मुख्य समाचार
सन्धिखर्क नगरपालिकाको आयोजनामा लुम्बिनी प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने
सन्धिखर्क नगरपालिकाको आयोजनामा लुम्बिनी प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने

: सन्धिखर्क नगरपालिकाको आयोजनामा लुम्बिनी प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ। मंसिर १० गतेदेखि सञ्चालन हुने प्रतियोगितामा प्रदेशका १२ वटै जिल्लाका टिमले सहभागिता जनाउने भएका छन्।

सन्धिखर्क नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले प्रतियोगिता अर्घाखाँचीमा हालसम्मकै सर्वाधिक पुरस्कार राशि भएको भलिबल प्रतियोगिताका रूपमा आयोजना गर्न लागिएको जानकारी दिएका छन्। प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। त्यस्तै, दोस्रो हुने टिमले १ लाख रुपैयाँ र तेस्रो हुने टिमले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने नगर प्रमुख श्रेष्ठले जानकारी दिएका छन्। विजेता टिम तथा खेलाडीलाई आकर्षक ट्रफी, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिनेछ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालका अनुसार प्रतियोगितालाई निष्पक्ष, प्रतिस्पर्धात्मक र जिल्लास्तरको खेल प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले विशेष नियमसमेत बनाइएको छ। प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट एक/एक टिम सहभागी हुनेछन्। प्रत्येक टिममा सम्बन्धित जिल्लाकै खेलाडी हुनुपर्ने व्यवस्था गरिएको छ। यद्यपि, टिमलाई थप प्रतिस्पर्धी बनाउन प्रत्येक जिल्लाले आफ्नो टिममा जिल्लाबाहिरका बढीमा तीन जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेर सहभागी गराउन पाउने व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत खनालको भनाइ छ।

प्रतियोगिताले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा रहेका भलिबल खेलाडीको प्रतिभा उजागर गर्नुका साथै जिल्लाको खेलकुद विकास र आपसी सम्बन्ध विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। सन्धिखर्कमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता आयोजना हुनुले स्थानीय खेलप्रेमीमा उत्साह थप्नुका साथै अर्घाखाँचीलाई खेलकुदको माध्यमबाट प्रदेशभर चिनाउनसमेत मद्दत पुग्ने विश्वास आयोजकले लिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको १६औं खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध ३९ रनको जित दर्ता गरेको छ। ४ अंक लिएर छैटौं स्थानमा रहेको सुदूरपश्चिम रोयल्स तेस्रो जितको साथमा ६ अंक लिएर दोस्रो स्थानमा उक्लिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले ६ विकेटको क्षतीमा १७६ रन बनाएको थियो। सूदूरपश्चिमले ...
: पोर्चुगलका कप्तान तथा स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने घोषणा गरेका छन्। ४१ वर्षीय रोनाल्डोले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत राष्ट्रिय टोलीबाट आफ्नो २३ वर्ष लामो यात्रा टुंग्याउने निर्णय सार्वजनिक गरेका हुन्। सन् २००३ मा पोर्चुगलको राष्ट्रिय टोलीबाट डेब्यु गरेका रोनाल्डोले देशका लागि २३४ खेल खेल्दै कीर्तिमानी १४६ गोल गरेका छन्। अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक खेल खेल्ने ...
। प्रधानमन्त्री वालेन्द्र शाहले नेपावको खेलकुद विकासमा भारतसँग कसरी सहकार्य गर्नसकिन्छ भन्दै भारतीय विदेश सचिव विक्रम मिश्रीसँग चासो राखेका छन् । दुई दिने भ्रमणमा आएका मिश्रीसँग प्रधानमन्त्री बालेनले बिहीबार शिष्टाचार भेट गर्दै यस्तो चासो राखेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । यसअघि प्रोटोकल नमिल्ने भन्दै कूटनीतिक भेटघाट अस्वीकार गर्दै आएका प्रधानमन्त्री शाहले अहिले नेपाल भ्रमणका आएका कूटनीतिक ...
। काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार विराटनगर किंग्सलाई ९ विकेटले पराजित गरेको छ । विराटनगरले दिएको ८४ रनको सामान्य लक्ष्य काठमान्डुले ९.४ ओभरमा १ विकेट गुमाएर ८६ रन बनाउँदै पूरा गरेको हो । पहिलो खेलमा पराजित भएको काठमान्डुले लगातार दुई खेल जित्दै ३ खेलबाट ४ अंक जोडेको छ र अंकतालिकामा दोस्रो स्थानमा उक्लेको छ ...
: अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले महिला फुटबलको विकास र व्यावसायिकतालाई थप प्रोत्साहन गर्न महिला विश्वकपको पुरस्कार राशि दोब्बर बनाउने तयारी गरेको छ। सन् २०२७ मा ब्राजिलमा आयोजना हुने फिफा महिला विश्वकपका लागि पुरस्कार राशि २२ करोड अमेरिकी डलर पुर्‍याउने योजना फिफाले बनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। फिफाको प्रस्ताव कार्यान्वयन भएमा आगामी महिला विश्वकपको पुरस्कार ...