मुख्य समाचार
घोप्टेभिरमा खसेको सुक्खा पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा
घोप्टेभिरमा खसेको सुक्खा पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा

। पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना–४ स्थित घोप्टेभिरमा खसेको सुक्खा पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको छ । आज बिहान पहिरो खसेर अवरुद्ध भएको सडक अहिले दिउँसो २:१५ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको हो । यसअघि दिउँसो १२ बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार सडक दुईतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारीसाधन सहज रुपमा आफ्नो गन्तव्यतर्फ लागेका छन् । सवारीसाधनलाई यसअघि सडक एकतर्फी हुँदा लाम लगाएर आलोपालो गरी गन्तव्यतर्फ पठाइएको थियो ।

नौबिसे–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचिन्द्र मिश्रका अनुसार झण्डै ३५ मिटर माथिबाट सुक्खा पहिरो खसिरहेकाले सडक सफा गर्न कठिन भएको थियो । सो ठाउँमा भित्तो काटिएको नभए पनि आफैँ माथिबाट पहिरो खसेको हो । सो ठाउँ कमजोर भएकाले जुनसुकै बेला पहिरो खस्न सक्ने जोखिम कायमै रहेको उनले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसको देउवा समूहका नेता डा. प्रकाशशरण महतले सर्वोच्च अदालतको पुनरावलोकन प्रक्रियाबाट आफूहरूले न्याय पाउने विश्वास व्यक्त गरेका छन् । देउवा समूहले शनिबार आयोजना गरेको काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन समारोहमा उनले पुनरावलोकन प्रक्रियाबाट न्याय पाइने विश्वास व्यक्त गरेका हुन् । सर्वोच्च अदालतले यसअघिको निर्णयमा कमीकमजोरी र त्रुटि रहेको स्वीकार गरेर पुनरावलोकनका लागि अनुमति दिएकाले देउवा समूहले ...
। तिहार र छठ पर्वलाई लक्षित गर्दै धनुषामा १२४० भन्दा बढी प्रहरी परिचालन गरिएको छ । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालले शनिवार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन विशेष सुरक्षा योजना लागू गरिएको जानकारी दिए । उनकाअनुसार तिहारका बेला जुवातास, पटका पड्काउने, आगलागीलगायतका घटना नियन्त्रणमा विशेष ध्यान दिइएको छ । शान्ति ...
। रुपन्देहीमा प्रहरीले ७ लाखभन्दा बढी मूल्यका अवैध मोबाइल सामग्री बरामद गरेको छ । आइतबार बिहान करिब ६ बजे लुम्बिनी सांस्कृतिक नगरपालिका–११ स्थित मसिनाबाट इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले अवैध रूपमा ल्याउँदै गरेको मोबाइल सामग्री नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार यूपी ५५ एएन ०८३० नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा ल्याउँदै गरेको १ हजार ३१ ...
। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले राज्यमा विवेकहीन, अराजक, निरंकुश प्रवृत्ति हाबी भएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले विगतका वर्षमा भएको सुशासन र विकासका क्षेत्रमा केहि पनि काम भएन भन्ने विवेकहीन, अराजक, निरंकुश प्रवृत्ति राज्यमा हाबी भएको टिप्पणी गरे । प्रचण्डले आफ्नो नेतृत्वको सरकारलाई भ्रष्टाचारका ...
। इटहरी उपमहानगरपालिका–१३ गणेश पेट्रोलपम्प नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका–९ का २७ वर्षीय स्पर्स अर्याल र विराटनगर महानगरपालिका–२ का २८ वर्षीय सास्वत पोखरेल रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए । कोशी लोकमार्गमा इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०४–००१ ख ०००८ नम्बरको ट्रकले विपरीत ...