मुख्य समाचार
मोटरसाइकललाई ट्र्याक्टरले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु
मोटरसाइकललाई ट्र्याक्टरले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु

। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुलीमा गुडिरहेको मोटरसाइकललाई ट्र्याक्टरले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.प्र. ०२–०७३ प २०७७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको लु३त ३६३३ नम्बरको ट्र्याक्टरले आइतबार (कात्तिक २२) बिहान ठक्कर दिएको थियो । ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक डडेलधुराको अजयमेरु गाउँपालिका–१ का २४ वर्षीय लोकेश भण्डारीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका उनलाई तत्काल उद्धार गरी डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल लगेकामा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका डीएसपी अनिल पण्डितले जानकारी दिए ।

उक्त ट्र्याक्टर र त्यसका चालक नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका–१३ का ३२ वर्षीय लोकबहादुर महतोलाई नियन्त्रणमा लिई घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको पण्डितले बताए ।


दुर्घटनामा मृत्यु भएका भण्डारी काठमाडौंस्थित प्रहरी वृत्त सामाखुसीमा कार्यरत प्रहरी जवान रहेको पण्डितले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित गोकर्ण डाँगीले आफ्नो १० वर्षे उच्च अदालतको कार्यकालमा कुनै पनि दलको पक्षमा लागेर फैसला नगरेको दाबी गरेका छन् । उनले न्यायाधीशले बाह्य प्रभावमा पर्न नहुने र राजनीतिक दलको पक्षधरता राखेर न्याय सम्पादन गर्न नहुने बताए । संसदीय सुनुवाइका क्रममा सांसद पद्मा अर्यालले बाह्य प्रभाव र दलीय गुटबन्दीबाट न्यायाधीश कसरी मुक्त रहन सक्छन् ...
। सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश गोकर्ण डाँगीले न्यायपालिकाप्रति जनताको विश्वास कमजोर भएको र न्याय मरेको अनुभूति आफूहरूलाई पनि हुने गरेको स्वीकार गरेका छन् । संसदीय सुनुवाइका क्रममा कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाले ‘हिजोका न्यायाधीशहरूले राजाका निर्णयसमेत काट्न सक्थे, आजका न्यायाधीशहरू त्यो अवस्थामा छैनन्’ भन्दै न्यायिक स्वतन्त्रतामाथि प्रश्न उठाएका थिए । जवाफमा डाँगीले न्यायाधीशले संविधान र कानुनको सीमाभित्र ...
। पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीस्थित लीला आधारभूत विद्यालय नजिकै भएको मोटरसाइकल दुर्घटनामा स्थानीय सुरेश लामिछानेको मृत्यु भएको छ । पिच सडकबाट अनियन्त्रित भई करिव दुई मिटर तल खसेको अवस्थामा मोटरसाइकल र चालक लामिछाने मृत फेला परेपछि स्थानीय क्षेत्रमा त्रास बढेको हो । आइतबार बिहान लीला आधारभूत विद्यालय नजिकै क्षतविक्षत अवस्थामा पल्सर मोटरसाइकल फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका ...
। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट १५ औं महाधिवेशन हुने बेलासम्म पार्टीले कुनै पनि विधि र प्रक्रिया नमिचेको दाबी गरेका छन् । नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयोजना गरेको बधाई तथा बृहत रक्तदान कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘कुनै भ्रममा, कुनै अलमलमा कसैलाई केही पदैगर्दा पनि नपर्नुहोला । नेपाली कांग्रेस पार्टी ...
। जिल्ला कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ परेका छन्। उनीहरूलाई त्रिपुरासुन्दरी नगरपालिका-४ रंग गाउँभन्दा माथिको जंगलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका-४ का धनबहादुर बुढा भन्ने हरिबहादुर बुढा र जाजरकोटको बारेकोट गाउँपालिका-१ का यज्ञ विक रहेका छन्। उनीहरू लुकिछिपी बसेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी ...