मुख्य समाचार
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

। पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीस्थित लीला आधारभूत विद्यालय नजिकै भएको मोटरसाइकल दुर्घटनामा स्थानीय सुरेश लामिछानेको मृत्यु भएको छ ।

पिच सडकबाट अनियन्त्रित भई करिव दुई मिटर तल खसेको अवस्थामा मोटरसाइकल र चालक लामिछाने मृत फेला परेपछि स्थानीय क्षेत्रमा त्रास बढेको हो ।

आइतबार बिहान लीला आधारभूत विद्यालय नजिकै क्षतविक्षत अवस्थामा पल्सर मोटरसाइकल फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोलीले खोजी गर्ने क्रममा निर्माणाधीन पर्खालको नालीमा लामिछानेलाई अचेत अवस्थामा फेला पारेको थियो ।

घटनास्थलमा पुगेको चिकित्सकको टोलीले उनलाई मृत घोषित गरेको हो । घटनाको गम्भीरतालाई ध्यानमा राख्दै वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरीक्षक सूर्य बोगटीको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ ।


घटनाको प्रकृति शंकास्पद देखिएपछि प्रहरीले थप प्रमाण जुटाउन तालिमप्राप्त कुकुरको सहायता लिएको छ । संयोगवश, कुकुर तिहारकै दिन तालिमप्राप्त कुकुरलाई घटनास्थलमा अनुसन्धानका लागि प्रयोग गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक दीपक रिजालले प्रारम्भिक अनुसन्धानमा मोटरसाइकल सडकबाट चिप्लिएर दुर्घटना भएको संकेत देखिए पनि घटनाको यथार्थ विवरणबारे सूक्ष्म अनुसन्धान जारी रहेको बताए ।

प्रहरीले दुर्घटनाको कारण र समय पहिचानका लागि थप प्राविधिक तथा अनुसन्धानमूलक विधिहरू अपनाइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश गोकर्ण डाँगीले न्यायपालिकाप्रति जनताको विश्वास कमजोर भएको र न्याय मरेको अनुभूति आफूहरूलाई पनि हुने गरेको स्वीकार गरेका छन् । संसदीय सुनुवाइका क्रममा कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाले ‘हिजोका न्यायाधीशहरूले राजाका निर्णयसमेत काट्न सक्थे, आजका न्यायाधीशहरू त्यो अवस्थामा छैनन्’ भन्दै न्यायिक स्वतन्त्रतामाथि प्रश्न उठाएका थिए । जवाफमा डाँगीले न्यायाधीशले संविधान र कानुनको सीमाभित्र ...
। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट १५ औं महाधिवेशन हुने बेलासम्म पार्टीले कुनै पनि विधि र प्रक्रिया नमिचेको दाबी गरेका छन् । नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयोजना गरेको बधाई तथा बृहत रक्तदान कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘कुनै भ्रममा, कुनै अलमलमा कसैलाई केही पदैगर्दा पनि नपर्नुहोला । नेपाली कांग्रेस पार्टी ...
। जिल्ला कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ परेका छन्। उनीहरूलाई त्रिपुरासुन्दरी नगरपालिका-४ रंग गाउँभन्दा माथिको जंगलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका-४ का धनबहादुर बुढा भन्ने हरिबहादुर बुढा र जाजरकोटको बारेकोट गाउँपालिका-१ का यज्ञ विक रहेका छन्। उनीहरू लुकिछिपी बसेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी ...
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारका कामकारबाही हिन्दी जासुसी सिनेमाजस्तो भएको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले हिन्दी जासुसी फिल्ममा हुँदै नभएको र हुँदै नहुने काम देखाउने गरेको स्मरण गर्दै सरकारका कामहरू पनि त्यस्तै हुँदै गएको टिप्पणी गरे । ‘सरकारका कामकारबाही हेर्दा हिन्दी जासुसी फिल्म ...
। १० भदौमा आएको भोटेकोशी बाढीका कारण ऊर्जा क्षेत्रमा १ खर्ब ३२ अर्ब बराबर क्षति पुगेको पाइएको छ । राष्ट्रिय योजना आयोगले गरेको विपद्पछिको आवश्यकता मूल्यांकनको प्रारम्भिक प्रतिवेदन अनुसार ऊर्जा क्षेत्रमा १ खर्ब ३२ अर्ब ८३ करोड बराबरको क्षति भएको हो । आयोगले गत शुक्रबार रसुवा–भोटेकोशी नदीमा आएको बाढीबाट भएको क्षति र विपद्पछिको आवश्यकता मूल्यांकनको प्रारम्भिक विवरण ...