मुख्य समाचार
जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १७ जनालाई पक्राउ
जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १७ जनालाई पक्राउ

: सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–४, जिरो ड्यामस्थित एक घरमा छापा मारेर प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार शुक्रबार राति करिब ११ः५० बजे प्रशान्त शाहीको घरमा जुवातास खेलिरहेको गोप्य सूचना प्राप्त भएपछि संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो। कर्णाली प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय सुर्खेत र कर्णाली प्रदेश प्रहरी गणबाट खटिएको ४५ जना प्रहरीको टोलीले घरमा खानतलासी गर्दा जुवातास खेलिरहेका १७ जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीले घटनास्थलबाट २८ बुक तास, लङ्गुरबुर्जा खेल्न प्रयोग गरिने ६ वटा गोटी र नगद १ लाख ५ हजार ६ सय ७० रुपैयाँ बरामद गरेको जनाएको छ। बरामद तासमध्ये २४ बुक नखुलेको र चार बुक खुलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा अछामको तुर्माखाँद गाउँपालिका–१ का पवन रावल, टोपेन्द्र थापा र कुलबहादुर रावल, बर्दियाको बारबर्दिया नगरपालिका–६ का ३२ वर्षीय नरेश लामिछाने, दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–९ का रामबहादुर साउद र ४८ वर्षीय पदम सार्की, वडा नम्बर ४ का ज्ञानेन्द्र शाही तथा वडा नम्बर ७ का दीपेन्द्र शाही रहेका छन्।

त्यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ का कुलबहादुर सुनार, वडा नम्बर ३ का लक्ष्मी शाही र उपेन्द्र बोहोरा तथा दैलेखको ठाटीकाँध गाउँपालिका–५ का हिमाल शाही, राजकुमार शाही, प्रकाश शाही, पर्ज कठायत र भरत शाही पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ परेका सबैलाई बिहान २ः३० बजे जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याइएको थियो। घटनास्थलबाट बरामद सामग्रीसहित पक्राउ परेका व्यक्तिमाथि जुवाताससम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रदेश प्रहरी प्रमूख डिआईजी जयराज सापकोटाले चाडपर्वलाई लक्षित गरी प्रदेशभरी उल्लेख्य रुपमा प्रहरी परिचालन गरिएको बताए। उनले जुवातास अगायतका अपराधिक क्रियाकलापमा प्रहरीले कडाईका साथ निगरानी बढाएको बताए। उनका अनुसार चाडपर्व तथा अन्य समयमा जुवातासका गतिविधि बढ्न सक्ने भन्दै प्रहरीले यस्ता गैरकानुनी गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई तीव्रता दिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश गोकर्ण डाँगीले जनताले वास्तवमै न्याय पाएको महसुस गर्न अदालत र न्यायाधीशहरूको भूमिका निष्पक्ष हुनुपर्नेमा जोड दिएका छन्। शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित न्यायाधीश डाँगीले न्याय मरेको अनुभूति हुन नदिन र जनताले वास्तवमै न्याय पाएको महसुस गर्न अदालत र न्यायाधीशहरूको भूमिका निष्पक्ष हुनुपर्ने बताएका हुन्। अदालतमा भ्रष्टाचार र बिचौलियाको ...
: सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ गुर्जीमा शनिबार दिउँसो अटो दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन्। झनझनेबाट मकवानपुरको झुरझुरेतर्फ जाँदै गरेको लु.प्र.०१-००१ स ८१४० नम्बरको अटो दिउँसो १:३० बजे अनियन्त्रित भई सडकबाट करिब १५ देखि २० मिटर तल खेतमा खस्दा ६ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते हुनेहरूमा मकवानपुर बागमती ...
: गत भदौ १० गतेको विनाशकारी भोटेकोशी बाढीमा परी अभिभावक गुमाएका तथा बेपत्ता भएका व्यक्तिका सन्तानले उच्च शिक्षासम्म पूर्ण छात्रवृत्ति पाउने भएका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयले प्रभावित बालबालिकाको विद्यालय तहदेखि उच्च शिक्षासम्मको अध्ययन निःशुल्क गर्ने गरी प्रक्रिया अघि बढाएको हो । मन्त्रीस्तरीय निर्णयअनुसार पहिलो चरणमा २७ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइनेछ । त्यसपछि थप ...
: पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले ३५ वर्षसम्म केही भएन भन्ने विवेकहीन र अराजक निरंकुश प्रवृत्ति राज्यमा अहिले हाबी भएको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले अहिलेसम्म यो भएको विकासलाई केही पनि होइन भन्ने भाष्य निर्माण गर्न खोजिएको बताएका हुन्। ‘यो भएको विकासलाई केही पनि होइन। केही पनि भएन ३५ वर्षसम्म भन्ने विवेकहीन ...
: सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश जनक पाण्डेले न्यायालयमा राजनीतिक प्रभाव पर्न नदिने बताएका छन्। शनिबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिमा सुनुवाईका क्रममा पाण्डेले अदालतमा आइसकेपछि राजनीतिलाई सधैं टाढै राख्नुपर्ने भन्दै राजनीतिक प्रभाव पर्न नदिने बताएका हुन्। न्यायाधीशले राजनीतिक पूर्वाग्रहबाट मुक्त भएर, राजनीतिक चप्पल बाहिरै खोलेर निष्पक्ष रूपमा न्याय दिनुपर्ने उनको भनाइ छ। उनले पञ्चवर्षीय योजना ...