मुख्य समाचार
रोटरी इन्टरनेसनल, डिस्ट्रिक्ट ३२९२ ले सञ्चालन गरेको देशव्यापी मेगा रक्तदान अभियानमा ५१९ ‘पिन्ट’ रगत सङ्कलन
रोटरी इन्टरनेसनल, डिस्ट्रिक्ट ३२९२ ले सञ्चालन गरेको देशव्यापी मेगा रक्तदान अभियानमा ५१९ ‘पिन्ट’ रगत सङ्कलन

। रोटरी इन्टरनेसनल, डिस्ट्रिक्ट ३२९२ ले सञ्चालन गरेको देशव्यापी मेगा रक्तदान अभियानमा ५१९ ‘पिन्ट’ रगत सङ्कलन भएको छ । यही कात्तिक २० र २१ गते आयोजित अभियानमा एक हजारभन्दा बढी व्यक्तिको सहभागिता रहेको डिस्ट्रिक्ट गभर्नर रोटेरियन विष्णुबहादुर कार्कीले जानकारी दिए।

अभियानअन्तर्गत रोटरी क्लब अफ मध्यपुरले चापाचो–थिमीमा, रोटरी क्लब अफ दाङले कौशी क्याफेमा तथा रोटरी क्लब अफ काठमाडौँ र रोटरी क्लब अफ काठमाडौँ मेट्रोले संयुक्त रूपमा रोटरी भवन–थापाथलीमा रक्तदान कार्यक्रम आयोजना गरेका थिए । त्यसैगरी, रोटरी क्लब अफ मातृभूमि बालुवाटार, रोटरी क्लब अफ काठमाडौँ हाइट, रोटरी क्लब अफ काठमाडौँ सर्कल र रोटरी क्लब अफ पशुपतिको संयुक्त आयोजनामा प्राइम सीए कलेज, नयाँ बानेश्वरमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो ।

उपत्यकाबाहिर रोटरी क्लब अफ रुपन्देहीले बुटवलमा, रोटरी क्लब अफ कीर्तिपुरले कीर्तिपुर नगाउँ दोबाटोमा, रोटरी क्लब अफ गोँगबु र रोटर्याक्ट क्लब अफ गोँगबु नर्थले बालाजु चोकमा तथा रोटरी क्लब अफ धरान फुटहिल्सले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा रक्तदान कार्यक्रम आयोजना गरेका थिए ।

अभियानमा रोटर्याक्ट, इन्टर्याक्ट, इनरह्वील, नेपाल रेडक्रस सोसाइटी, स्वास्थ्यकर्मी, स्थानीय समुदाय तथा विभिन्न सहयोगी संस्थाहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो । विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिताले अभियानलाई सामूहिक मानवीय सेवाको अभियानका रूपमा स्थापित गरेको आयोजकले जनाएको छ ।


डिस्ट्रिक्ट सर्भिस प्रोजेक्ट कमिटीका अध्यक्ष राजेन्द्र गौतमले सङ्कलित प्रत्येक पिन्ट रगतले आवश्यकतामा रहेका व्यक्तिको जीवनरक्षामा महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखे । उनले रक्तदानलाई सामान्य सामाजिक सहभागिताभन्दा माथि उठेर अरूको जीवन बचाउने मानवीय सेवाका रूपमा बुझ्नुपर्ने उल्लेख गरे।

‘एक थोपा रगत, एक जीवनको आशा–हरेक रक्तदानले जीवन बचाउँछ’ भन्ने सन्देशसहित सञ्चालन गरिएको अभियानले रोटरीको मूलमन्त्र ‘सर्भिस अभोब सेल्फ’ अर्थात् ‘आफूभन्दा माथि सेवा’ को भावनालाई व्यवहारमा उतारेको डिस्ट्रिक्ट सर्भिस प्रोजेक्ट कमिटीका कोचेयर अरुण शर्माले बताए। रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वास्थ्य बीमा कार्यक्रममा नागरिकको सामूहिक आबद्धता तथा नवीकरण अब प्रदेश र स्थानीय तहबाटै डिजिटल माध्यमबाट गर्न सकिने भएको छ । स्वास्थ्य बीमा बोर्डले प्रदेश र स्थानीय तहबाटै अनलाइन माध्यमबाट यस्तो सेवा लिन सकिने व्यवस्था सुरु गरेको छ । बोर्डले एचआईबी ई–पोर्टलमार्फत प्रदेश तथा स्थानीय तहका लागि डिजिटल सामूहिक आबद्धता र नवीकरण सेवा सञ्चालनमा ल्याएको हो । पहिलो ...
। नेपाल रेडक्रस सोसाइटीले रक्तदानका लागि विशेष अनुरोध गरेका छ । नेपालीहरूको महान चाड बडादशैंको लामो बिदा भएसँगै केन्द्रीय रक्तसञ्चार सेवामा रक्तदान कार्यक्रमहरू नभएको र अस्पतालमा उपचारार्थ बिरामीका लागि आवश्यक रगतको माग दिनानुदिन उच्च हुँदै गइरहेकोले रक्तदानका लागि रेडक्रसले विशेष अनुरोध गरेको हो । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाका प्रमुख डाक्टर प्रकाश यादवका अनुसार रक्तसञ्चार केन्द्रमा ...
। फ्रान्सका स्वास्थ्य अधिकारीहरूले बिहीबार पहिलो पटक एक बिरामीमा शामोन्डा भाइरस भेटिएको पुष्टि गरेका छन्। उनीहरूले यो चरणमा सर्वसाधारणका लागि कुनै जोखिम नदेखिएको बताएका छन्। यो कीराबाट सर्ने भाइरस मुख्य रूपमा चौपाया र विशेष गरी गाईवस्तुमा लाग्छ। यो भाइरस साना कीराको टोकाइबाट सर्छ। फ्रान्स सरकारले अहिलेसम्म यसलाई मानिसमा नसर्ने भाइरस मान्दै आएको थियो। सुरुमा सङ्क्रमित भएपछि पछि ...
। स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई विभिन्न पाँचबुँदे निर्देशन दिएको छ र बोर्डले बीमितको रोग र स्वास्थ्य अवस्थासँग सम्बन्धित नभएका अनावश्यक परीक्षण गराए त्यस्तो परीक्षणको दाबी अस्वीकृत गर्ने चेतावनी दिएको छ । बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ अनुसार सम्झौता गरी सेवा प्रदान गरिरहेका स्वास्थ्य संस्थालाई पत्राचार गर्दै बीमितलाई अनावश्यक ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयले प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय र सबै संघीय सरकारी अस्पताललाई आवश्यक स्वास्थ्यकर्मी तथा कर्मचारीको व्यवस्थापन गरी आकस्मिक, शल्यक्रिया, प्रसूति र सघन उपचार सेवा नियमित राख्न आग्रह गरेको हो । मन्त्रालयले बिदाका समयमा अस्पताल पूर्ण रूपमा बन्द नगर्न ...