मुख्य समाचार
भोटेकोशी बाढीमा परी अभिभावक गुमाएका तथा बेपत्ता भएका व्यक्तिका सन्तानले उच्च शिक्षासम्म पूर्ण छात्रवृत्ति पाउने
भोटेकोशी बाढीमा परी अभिभावक गुमाएका तथा बेपत्ता भएका व्यक्तिका सन्तानले उच्च शिक्षासम्म पूर्ण छात्रवृत्ति पाउने

: गत भदौ १० गतेको विनाशकारी भोटेकोशी बाढीमा परी अभिभावक गुमाएका तथा बेपत्ता भएका व्यक्तिका सन्तानले उच्च शिक्षासम्म पूर्ण छात्रवृत्ति पाउने भएका छन् ।

शिक्षा तथा खेलकुद मन्त्रालयले प्रभावित बालबालिकाको विद्यालय तहदेखि उच्च शिक्षासम्मको अध्ययन निःशुल्क गर्ने गरी प्रक्रिया अघि बढाएको हो । मन्त्रीस्तरीय निर्णयअनुसार पहिलो चरणमा २७ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइनेछ । त्यसपछि थप प्रभावित विद्यार्थीको पहिचान गरी चरणबद्ध रूपमा छात्रवृत्ति प्रदान गरिने मन्त्रालयले जनाएको छ ।

यसअघि मन्त्रालयले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना सञ्चालन निर्देशिका, २०८३’ स्वीकृत गर्दै बाढीमा अभिभावक गुमाएका वा बेपत्ता भएका व्यक्तिका सन्तानलाई विद्यालय तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने प्रक्रिया अघि बढाएको थियो । अब उच्च शिक्षालाई समेत समेटेर छात्रवृत्तिको दायरा विस्तार गरिएको शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

‘पहिलो चरणमा २७ जनालाई छात्रवृत्ति दिइनेछ । यसपछि पनि क्रमशः पहिचान गर्दै चरणबद्ध रूपमा छात्रवृत्ति उपलब्ध गराउनेछौँ,’ मन्त्री पोखरेलले भने ।

व्यवस्थाअनुसार निजी विद्यालयमा अध्ययनरत विद्यार्थीको अभिलेख शिक्षा विभागले राख्नेछ । यसका लागि सम्बन्धित विद्यालयका छाता संस्था र स्थानीय तहसँग समन्वय गरिनेछ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका हकमा सम्बन्धित स्थानीय तहमार्फत आवश्यक व्यवस्था मिलाइनेछ ।

त्यस्तै, उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीलाई विश्वविद्यालय तथा क्याम्पसमा उपलब्ध छात्रवृत्ति कोटामा थप गरी समावेश गर्न निर्देशन दिइएको छ । यसका लागि विश्वविद्यालय अनुदान आयोगमार्फत आवश्यक व्यवस्था मिलाइने मन्त्रालयले जनाएको छ ।

सरकारको यो निर्णय कार्यान्वयनमा आएसँगै भोटेकोशी बाढीमा अभिभावक गुमाएका तथा बेपत्ता भएका व्यक्तिका सन्तानले विद्यालयदेखि उच्च शिक्षासम्म निःशुल्क अध्ययनको अवसर पाउनेछन् । विपद्का कारण अभिभावक गुमाएका बालबालिकाको शैक्षिक भविष्य सुरक्षित गर्ने उद्देश्यले सरकारले यो व्यवस्था अघि बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेस शेरबहादुर देउवा समूहका नेता डा. प्रकाशशरण महतले सर्वोच्च अदालतको पुनरावलोकनमार्फत आफूहरूले नै पार्टीको आधिकारिकता पाउने दाबी गरेका छन्। शनिबार कांग्रेस देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै महतले कांग्रेसको विचार, सिद्धान्त र आदर्शलाई आफूहरूले बोकिरहेको बताए। उनले नेपाली कांग्रेसको आत्मा शेरबहादुर देउवाले नेतृत्व गरेको कांग्रेसमा नै रहेको टिप्पणी गरे। ‘यो देशमा न्याय मरेको ...
: नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रहरी महानिरीक्षक पदबाट हटाइएका दान बहादुर कार्कीलाई सर्वोच्च अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन् । शनिबार काठमाडौंमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले कार्कीलाई पदबाट हटाएर सरकारले अन्याय गरेको भन्दै सर्वोच्चले न्याय दिने बताएका हुन्। आन्दोलनको तयारीका विषयमा पत्रकारको प्रश्नमा प्रचण्डले अहिले राष्ट्रिय जागरण अभियान चलिरहेको र त्यो ...
: नेपाली कांग्रेस शेरबहादुर देउवा समूहका नेता डा. शशांक कोइरालाले गगनकुमार थापालाई जति गाली गर्‍यो, त्यति नै उनको महत्व बढ्ने बताएका छन्। शनिबार देउवा समूहको काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्ने क्रममा कोइरालाले थापाको विषयमा धेरै चर्चा नगर्न देउवा समूहका नेताहरूलाई आग्रह गरेका हुन्। ‘जति गगन थापाको कुरा गर्‍यो, त्यति नै उनको महत्व बढ्छ, त्यसैले कुरै नगरौं,’ ...
: सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश गोकर्ण डाँगीले जनताले वास्तवमै न्याय पाएको महसुस गर्न अदालत र न्यायाधीशहरूको भूमिका निष्पक्ष हुनुपर्नेमा जोड दिएका छन्। शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित न्यायाधीश डाँगीले न्याय मरेको अनुभूति हुन नदिन र जनताले वास्तवमै न्याय पाएको महसुस गर्न अदालत र न्यायाधीशहरूको भूमिका निष्पक्ष हुनुपर्ने बताएका हुन्। अदालतमा भ्रष्टाचार र बिचौलियाको ...
: सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ गुर्जीमा शनिबार दिउँसो अटो दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन्। झनझनेबाट मकवानपुरको झुरझुरेतर्फ जाँदै गरेको लु.प्र.०१-००१ स ८१४० नम्बरको अटो दिउँसो १:३० बजे अनियन्त्रित भई सडकबाट करिब १५ देखि २० मिटर तल खेतमा खस्दा ६ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते हुनेहरूमा मकवानपुर बागमती ...