मुख्य समाचार
प्रहरीले ७ लाखभन्दा बढी मूल्यका अवैध मोबाइल सामग्री बरामद
प्रहरीले ७ लाखभन्दा बढी मूल्यका अवैध मोबाइल सामग्री बरामद

। रुपन्देहीमा प्रहरीले ७ लाखभन्दा बढी मूल्यका अवैध मोबाइल सामग्री बरामद गरेको छ ।

आइतबार बिहान करिब ६ बजे लुम्बिनी सांस्कृतिक नगरपालिका–११ स्थित मसिनाबाट इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले अवैध रूपमा ल्याउँदै गरेको मोबाइल सामग्री नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार यूपी ५५ एएन ०८३० नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा ल्याउँदै गरेको १ हजार ३१ थान मोबाइल टेम्पर्ड ग्लास, २४० थान कर्भ्ड ग्लास विथ ग्लु, ४३ थान आईफोन ब्याट्री, १०० थान एयरबड्स, १४६ थान आईफोन ब्याक प्यानल, ६ थान एन्ड्रोइड ब्याक प्यानल र १०३ थान एन्ड्रोइड ब्याट्री बरामद गरिएको हो ।

बरामद सामग्रीको अनुमानित मूल्य ६ लाख ६२ हजार ६७० रुपैयाँ रहेको छ ।


यस्तै, सामान ओसार्न प्रयोग गरिएको मोटरसाइकलको मूल्य ५० हजार रुपैयाँ अनुमान गरिएको छ ।

प्रहरीले मोटरसाइकलसहित बरामद सामग्रीको कुल मूल्य ७ लाख १२ हजार ६७० रुपैयाँ रहेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना–४ स्थित घोप्टेभिरमा खसेको सुक्खा पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको छ । आज बिहान पहिरो खसेर अवरुद्ध भएको सडक अहिले दिउँसो २:१५ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको हो । यसअघि दिउँसो १२ बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार सडक दुईतर्फी सञ्चालनमा आएसँगै रोकिएका ...
। तिहार र छठ पर्वलाई लक्षित गर्दै धनुषामा १२४० भन्दा बढी प्रहरी परिचालन गरिएको छ । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालले शनिवार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन विशेष सुरक्षा योजना लागू गरिएको जानकारी दिए । उनकाअनुसार तिहारका बेला जुवातास, पटका पड्काउने, आगलागीलगायतका घटना नियन्त्रणमा विशेष ध्यान दिइएको छ । शान्ति ...
। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले राज्यमा विवेकहीन, अराजक, निरंकुश प्रवृत्ति हाबी भएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले विगतका वर्षमा भएको सुशासन र विकासका क्षेत्रमा केहि पनि काम भएन भन्ने विवेकहीन, अराजक, निरंकुश प्रवृत्ति राज्यमा हाबी भएको टिप्पणी गरे । प्रचण्डले आफ्नो नेतृत्वको सरकारलाई भ्रष्टाचारका ...
। इटहरी उपमहानगरपालिका–१३ गणेश पेट्रोलपम्प नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका–९ का २७ वर्षीय स्पर्स अर्याल र विराटनगर महानगरपालिका–२ का २८ वर्षीय सास्वत पोखरेल रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए । कोशी लोकमार्गमा इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०४–००१ ख ०००८ नम्बरको ट्रकले विपरीत ...
। कात्तिकः उच्च हिमाली भूभागमा अत्यधिक चिसो बढेपछि यहाँका भेडापालक किसानहरू बेँसी झर्न थालेका छन् । कात्तिक दोस्रो साताको वर्षासहित उच्च हिमाली भेगमा हिमपात भएसँगै चिसो बढेसँगै भेडाबाख्राको चरन अभाव हुने भएपछि भेडीगोठलाई बेँसीतर्फ सारिएका हुन् । बूढीनन्दा नगरपालिका–९ का भेडापालक किसान सुमन थापाले अत्यधिक चिसो बढ्न थालेपछि आमाबुबा, श्रीमती र छोराछोरीसहित बेँसी झरेको बताए । उनले साँफे—मार्तडी ...