मुख्य समाचार
न्यायपालिकाप्रति जनताको विश्वास कमजोर भएको र न्याय मरेको अनुभूति आफूहरूलाई पनि हुने गरेको स्वीकार
न्यायपालिकाप्रति जनताको विश्वास कमजोर भएको र न्याय मरेको अनुभूति आफूहरूलाई पनि हुने गरेको स्वीकार

। सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश गोकर्ण डाँगीले न्यायपालिकाप्रति जनताको विश्वास कमजोर भएको र न्याय मरेको अनुभूति आफूहरूलाई पनि हुने गरेको स्वीकार गरेका छन् ।

संसदीय सुनुवाइका क्रममा कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाले ‘हिजोका न्यायाधीशहरूले राजाका निर्णयसमेत काट्न सक्थे, आजका न्यायाधीशहरू त्यो अवस्थामा छैनन्’ भन्दै न्यायिक स्वतन्त्रतामाथि प्रश्न उठाएका थिए ।
जवाफमा डाँगीले न्यायाधीशले संविधान र कानुनको सीमाभित्र रहेर इन्साफ गर्नुपर्ने आफ्नो दृढ संकल्प रहेको बताए ।

‘न्याय मरेको अनुभूति वास्तवमा हो, कता–कता हामीलाई पनि लाग्छ । जनताले साँच्चै न्याय पायो कि पाएन, न्याय ढिला भयो कि भएन, सेवा गर्नेले साँच्चै सेवा गरिरहेको छ कि छैन भन्ने कुरामा हामी सचेत हुन जरुरी छ,’ उनले भने ।

सर्वोच्च अदालतका न्यायाधीश नै नभए भोलि न्यायपालिकाको अवस्था के होला भन्ने चिन्ता रहेको उल्लेख गर्दै उनले आफ्नो बल, विवेक र बुद्धिले भ्याएसम्म न्यायिक सुधारका लागि काम गर्ने प्रतिबद्धता जनाए ।


ढुंगानाले न्यायाधीश र बिचौलियाबीच सम्पर्क हुने गरेको सार्वजनिक चर्चाबारे पनि प्रश्न गरेका थिए । त्यसको जवाफमा डाँगीले अदालतमा भ्रष्टाचार र बिचौलियाको विषय उठ्नु दुर्भाग्यपूर्ण भएको बताए ।

उनले सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) बाट यस विषयमा वक्तव्य जारी गरेर अनुसन्धान अघि बढाउनुपर्ने धारणा राखे ।

‘अदालतमा भ्रष्टाचारको कुरा, बिचौलियाको कुरा वास्तवमा दुर्भाग्यको कुरा हो । यो चिन्ताजनक स्थिति आउनु हुँदैन । फुल कोर्टले एउटा वक्तव्य निकालोस्, अनुसन्धान गरौं । त्यसको भागीदार म छु या कोही छ भने पनि त्यसले भोग्नुपर्छ,’ उनले भने ।

न्यायाधीशको आचरण नै ठीक नभए न्यायिक सुधारका प्रतिबद्धताको अर्थ नहुने उनको भनाइ थियो। आफू सर्वोच्च अदालतमा प्रवेश गरेपछि यस्तो अवस्था आउन नदिन आफ्नो तर्फबाट पहल गर्ने उनले बताए ।

ढुंगानाले सर्वोच्च अदालतको साख खस्किएको विषय पनि उठाएका थिए । त्यसमा डाँगीले सर्वोच्च अदालतको साख गिरेको विषय आफूले पनि स्वीकार गरेको बताए ।

‘हामी (न्यायाधीशहरु) गिरेकै छैनौँ भन्ने कुरा होइन, आएका समाचारहरू (समस्याहरु)लाई सुधार्नुपर्छ,’ उनले भने ।

ढुंगानाले एउटै प्रकृतिका मुद्दामा फरक फैसला हुने र सर्वोच्चबाट फैसला उल्टी हुँदा त्यसको अर्थ सर्वसाधारणले बुझ्न नसक्ने अवस्था रहेको भन्दै प्रश्न गरेका थिए । जवाफमा डाँगीले फैसला उल्टी हुनुको कारण र त्यसको अर्थ न्यायाधीशले स्पष्ट रूपमा लेख्नुपर्ने बताए ।

‘फैसला उल्टी–सुल्टीको किसिम स्पष्ट रूपमा न्यायाधीशले लेख्नुपर्छ, जनताले बुझ्ने गरी। त्यो मेरो तर्फबाट हुनेसम्म गर्छु,’ उनले भने ।

न्यायाधीशले राजाका निर्णय काट्न सक्ने विगतको अवस्थासँग अहिलेको अवस्थालाई तुलना गर्दै ढुंगानाले न्यायिक स्वतन्त्रताबारे प्रश्न गरेका थिए। त्यसको जवाफमा डाँगीले व्यक्तिको निर्णयभन्दा संविधान, कानुन र इन्साफलाई प्राथमिकता दिनुपर्ने बताए ।

‘वास्तवमा इन्साफ हेर्नुपर्छ। कागजले के भन्छ, जनताको न्यायलाई, इन्साफको धरोहरलाई, संविधानको कुरा, कानुनको कुरालाई कहिल्यै छोड्नुहुँदैन न्यायाधीशले भन्ने कुरा मेरो आफ्नो दृढ संकल्प छ,’ उनले भने ।

