मुख्य समाचार
शिक्षा मन्त्रालयले विद्यालयको जग्गा संरक्षण र स्वामित्व सुनिश्चित गर्न विवरण संकलन सुरु
शिक्षा मन्त्रालयले विद्यालयको जग्गा संरक्षण र स्वामित्व सुनिश्चित गर्न विवरण संकलन सुरु

। शिक्षा मन्त्रालयले विद्यालयको जग्गा संरक्षण र स्वामित्व सुनिश्चित गर्न विवरण संकलन सुरु गरेको छ । शिक्षा विभागले देशैभरका सामुदायिक विद्यालयहरूको जग्गा व्यवस्थापनको कार्यलाई अभियानकै रूपमा अगाडि बढाएको हो ।

शिक्षा विभाग (शैक्षिक सूचना व्यवस्थापन शाखा) ले सबै शिक्षा विकास तथा समन्वय एकाइहरूलाई पत्र पठाउँदै सामुदायिक विद्यालयहरूले चर्चेको सम्पूर्ण जग्गाको विवरण अद्यावधिक गरी एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा प्रविष्ट गर्न निर्देशन दिएको छ ।

विभागद्वारा जारी गरिएको पत्रअनुसार विद्यालयको नाममा जग्गाधनी प्रमाणपत्र रहेको, सरकारी जग्गा भोगचलनको कागज भएको वा नभएको, सार्वजनिक तथा सामुदायिक निस्सा भएको, भाडामा लिएको वा दिएको, ऐलानी तथा प्रति जग्गा लगायत सबै किसिमका जग्गाको विवरण संकलन गरिनेछ।

विद्यालयको जग्गासम्बन्धी समस्याहरूलाई दीर्घकालीन रूपमा समाधान गर्न र यसको स्वामित्वलाई सुरक्षित बनाउन यो कदम चालिएको विभागले जनाएको छ ।


विद्यालयबाट प्रमाणीकरण भई आएका विवरणहरूको एकमुष्ट जिल्लागत प्रतिवेदन आगामी दुई महिनाभित्र विभागमा पठाइसक्न निर्देशन समेत दिइएको छ ।

यसरी आएका विवरण अध्ययन गरि सामुदायिक विद्यालयको जग्गा संरक्षणमा आवश्यक कदम चालिने शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताएका छन् ।

‘हामीलाई कतिपय विद्यालयहरूसँग पर्याप्त जग्गा नभएको तथा केही विद्यालयको जग्गा अन्य निकायहरूको नाममा वा नियन्त्रणमा रहेको गुनासोसमेत प्राप्त भएको छ,’ उनले भने, ‘विवरण संकलनका क्रममा कुनै विद्यालयको आफ्नै नाममा जग्गा नभएको वा अन्य निकायहरूसँग रहेको पाइएमा आवश्यक परे मन्त्रिपरिषद्‍बाटै निर्णय गराएर भए पनि विद्यालयहरूलाई जग्गाको पुर्जा नै उपलब्ध गराइनेछ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संगठन विस्तारका लागि नेताको निकटता भन्दा पनि जनतासँगको प्रत्यक्ष सरोकार र सक्रियता मुख्य भएको बताएका छन् । काठमाडौंमा आयोजित नेपाली कांग्रेसको जिल्ला कार्यसमितिको १५ औं नियमित अधिवेशनलाई सम्बोधन गर्दै उनले राजधानी केन्द्रित राजनीति गर्ने र जिल्लाको ठेक्का लिने प्रवृत्तिले पार्टीलाई बलियो नबनाउने स्पष्ट पारे । नेता सिंहले संगठनको आधारस्तम्भ नै स्थानीय ...
। कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ गतेदेखि सञ्चालन हुने भएका छन् । दशौं राष्ट्रिय खेलकुदको प्राविधिक समितिबाट अनुमोदन भएको तालिकाअनुसार मंसिर ८ गतेबाट ६ खेलको प्रतिस्पर्धा सुरू हुनेछन् । जसमा पुरुष/महिला क्रिकेट, पुरुष फुटबल, पुरुष/महिला ह्यान्डबल, महिला बास्केटबल, टेनिस र पौडी छन् । दशौं खेलकुदका ३२ मध्ये २३ खेल सुर्खेतमा हुने तय भएको ...
। नेपाली कांग्रेसको देउवा समूहका नेता प्रकाशमान सिंहले १४औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नै पार्टीको आधिकारिक सभापति रहेको दाबी गरेका छन् । देउवा समूहले शनिबार आयोजना गरेको काठमाडौं जिल्ला अधिवेशनको उद्घाटन समारोहमा उनले देउवा नै पार्टीको आधिकारिक सभापति रहेको दाबी गरेका हुन् । देउवाले राजीनामा नदिएको अवस्थामा विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने र कार्यसमिति नै ...
। नेपाली कांग्रेसको देउवा समूहका नेता डा. प्रकाशशरण महतले सर्वोच्च अदालतको पुनरावलोकन प्रक्रियाबाट आफूहरूले न्याय पाउने विश्वास व्यक्त गरेका छन् । देउवा समूहले शनिबार आयोजना गरेको काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन समारोहमा उनले पुनरावलोकन प्रक्रियाबाट न्याय पाइने विश्वास व्यक्त गरेका हुन् । सर्वोच्च अदालतले यसअघिको निर्णयमा कमीकमजोरी र त्रुटि रहेको स्वीकार गरेर पुनरावलोकनका लागि अनुमति दिएकाले देउवा समूहले ...
। पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना–४ स्थित घोप्टेभिरमा खसेको सुक्खा पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको छ । आज बिहान पहिरो खसेर अवरुद्ध भएको सडक अहिले दिउँसो २:१५ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको हो । यसअघि दिउँसो १२ बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार सडक दुईतर्फी सञ्चालनमा आएसँगै रोकिएका ...