मुख्य समाचार
भोटेकोशी बाढीप्रभावित क्षेत्रमा राहत, पुनर्निर्माण र पुनरुत्थानका लागि बजेटको अभाव हुन नदिने
भोटेकोशी बाढीप्रभावित क्षेत्रमा राहत, पुनर्निर्माण र पुनरुत्थानका लागि बजेटको अभाव हुन नदिने

: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी बाढीप्रभावित क्षेत्रमा राहत, पुनर्निर्माण र पुनरुत्थानका लागि बजेटको अभाव हुन नदिने बताएका छन्।

शुक्रबार बसेको प्रतिनिधि सभाअन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री वाग्लेले भोटेकोशी बाढीबाट २ दशमलव ७ देखि २ दशमलव ८ बिलियन डलरको क्षति देखिएको जानकारी दिए। पुनर्निर्माणका लागि करिब ४ दशमलव ७ बिलियन डलर जति आवश्यक पर्ने प्रारम्भिक अनुमान रहेको उनको भनाइ छ। कुल जीडीपीको १० प्रतिशत बराबरको क्षति हुनु ठूलो सङ्कट भए पनि तत्कालका लागि सरकारकै बजेटभित्रबाट राहत र पुनरुत्थानका कामहरू भइरहेको उनले बताए।

अर्थमन्त्री वाग्लेले यसपटक २१ सय २४ अर्बको बजेटको सीमा नाघ्न गाह्रो भए तापनि, अहिलेकै विनियोजनबाट ठेक्का प्रक्रिया अगाडि बढाएर आगामी वर्षको बजेटमा पुनर्निर्माणको अंश थपी आकार बढाउन सकिने व्यावहारिक पक्षमा छलफल भइरहेको समेत उल्लेख गरे।

त्यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले भोटेकोशी बाढीमा ज्यान गुमाएका मृतकका परिवारलाई राहत दिने सन्दर्भमा अन्तिम चरणको काम भइरहेको बताए। बाढीका कारण प्रभावित भई सङ्कटग्रस्त घोषणा गरिएका पालिकाहरूमा रकम पठाइसकिएको भन्दै उनले उक्त रकम खर्च गरेर थप बजेट माग गर्नेबित्तिकै प्रधानमन्त्री कोषबाट तुरुन्तै पैसा पठाउने व्यवस्था गरिएको जानकारी दिए।

बैठकमा समितिका सदस्यहरूले प्रभावित नागरिकको भावनाअनुरूप बाढीप्रभावित क्षेत्रको पुनर्निर्माणमा केन्द्रित हुन सुझाव दिएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चालु आर्थिक वर्ष २०८३/८४ पहिलो तीन महिना (साउन-असोज) को बजेट कार्यान्वयनमा मिश्रित नतिजा देखिएको छ । अर्थ मन्त्रालयका अनुसार पहिलो त्रैमासिक अवधिमा सरकारले राजस्व संकलन गत आव सोही अवधिको तुलनामा उल्लेख्य बढाउन सफल देखिन्छ । तर, खर्चमा पुरानै प्रवृत्ति हाबी भयो । भएको खर्चमा पनि पूँजीगतभन्दा बढी चालु र ऋण भुक्तानी सेवामा अधिक खर्च भएको ...
: तिहार तथा धनतेरसलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सुनको असर्फी तथा चाँदीका मेडालियन आजबाट बिक्री सुरु गरेको छ। राष्ट्र बैंकको टक्सार महाशाखा, बबरमहलबाट कात्तिक १९ र २० गते सर्वसाधारणका लागि सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्न लागेको हो। राष्ट्र बैंकले कात्तिक १८ गते सूचना जारी गर्दै दुवै दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म ...
: आउँदै गरेको दीपावली पर्वका लागि काठमाडौं महानगरपालिकाले महानगरको विभिन्न क्षेत्रमा फूल तथा माला बिक्रीका लागि स्थान तोकिएको छ। महानगरले प्लास्टिकजन्य फूल, फूलको माला तथा सजावटका विभिन्न सामाग्री बिक्री वितरणमा रोक गर्नुका साथै स्वदेशी फूल र मालाको बिक्री वितरणलाई प्राथमिकता दिन आग्रह गरेको छ। यदि उल्लंघन गरेको पाइएकोमा सामान जफत गर्ने सूचनाले जानकारी गरेको छ। ...
: तिहार नजिकिँदै गर्दा बजारमा फूलको माग र व्यापार उच्च हुँदै गएको छ। तर उपभोक्तामा भने अभाव र महँगो मूल्यको मार खेप्नुपर्ने हो कि भन्ने चिन्ता फेरि देखिएको छ। अघिल्लो वर्ष तिहारमा सयपत्री फूलको माला अभाव भएपछि उपभोक्ताले महँगो मूल्य तिर्नु परेको थियो। यस वर्ष करिब ४५ लाख माला व्यावसायिक रूपमा उत्पादन हुने अनुमान र मखमली ...
। यस वर्ष तिहारमा देशभरि ५१ लाख ८० हजार वटा विभिन्न फूलका माला खपत हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले सार्वजनिक गरेको तथ्यांक अनुसार तिहारको ५ दिनमा खपत हुने यी मालाबाट मात्रै करिब ४८ करोड रुपैयाँ बराबर कारोबार हुनेछ । मालाका साथै घर, आँगन र कार्यालय सजाउन प्रयोग हुने ४३ लाख फूलका थुँगा ...