उनले न्याय समयमै दिन नसकिए त्यसको कुनै अर्थ नहुने भन्दै समयमै फैसला गर्ने विषयमा पनि आफ्नो प्रतिबद्धता रहेको बताए ।

फैसला गरिसकेपछि पूर्णपाठ तयार गर्नुपर्ने विषयमा भने ढुंगानाले उठाएको समयसीमाको प्रश्नमा स्पष्ट अवधि उल्लेख गरेनन् ।

कांग्रेस सांसद अर्जुननरसिंह केसी, नेपाली कम्युनिस्ट पार्टीका साम्सद बर्समान पुन, नेकपा एमालेकी साम्सद पद्मा अर्याल लगायतले पनि न्यायपालिकामा राजनीतिक हस्तक्षेप, मुद्दाको चाप र फैसला कार्यान्वयन नहुने समस्याबारे प्रश्न उठाएका थिए ।

सांसद पुनले कार्यकारीको हस्तक्षेप रोक्न न्यायाधीशले कस्तो भूमिका खेल्न सक्छन् भन्ने प्रश्न गरेका थिए ।

कांग्रेस सांसद केसीले ‘संविधान र कानुन बाहिर जानुपर्ने दबाब आए रिजाइन (राजिनामा) दिन सक्नुहुन्छ कि हुन्न ? गलत दबाबमा नो भन्न सक्नुहुन्छ कि हुन्न ?,’ भनेर प्रश्न गरे ।

जवाफमा डाँगीले न्यायपालिकाको अवस्था सुधार्न आफ्नो तर्फबाट प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै, सुनुवाइका क्रममा डाँगीले आफूविरुद्ध उजुरीमा उठाइएका जग्गा, पारिवारिक मुद्दा र व्यावसायिक सम्बन्धसम्बन्धी विषयमा पनि स्पष्टीकरण दिए ।

ल्यान्ड पुलिङसम्बन्धी विषयमा आफ्नो कुनै समस्या नरहेको बताउँदै उनले आफ्नो परिवारको मुद्दा सर्वोच्च अदालतमा नरहेको दाबी गरे ।

पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझीको पुस्तकमा आफ्नो पारिवारिक सम्बन्धबारे उल्लेख भएको प्रसंग उठाउँदै उनले आफू पारदर्शी रहेको जिकिर गरे ।

न्यायाधीश नियुक्तिमा पारिवारिक सम्बन्धका आधारमा प्रभाव पार्ने अवस्था नरहेको उनको भनाइ थियो ।

त्यस्तै, पदम गिरीले उठाएको व्यावसायिक सम्बन्धसम्बन्धी प्रश्नमा पनि उनले आफ्नो र अन्य व्यक्तिको कानुनी फर्म अलग–अलग रहेको स्पष्ट पारे ।

दुर्घटनामा परेपछि चिकित्सकको सल्लाहमा अढाई महिना आराम गरेको र त्यस अवधिमा आफू कतै नगएको तथा टेलिफोन संवादसमेत नभएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित गोकर्ण डाँगीले आफ्नो १० वर्षे उच्च अदालतको कार्यकालमा कुनै पनि दलको पक्षमा लागेर फैसला नगरेको दाबी गरेका छन् । उनले न्यायाधीशले बाह्य प्रभावमा पर्न नहुने र राजनीतिक दलको पक्षधरता राखेर न्याय सम्पादन गर्न नहुने बताए । संसदीय सुनुवाइका क्रममा सांसद पद्मा अर्यालले बाह्य प्रभाव र दलीय गुटबन्दीबाट न्यायाधीश कसरी मुक्त रहन सक्छन् ...
। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुलीमा गुडिरहेको मोटरसाइकललाई ट्र्याक्टरले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.प्र. ०२–०७३ प २०७७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको लु३त ३६३३ नम्बरको ट्र्याक्टरले आइतबार (कात्तिक २२) बिहान ठक्कर दिएको थियो । ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक डडेलधुराको अजयमेरु गाउँपालिका–१ का २४ ...
। पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीस्थित लीला आधारभूत विद्यालय नजिकै भएको मोटरसाइकल दुर्घटनामा स्थानीय सुरेश लामिछानेको मृत्यु भएको छ । पिच सडकबाट अनियन्त्रित भई करिव दुई मिटर तल खसेको अवस्थामा मोटरसाइकल र चालक लामिछाने मृत फेला परेपछि स्थानीय क्षेत्रमा त्रास बढेको हो । आइतबार बिहान लीला आधारभूत विद्यालय नजिकै क्षतविक्षत अवस्थामा पल्सर मोटरसाइकल फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका ...
। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट १५ औं महाधिवेशन हुने बेलासम्म पार्टीले कुनै पनि विधि र प्रक्रिया नमिचेको दाबी गरेका छन् । नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयोजना गरेको बधाई तथा बृहत रक्तदान कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘कुनै भ्रममा, कुनै अलमलमा कसैलाई केही पदैगर्दा पनि नपर्नुहोला । नेपाली कांग्रेस पार्टी ...
। जिल्ला कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ परेका छन्। उनीहरूलाई त्रिपुरासुन्दरी नगरपालिका-४ रंग गाउँभन्दा माथिको जंगलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका-४ का धनबहादुर बुढा भन्ने हरिबहादुर बुढा र जाजरकोटको बारेकोट गाउँपालिका-१ का यज्ञ विक रहेका छन्। उनीहरू लुकिछिपी बसेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी ...