मुख्य समाचार
१५ औं महाधिवेशन हुने बेलासम्म पार्टीले कुनै पनि विधि र प्रक्रिया नमिचेको दाबी
१५ औं महाधिवेशन हुने बेलासम्म पार्टीले कुनै पनि विधि र प्रक्रिया नमिचेको दाबी

। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट १५ औं महाधिवेशन हुने बेलासम्म पार्टीले कुनै पनि विधि र प्रक्रिया नमिचेको दाबी गरेका छन् ।

नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयोजना गरेको बधाई तथा बृहत रक्तदान कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘कुनै भ्रममा, कुनै अलमलमा कसैलाई केही पदैगर्दा पनि नपर्नुहोला । नेपाली कांग्रेस पार्टी विशेष महाधिवेशन गरिसकेर १५ औं महाधिवेशन गरिसकेको छ । राष्ट्रिय आवश्यकता पर्‍यो, त्यो परिस्थितिपछि देश र पार्टीलाई नयाँ ढंगले अघि लानुपर्ने अवस्था बन्यो,’ शर्माले भने, ‘कसैलाई अनर्गल गरेर फेसबुकमा लेखिदिएिर यति खायो रे उति खायो रे यति बुझायो रे यति करोड बुझायो रे । ए बाबा! एक पटक स्वास्थ्यमन्त्री एक पटक केवल स्वास्थ्यमन्त्री ८९ महिना बनेको गगन थापा, जीवनमा मन्त्री कहिल्यै नबनेको विश्वप्रकाश शर्मा । करोड करोड बुझाउनुपर्‍यो भने हामी दुई भाइले मात्रै बुझाउन सकुँला कि वर्षौंसम्म सत्तामा बसेका नेताहरू त उतै हुनुहुन्थ्यो त । उहाँहरूले बुझाउन सक्ने होइन भन्या ?’
कसैले अरे भनेर भनेको कुरामा पछि नलाग्न उनले नेता कार्यकर्ताहरूलाई आग्रह गरे ।

‘त्यसैले यो कुरा के हो भने, भन्यो अरे, एउटा विचौलियाले कहिँ भन्यो अरे । भोलि एउटा बैंक कसुरमा पक्राउ परेको वा डकैतमा परेकोले कहिँ भन्दियो कि फलानोलाई प्रधानमन्त्री बनाउन फलानोले दाबी छाडेर ५० करोडमा डिल भएको थियो । त्यो डिल भएको पैसा नबुझाएको हुँदा ५ करोड डकैती गरेर हामी आएका हौं भनेर कसैले भन्यो भने त्यसलाई अदालतले मान्छ कि मान्दैन ? कानुनले मान्छ कि मान्दैन ?’, उनको प्रश्न थियो ।


उनले महाधिवेशनका सबै काम विधि बमोजिम भएको हुनाले अब पार्टीले देशका लागि सपना बोकेर हिंडेको जिकिर गरे ।

‘ढुक्क मान्नुहोला, नेपाली कांग्रेसको विशेष महाधिवेश गरेर १५ औं महाधिवेशनसम्म पुग्दैगर्दा पार्टीको विधि, विधान, प्रक्रिया बमोजिम इमानदारितापूर्वक सबै काम भएको छ । कांग्रेस अब देशका लागि सपना बोकेको छ । मनमा हुटहुटी बोकेको छ,’ शर्माको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश गोकर्ण डाँगीले न्यायपालिकाप्रति जनताको विश्वास कमजोर भएको र न्याय मरेको अनुभूति आफूहरूलाई पनि हुने गरेको स्वीकार गरेका छन् । संसदीय सुनुवाइका क्रममा कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाले ‘हिजोका न्यायाधीशहरूले राजाका निर्णयसमेत काट्न सक्थे, आजका न्यायाधीशहरू त्यो अवस्थामा छैनन्’ भन्दै न्यायिक स्वतन्त्रतामाथि प्रश्न उठाएका थिए । जवाफमा डाँगीले न्यायाधीशले संविधान र कानुनको सीमाभित्र ...
। पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीस्थित लीला आधारभूत विद्यालय नजिकै भएको मोटरसाइकल दुर्घटनामा स्थानीय सुरेश लामिछानेको मृत्यु भएको छ । पिच सडकबाट अनियन्त्रित भई करिव दुई मिटर तल खसेको अवस्थामा मोटरसाइकल र चालक लामिछाने मृत फेला परेपछि स्थानीय क्षेत्रमा त्रास बढेको हो । आइतबार बिहान लीला आधारभूत विद्यालय नजिकै क्षतविक्षत अवस्थामा पल्सर मोटरसाइकल फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका ...
। जिल्ला कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ परेका छन्। उनीहरूलाई त्रिपुरासुन्दरी नगरपालिका-४ रंग गाउँभन्दा माथिको जंगलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका-४ का धनबहादुर बुढा भन्ने हरिबहादुर बुढा र जाजरकोटको बारेकोट गाउँपालिका-१ का यज्ञ विक रहेका छन्। उनीहरू लुकिछिपी बसेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी ...
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारका कामकारबाही हिन्दी जासुसी सिनेमाजस्तो भएको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले हिन्दी जासुसी फिल्ममा हुँदै नभएको र हुँदै नहुने काम देखाउने गरेको स्मरण गर्दै सरकारका कामहरू पनि त्यस्तै हुँदै गएको टिप्पणी गरे । ‘सरकारका कामकारबाही हेर्दा हिन्दी जासुसी फिल्म ...
। १० भदौमा आएको भोटेकोशी बाढीका कारण ऊर्जा क्षेत्रमा १ खर्ब ३२ अर्ब बराबर क्षति पुगेको पाइएको छ । राष्ट्रिय योजना आयोगले गरेको विपद्पछिको आवश्यकता मूल्यांकनको प्रारम्भिक प्रतिवेदन अनुसार ऊर्जा क्षेत्रमा १ खर्ब ३२ अर्ब ८३ करोड बराबरको क्षति भएको हो । आयोगले गत शुक्रबार रसुवा–भोटेकोशी नदीमा आएको बाढीबाट भएको क्षति र विपद्पछिको आवश्यकता मूल्यांकनको प्रारम्भिक विवरण ...