपाल भित्राइएको ठूलो मात्रामा बारुदजन्य पटाका सशस्त्र प्रहरीले बरामद
नाकाबाट अवैध रूपमा नेपाल भित्राइएको ठूलो मात्रामा बारुदजन्य पटाका सशस्त्र प्रहरीले बरामद

: झापाका सीमा नाकाबाट अवैध रूपमा नेपाल भित्राइएको ठूलो मात्रामा बारुदजन्य पटाका सशस्त्र प्रहरीले बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेडक्वार्टर झापाले बरामद गरेको करिब २३ लाख ५९ हजार रुपैयाँ बराबरका पटाका शुक्रबार दिउँसो गणभित्रै नष्ट गरेको छ। बरामद गरिएका पटाका सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी)सचिन कर्माचार्य, भद्रपुर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष मनोज सुब्बा, जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालय झापाका प्रतिनिधि र सञ्चारकर्मीहरूको उपस्थितिमा नष्ट गरिएको थियो।

तिहार तथा छठ पूजालाई लक्षित गरी भारतबाट नेपाल भित्राइएको सो मुल्य बराबरको पटाका सशस्त्र प्रहरीले विभिन्न मिति र समयमा जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको चेकजाँच तथा सीमा निगरानीका क्रममा बरामद गरेको एसपी कर्माचार्यले जानकारी दिए। विशेषगरी तिहार तथा छठ पर्वका समयमा पटाका र आतसबाजीको प्रयोग बढ्ने भएकाले यसबाट हुन सक्ने आगलागी, मानवीय दुर्घटना, धनजनको क्षति, ध्वनि प्रदूषण तथा वातावरणीय प्रदूषणलाई मध्यनजर गर्दै अवैध रूपमा ओसारपसार तथा बिक्री वितरण गरिने यस्ता सामग्री नियन्त्रण गर्ने अभियानलाई तीव्रता दिइएको एसपी कर्माचार्यले बताए।

बारुदजन्य सामग्रीको अनियन्त्रित प्रयोगले बालबालिका, ज्येष्ठ नागरिक तथा सर्वसाधारणको स्वास्थ्य र सुरक्षामा प्रतिकूल असर पार्नुका साथै आगलागी तथा अन्य दुर्घटनाको जोखिमसमेत बढाउने भएकाले यस्ता सामग्री प्रयोग नगर्न उनले सर्वसाधारणलाई आग्रह समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी आनी छोइङ डोल्माको नागरिकता छानबिन गर्न माग गर्दै राष्ट्रिय जेनजी नागरिक अभियानले जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा ज्ञापनपत्र बुझाएको छ। छोइङ डोल्माको नागरिकता तथा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विषयमा उठेका प्रश्नहरूको निष्पक्ष छानबिन गर्न माग गर्दै अभियानले शुक्रबार काठमाडौँ प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको हो। राष्ट्रिय जेनजी नागरिक अभियानका संयोजक सुनिल सिंहले ...
: नेपाली कांग्रेसकी महामन्त्री डिला सङ्ग्रौलाले सरकारले आफ्ना कमजोरी र अक्षमता ढाकछोप गर्न कांग्रेसमाथि प्रहार गरिरहेको आरोप लगाएकी छन्। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले सरकारले कुनै प्रमाणबिना १८ करोडको डिल भएको भन्ने भाष्य खडा गरेर कांग्रेस सभापति गगनकुमार थापालाई बदनाम गराउन खोजेको उल्लेख गरिन्। आफ्ना काला कर्तुत लुकाउनकै लागि सरकारले थापालाई पक्रिने हल्ला फैलाएको उनको ...
: निर्वतमान नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सरकारको निर्णयविरुद्ध दायर गरेको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ। रिट केहीबेरअघि दर्ता भएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। सरकारले आफूलाई प्रहरी प्रमुखबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेपछि अन्याय भएको दाबीसहित कार्कीले उक्त निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दिएका हुन्। कार्कीले आफूलाई पदावधि ...
: मेचीनगर नगरपालिका-५ सिर्जना चोकस्थित चिया बगानबाट ५५७ केजी अवैध गाँजा बरामद गरिको छ । शुक्रबार बिहान स्थानीय टेकेन्द्र थापाको (हाल विदेशमा रहेको) व्यक्तिगत चिया बगानमा बेवारिसे अवस्थामा गाँजा राखिएको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोली खटिई खोजतलास गर्ने क्रममा १३ पोका गाँजा फेला परेको थियो । बरामद गाँजाको प्लास्टिकसहित तौल गर्दा ५६२ केजी ८०० ग्राम ...
: अर्घाखाँचीमाबस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। शितगंगा नगरपालिका–२, भुवनपाटामा लु २ ख ३७२ नम्बरको बस दुर्घटना हुँदा बसमा सवार १६ जना यात्रु घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका निमित्त प्रमुख प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार बसको ब्रेक फेल भएर दुर्घटना भएको हो। दुर्घटनामा घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर र बाँकीको अवस्था मध्यम ...