मुख्य समाचार
सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश जनक पाण्डेले न्यायालयमा राजनीतिक प्रभाव पर्न नदिने
सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश जनक पाण्डेले न्यायालयमा राजनीतिक प्रभाव पर्न नदिने

: सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश जनक पाण्डेले न्यायालयमा राजनीतिक प्रभाव पर्न नदिने बताएका छन्।

शनिबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिमा सुनुवाईका क्रममा पाण्डेले अदालतमा आइसकेपछि राजनीतिलाई सधैं टाढै राख्नुपर्ने भन्दै राजनीतिक प्रभाव पर्न नदिने बताएका हुन्।

न्यायाधीशले राजनीतिक पूर्वाग्रहबाट मुक्त भएर, राजनीतिक चप्पल बाहिरै खोलेर निष्पक्ष रूपमा न्याय दिनुपर्ने उनको भनाइ छ। उनले पञ्चवर्षीय योजना आएपछि फैसला लेखन र न्यायको गुणस्तरमा सुधार गर्नुपर्ने कुरामा जोड दिँदै, न्यायाधीशहरूले फैसला गर्दा त्यसको स्तर र प्रमाणको मूल्याङ्कनमा विशेष ध्यान दिनुपर्ने बताए। उनले अदालतको अनुसन्धान, मिसिल जाँच र पुरानै ढर्राको कार्यशैलीमा व्यापक सुधार गरी बटमदेखि टपसम्म न्याय प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता रहेको धारणा राखे।

पाण्डेले आफ्नो कार्यसम्पादनको नियमित समीक्षा तथा मूल्याङ्कन गर्दै मुद्दा व्यवस्थापन र फैसला लेखनको समयबद्धतामा विशेष ध्यान दिने प्रतिबद्धता जनाए। त्यस्तै उनले कसैको प्रभाव र दबाबमा फैसला गर्ने काम आफूबाट नभएको उल्लेख गर्दै आगामी दिनमा पनि संस्थागत सुधारमा ध्यान दिने उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले ३५ वर्षसम्म केही भएन भन्ने विवेकहीन र अराजक निरंकुश प्रवृत्ति राज्यमा अहिले हाबी भएको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले अहिलेसम्म यो भएको विकासलाई केही पनि होइन भन्ने भाष्य निर्माण गर्न खोजिएको बताएका हुन्। ‘यो भएको विकासलाई केही पनि होइन। केही पनि भएन ३५ वर्षसम्म भन्ने विवेकहीन ...
: सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–४, जिरो ड्यामस्थित एक घरमा छापा मारेर प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार शुक्रबार राति करिब ११ः५० बजे प्रशान्त शाहीको घरमा जुवातास खेलिरहेको गोप्य सूचना प्राप्त भएपछि संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो। कर्णाली प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय ...
: २०८१ सालको बाढीले तहसनहस बनाएको बीपी राजमार्गको पुनःनिर्माणले गति लिन थालेको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले सिन्धुलीतर्फको क्षतिग्रस्त सडकखण्ड पुनर्निर्माण सुरु गरेसँगै काभ्रेपलाञ्चोकतर्फका तीन खण्डमा पनि निर्माण कार्य तीव्र पारिएको छ। चारवटै खण्डको पुनर्निर्माणलाई गति दिँदै आगामी वर्षायामअघि नै काभ्रेतर्फका सडकमा एक तह कालोपत्रे गर्ने तयारी गरिएको छ।डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार सिन्धुलीको बर्खेखोला–पिप्ले ...
: सुनसरीको धरानमा विस्फोटक पदार्थ बनाउन प्रयोग हुने पोटासियम नाइट्रेटजस्तो पदार्थसहित ३ जना पक्राउ परेका छन्। प्रहरीले धरान उपमहानगरपालिका–८ स्थित तीनकुने चेकिङ पोस्टमा मिनी ट्रक जाँच गर्ने क्रममा ४७ किलो ८७० ग्राम विस्फोटक पदार्थ बरामद गरेको छ। शुक्रबार इटहरीबाट धरानतर्फ आउँदै गरेको को.प्र.–०२–००२ ख १६१८ नम्बरको मिनी ट्रक जाँच गर्ने क्रममा प्रहरीले भन्सार छली ल्याइएका सामानसँगै ...
: बाराको कोल्हबीमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा कोल्हबी नगरपालिका-२ का २८ वर्षीय अमित मोक्तान रहेका छन् । दुर्घटनालगतै मोक्तानलाई नारायणी अस्पताल लगिएको र चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार कोल्हबी-२ का २४ वर्षीय ...